Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

चौघडाको नवजिवन क्लबको आफ्नै भवन, उपमेयर बानियाँले गरे शिलान्यास

FB_IMG_1678250219622-1678250288.jpg

२४ फागुन,हेटौंडा। हेटौडा-६ चौघडामा रहेको नवजिवन ज्योती क्लबको सामुदायिक भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। हेटौडाका उपमेयर राजेश बानियाँ र हेटौडा-६ का वडाअध्यक्ष बिष्णु बहादुर दाहालले संयुक्त रुपमा सामुदायिक भवनको निर्माण कार्यको शिलान्यास गरेका हुन् ।

क्लबका अध्यक्ष राजकुमार बास्तोलाको सभाध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा प्रमुख आतिथ्यता हेटौंडाका उपमेयर राजेश बानियाँको रहेको थियो। 

शिलान्यास कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, वंशगोपाल बहुमुखी क्याम्पसका अध्यक्ष उज्ज्वल चौलागाई, वंशगोपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश प्रसाद लामिछाने, स्थानीय समाजसेवी बद्री बहादुर पाठक, क्लबका सल्लाहकार गणेश कुमार श्रेष्ठ लगायतले मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष विजयकुमार श्रेष्ठले १० हजार रूपैयाँ सहयोगको प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा क्लबका पुर्व अध्यक्षहरु, ६ नम्बर वडा सचिव आमोद प्रसाद मैनाली, रानी सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष केशव धिताल, जनकल्याण बचत तथा ऋण सहकारी उपाध्याय श्यामप्रसाद भट्टराई, विभिन्न राजनैतिक दलका प्रतिनिधि, स्थानीयहरुको उपस्थिती रहेको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथी उपमेयर बानियाँले नेपालकै पहिलो सुइरो अभियानको सुरुवात गरेर राष्ट्रिय पुरस्कार पाएको क्लबलाई समाजमा देखिएको समस्या अन्त्यका गर्न र सामाजिक परिवर्तनमा लाग्न थप प्रेरणा मिलोस् भन्दै शुभकमान व्यक्त गरेका थिए।

क्लबको शिलान्यास गरिएको ३ कोठे सामुदायिक भवन हेटौंडा उपमहानगरको ५ लाख सहयोग र उपभोक्ताबाट ५८ हजार गरी कुल ५ लाख ५८ हजार लागतमा निर्माण हुने क्लबका अध्यक्ष राजकुमार बास्तोलाले बताएका छन् । २०४७ सालमा स्थापना भएको क्लब वातावरण संरक्षण राष्ट्रिय पुरस्कार २०५८ बाट समेत सम्मानित भएको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

थप समाचार