Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

चौघडाको नवजिवन क्लबको आफ्नै भवन, उपमेयर बानियाँले गरे शिलान्यास

FB_IMG_1678250219622-1678250288.jpg

२४ फागुन,हेटौंडा। हेटौडा-६ चौघडामा रहेको नवजिवन ज्योती क्लबको सामुदायिक भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। हेटौडाका उपमेयर राजेश बानियाँ र हेटौडा-६ का वडाअध्यक्ष बिष्णु बहादुर दाहालले संयुक्त रुपमा सामुदायिक भवनको निर्माण कार्यको शिलान्यास गरेका हुन् ।

क्लबका अध्यक्ष राजकुमार बास्तोलाको सभाध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा प्रमुख आतिथ्यता हेटौंडाका उपमेयर राजेश बानियाँको रहेको थियो। 

शिलान्यास कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, वंशगोपाल बहुमुखी क्याम्पसका अध्यक्ष उज्ज्वल चौलागाई, वंशगोपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश प्रसाद लामिछाने, स्थानीय समाजसेवी बद्री बहादुर पाठक, क्लबका सल्लाहकार गणेश कुमार श्रेष्ठ लगायतले मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष विजयकुमार श्रेष्ठले १० हजार रूपैयाँ सहयोगको प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा क्लबका पुर्व अध्यक्षहरु, ६ नम्बर वडा सचिव आमोद प्रसाद मैनाली, रानी सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष केशव धिताल, जनकल्याण बचत तथा ऋण सहकारी उपाध्याय श्यामप्रसाद भट्टराई, विभिन्न राजनैतिक दलका प्रतिनिधि, स्थानीयहरुको उपस्थिती रहेको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथी उपमेयर बानियाँले नेपालकै पहिलो सुइरो अभियानको सुरुवात गरेर राष्ट्रिय पुरस्कार पाएको क्लबलाई समाजमा देखिएको समस्या अन्त्यका गर्न र सामाजिक परिवर्तनमा लाग्न थप प्रेरणा मिलोस् भन्दै शुभकमान व्यक्त गरेका थिए।

क्लबको शिलान्यास गरिएको ३ कोठे सामुदायिक भवन हेटौंडा उपमहानगरको ५ लाख सहयोग र उपभोक्ताबाट ५८ हजार गरी कुल ५ लाख ५८ हजार लागतमा निर्माण हुने क्लबका अध्यक्ष राजकुमार बास्तोलाले बताएका छन् । २०४७ सालमा स्थापना भएको क्लब वातावरण संरक्षण राष्ट्रिय पुरस्कार २०५८ बाट समेत सम्मानित भएको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

थप समाचार