१५फागुन,हेटौंडा। वालमैत्री शासन कार्यान्वयनको चरणमा रहेको हेटौंडा उपमहानगरपालिकाको दुई वडामा सहजकर्ताले वालविबाह रोकेका छन् ।
२०८० मंसिर सम्म वालमैत्री नगर घोषणाका लागि उपमहनगरले नियूक्त गरेको वडा सहजकर्ता तथा सम्पर्क व्यक्तिको सक्रृयतामा हेटौंडा उपमहानगरको १४ र १७ नम्बर वडामा वालविवाह रोकिएको हो ।दुबै वडामा फागुन १० गते हुन लागेको बिवाह रोकिएको बताईएको छ ।
गाउँमा १८ बर्ष भन्दा मुनिका वालवालिकाको बिवाहका लागि दुवै पक्ष तयारी अवस्थामा रहेको जानकारी पाएपछि कानुनी आधारमा विवाह गर्ननका लागि नभिल्ने भनि जानकारी गराउँदै वालविवाह रोकिएको उपमहानगरका महिला तथा वालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेले जानकारी दिइन् ।
नगरलाई वालमैत्री घोषणाको तयारीमा रहदा महाशाखाबाटै वडा र बिद्यालयहरुमा सचेतनाका कार्यक्रम सञ्चालनका क्रममा जाँदा वालबिवाह हुँदै गरेका जानकारी पाएपछि वडा सहजकर्ता र वडा कार्यालयले तोकेको सम्पर्क व्यक्तीलाई परिचालन गरेर बिवाह रोक्ने कार्य भएको उनले बताइन् । उनका अनुसार यस अघि हेटौंडा उपमहानगरपालिका १९ मा वडाकार्यालय र जनप्रतिनिधीहरुको सक्रियतामा वालविबाह रोकिएको थियो ।वालमैत्री उपमहानगर घोषणाको तयारीका क्रममा बिभिन्न होटल तथा व्यवसायीक क्षेत्रमा प्रयोग भएका ७ जना वालबालिकालाई पुर्न स्थापनाको काम गरेको महशाखाले जनाएको छ । अहिले यसै क्षेत्रका भन्दा पनि बाह्य जिल्लाबाट आएर हेटौंडाका बिभिन्न होटल तथा अन्य क्षेत्रका कामगर्ने वालवालिकाहरु रहेको बताइएको छ । बाह्य जिल्लाबाट आएर काममा रहेका ३ जना वालबालिकालाई सस्थागत रुपमा पुर्नस्थापनाको काम भएको र ति मध्य एक जना हेटौंडामै परिवारबाट छुटाएर राखिएको महाशाखाले जनाएको छ ।
केहीलाई पारीवारीक रुपमा पुर्न स्थापनाको काम गरीएको छ । पारीवारीक रुपमा वालबालिकाको ख्याल पुर्ण रुपमा नगर्ने, बाबु आमा अव्यवस्थित ढंगबाट सडकमा नै रहने गरेकाले बच्चाको स्वास्थ्य अवस्था र लालनपालनलाई ख्याल गर्दै सस्गागत रुपमा पुर्नस्थापनाको काम गरिएको हो।बिभिन्न समस्यामा परेको वालबालिकाको पुर्नस्थापना र व्यवस्थापनका लागि बालकोष स्थापना गरेका काम थालिएको महशाखाले जनाएको छ ।
सरकारले २०८७ सम्म राष्ट्रलाई पुर्ण बालमैत्री घोषणाको तयारी गरे अनुसार हेटौंडा उपमहानगरले १ नगर र १९ वडा सहजकर्ता तथा ३० तथ्याङ संकलक गरी ५० जनालाई नियुक्ती दिए २०८० मंसिर सम्म पालिकालाई बालमैत्री घोषणा गर्ने तयारी थालेको छ । यसअघि मकवानपुरका १० पालिका मध्य मनहरी, बकैया र मकवानपुर गढी गाउँपालिका वालमैत्री पालिका घोषणा भैसकेका छन् । बालमैत्री पालिका घोषणाका लागि वडा तथा तथ्याङक संकलकले ५१ वटा सुचकमा आधारीत भएर काम गर्ने बताइएको छ।
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...














-1786686763.jpg)



