कात्तिक १५, काठमाडौं । चर्चित व्यवसायी अजेयराज सुमार्गी ‘गोल्डेन कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी अवार्ड– २०१७' बाट सम्मानित भएका छन् ।
नेपालको निजी टेलिकम क्षेत्रका अग्रणी हस्ती सुमार्गीलाई बेलायतको वेस्ट मिनिस्टर पार्लियामेन्ट प्यालेसको हाउस अफ लर्ड्समा आयोजित विशेष समारोहकाबीच ब्यारोनेस सन्दीप बर्माले अवार्डसहित सम्मान गरेका हुन्। सांच फाउण्डेनको तत्वावधानमा आयोजित कार्यक्रममा सुमार्गीसहित युरोसिया क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो। यसरी सम्मानित हुनेहरुमा हिन्दूजा फाउण्डेसन युके, इन्स्टिच्युट अफ डिरेक्टर इण्डिया, रविन ग्रुप अफ कम्पनीका अध्यक्ष विजय कारिया, डा. निकोलस ग्रे, ग्रान्ज होटल ग्रुप लण्डनका प्रबन्ध निर्देशक डोनी म्याथ्यु, प्रसिद्ध चिकित्सक डाक्टर साउमित्र रावतलगायत छन् । यो सम्मान प्रतिष्ठित व्यवसायीसहित विशिष्ट व्यक्तित्वहरुलाई बर्सेनि प्रदान गर्ने गरिन्छ।
सम्मानित भएपछि बोल्दै व्यवसायी सुमार्गीले समाजमा गरिएको लगानीले समाज रुपान्तरणमा कत्तिको योगदान पुग्यो भन्ने कुरा महत्त्वपूर्ण हुने बताए। ‘समाजमा लगानी गरेर हामीले कति कमायौँ, त्यो महत्त्वपूर्ण कुरा होइन,’ उनले भने, ‘समाज रुपान्तरणका लागि हामीले के गर्न सक्यौँ त्यो महत्त्वपूर्ण कुरा हो।’ कार्यक्रममा अन्तर्राष्ट्रिय कलाकरहरुले आफ्नो प्रस्तुति दिएका थिए। हाउस अफ लर्ड्सका तर्फबाट ब्यारोनेस बर्माले रात्रि भोजको आयोजनासमेत गरेका थिए।
साभार : थाहाखबर
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...
१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...
१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन्...
१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...
१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
४ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन...

















-1779500375.jpg)
