Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राक्सिराङ गाउँपालिका

राक्सिराङको १३ औ हिउँदे अधिवेशन सम्पन्न,७ प्रस्ताव पारित

FB_IMG_1673615440510-1673615515.jpg

२९ पुस,हेटौंडा। राक्सिराङ्ग गाउँपालिकाको गाउँसभाको १३ औ (हिउँदे) अधिवेशन सम्पन्न भएको छ। शुक्रबार एक समारोहका बीच गाउँपालिकाको केन्द्र चैनपुरमा १३ औ हिउँदे अधिवेशन सम्पन्न भएको हो।अधिवेशनको समुद्घाटन मकवानपुर क्षेत्र नम्बर २ का संघीय सांसद महेश कुमार बर्तौलाले गरेका थिए। 

गाउँपालिका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षतामा सम्पन्न सभा समुद्घाटन समारोहमा प्रतिनिधितसभा सदस्य महेश कुमार बर्तौलाको प्रमुख आतिथ्यता र  बागमती प्रदेशका निवर्तमान भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री सन्त बहादुर चेपाङको विशेष आतिथ्यता रहेको थियो ।

गाउँसभालाई सम्बोधन गर्दै प्रमुख अतिथी संघीय संसाद बर्तौलाले अहिले  मूलधारका मूल राजनीतिज्ञहरूमा प्रश्न चिह्न उठेको बताउदै जनताको मर्म भावनाको कदर गर्न जरुरी रहेको सुनाए। उनले गाउँपालिले ल्याएको नीति तथा कार्यक्रम र समन्वय सम्मान योग्य भएको  उल्लेख गर्दै जनताले खबरदारी गर्न जरुरी रहेको समेत बताए।उनले आफुले ५ बर्षीय संसदीय कार्यकालमा यस भुगोलको सम्रग कृषि, स्वास्थ्य र रोजगार  र भौतिक निर्माणको पक्षमा सधै उभिने प्रतिवद्धता व्यक्त गरेका थिए। 

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथी निवर्तमान राज्यमन्त्री चेपाङले सम्बोधनका क्रममा स्थानीय तहको सम्रगमा विकासमा राजनैतिक मतभेत राख्न नहुने,मतभेदले राजनैतिक धुव्रिकरण बढने बताउदै धुव्रिकरणले विकास नहने भन्दै  राजनैतिक मतभेदलाई त्यागेर विकास निर्माणमा लाग्न आग्रह गरेका थिए।उनले आफु राज्यमन्त्री रहुदा गाउँपालिका शिक्षा,स्वास्थ्य, भौतिक विकासलागि बजेट अहिले सम्मकै उच्च बजेट विनियोजन गरेको समेत बताए। 

सभालाई गाउँपालिका उपाध्यक्ष वनस्तम थिङ,वडा नम्बर ४ का वडाअध्यक्ष संजय कोइराला,माओवादी केन्द्र राक्सिराङ अध्यक्ष हस्त बहादुर मोक्तान लगायतले सम्बोधन गरेका थिए।कार्यक्रममा ९ वटै वडाका वडाअध्यक्ष,सदस्य र कार्य पालिका सदस्य विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, शिक्षक, कर्मचारी लगाएतको उपस्थिति रहेको थियो।

त्यसैगरी आज सम्पन्न १३ औ हिउँदे अधिवेशनले स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन, न्यायिक समितिको वार्षिक प्रतिवेदन तथा मेलमिलापकर्ताहरुको नाम अनुमोदन गर्ने, गाउँ सभा अन्तर्गत विधायन समिति, लेखा समिति, र सुशासन समिति गठन गर्ने र चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समिक्षा र  गाउँ सभाबाट अनुमोदन गर्ने गरि ७ वटा प्रस्तावहरु सर्वसहमतिले पारित गरेको छ।

FB_IMG_1673615481987-1673615549.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

थप समाचार