८ मंसिर, हेटौँडा । अवैध ढंगबाट खानी उत्खनन गरेको अभियोगमा पक्राउ परेका शिवम् सिमेन्ट्स लिमिटेडका निर्देशक रघुनन्दन मारु धरौटी तारेखमा रिहा भएका छन् ।
जिल्ला अदालत मकवानपुरले मागेको धरौटी बुझाएपछि उनी तारेखमा छुटेका हुन् । जिल्ला वन कार्यालय मकवानपुरले ३७ लाख ६० हजार रुपैयाँ बिगो दाबिसहित शुक्रबार अदालतमा मुद्धा पेश गरिएकोमा ७ लाख ५५ हजार धरौटी लिई तारेखमा रिहा गर्ने आदेश भएको थियो । जिल्ला न्यायाधीश खडानन्द तिवारीको एकल इजलासले धरौटी मागी तारेखमा छोड्ने आदेश दिएका मारुले धरौटी बुझाएपछि रिहा भएको अदालतका श्रेष्तेदार अनन्त मरासिनी बताए ।
उनलाई साविकको सुकौरा र ठिंगन गाविसमा रहेको चपकी ढुङ्गा खानी अबैध रुपमा उत्खनन गरेको भन्दै पक्राउ गरी अदालत पेश गरेको थियो । खानी उत्खनन गर्नका लागि खानी विभागसँग स्वीकृति लिएभन्दा बढी उत्खनन गरिएकाले कार्तिक २८ गते पक्राउ गरी हिरासतमा राखिएको जिल्ला वन कार्यालय मकवानपुरका प्रमुख राजेन्द्रप्रसाद न्यौपानेले बताए ।
शिवमले संचालनमा गरेको खोटार खानी समेत स्विकृति लिए भन्दा फरक स्थानमा रहेको जनाईएको छ । जिल्ला वन कार्यालय र क्षेत्रीय वन कार्यालयले निरन्तर अनुगमन गरेपनि कारवाही नहुँदा त्यस क्षेत्रका स्थानीयले दुबै कार्यालय समेत आर्थिक मोलमोलाईमा संलग्न भएको आशंका गरेका थिए । स्थानीयले खोटारसहितका अन्य खानीको बारेमा समेत अनुसन्धान गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् । वन कार्यालयले नियमित अनुगमन गर्न थालेपछि शिवमले स्थानीय संचारमाध्यमलाई प्रभावित गर्न ३ हजार रुपैँयाको विल पेश गरेर भुक्तानी लिन फोन गरेको थियो ।
विगतमा स्थानीय संचारमाध्यमलाई वेवास्ता गर्ने शिवमले विज्ञापन नै प्रकाशन, प्रशारण नगरी विल मागेपछि शिवमले कुनै कालो कर्तुत लुकाउन संचारमाध्यमलाई प्रयोग गर्न खोजेको भन्दै धेरै संचारमाध्यमहरुले विल पेश गरेका थिएनन् ।
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...




-1788745767.jpg)













