Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

विकास

बनेलधाप र कालोपानीमा १० हजार लिटर पानी छुट

dddsa-1678540722.jpg

२७ फागुन, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले  खानेपानीमा नगरवासीका लागि दिर्दै आएको छुटबाट बनेलधाप र कालोपानीका बासिन्दा लाभाम्वीत हुने भएका छन् । उपमहानगरले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डसँग आवद्ध रहेका धाराबाट खानेपानी प्रयोग गर्नेलाई दिर्दै आएको मासिक १० हजार लिटर पानी बाट उनिहरु लाभाम्वित हुने भएका हुन् । 
लामो समय देखि खानेपानीका लागि दुख गरेका तत्कालीन चुरीयामाई गाबिसको १ र २ नम्बर वडाका वासीन्दा नगरबाट पाएको सुबिधासँगै खानेपानीको समस्याबाट मुक्त भएका छन् । दैनिक उपभोग्य पानीका लागि घण्टौं हिडेर छिमेकी जिल्ला सम्म जानु पर्ने बाध्यतामा रहेका हेटौंडा–१४ बनेलधाप र कालापानीका वासीन्दा खानेपानीको समस्याबाट मुक्त भएका हुन् । 
पानीका लागि छिमेकी बारा जिल्ला सम्मको यात्रा गर्नुपर्ने उनिहरुलाई जिल्ला समन्वय समिति र हेटौंडा उपमहानगरपालिकाले गाउँघर सम्म खानेपानीको सुबिधा दिएपछि नियमित भोग्दै आएको खानेपानीको समस्याबाट छुटकारा पाएको स्थानियले बताए । 
खानेपानीको समस्या समाधानका लागि जिल्ला समन्वय समिति र खानेपानी व्यवस्थापन बोर्डको २ करोड ४० लाख रुपियाँको लागतमा ३ लाख लिटरको टंकी निर्माण भएको छ । २०७८ साल फागुन १० गते टंकी निर्माण भएसँगै हेटौंडा उपमहानगरले टंकीबाट गाउँसम्म पानी लैजानका लागि २ दश्मलब ४ किलोमिटर मेनलाईन र १७ दश्मलव ५९० किलोमिटर शाखा लाइन पाईप बिस्तारको काम गरेसँगै पानीको समस्या बाट स्थानियले छुटकारा पाएको बनेलधाप कालोपानी खानेपानी उपभोक्ता समिति पुर्व अध्यक्ष मोहनसिं मोक्तानले बताए । 
उनले भने ‘पानीका लागि ठुलो संधर्ष गर्नुपर्ने हामिलाई अहिले निकै सहज भएको छ ।’ यसरी घरमै धारा पुग्ला भन्ने लागेको थिएन अहिले सपना झै भएको छ उनले खुशी हुँदै भने । उपमहानगरले ठेक्का मार्फत पाईपलाईन बिस्तार गरेको थियो । 
शनिवार नव निर्मित खानेपानी टंकीको हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले उद्घाटनगर्दै नियमित खानेपानी व्यवस्थापनको जिम्मेवारी बोर्डमा हस्तान्तरण गरेका छन् । बोर्डलाई खानेपानीको व्यवस्थापनको जिम्मेवारी हस्तान्तरणसँगै बनेलधाप र कालापानीमा रहेका ४२५ परीवारले हेटौंडा उपमहानगरपालिकाले दिएको १० हजार लिटर सम्मको पानी निःशुल्क उपभोग गर्न पाउने भएका छन् । 
हेटौंडा १४ का वडा अध्यक्ष दिपक खड्काको अध्यक्षतामा भएको बनेलधाप कालोपानी खानेपानी योजना उद्घाटन तथा योजना हस्तान्तरण कार्यक्रममा हेटौंडा–९ का वडा अध्यक्ष शुकराम केसी, १३ का वडा अध्यक्ष पेम्बा लामा, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्ट, बोर्डका कार्यकारी निर्देशक बिष्णुप्रसाद सापकोटा, बनेलधाप कालोपानी खानेपानी उपभोक्ता समिति पुर्व अध्यक्ष मोहनसिं मोक्तान लगाएतको आतिथ्यता रहेको थियो ।  
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
पेट्रोल,डिजेलको मूल्य घट्दा, ग्यास र हवाई इन्धनको मूल्य बढ्यो
IMG_0805-1777571645.png

१७ बैशाख,हेटौंडा । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ भने हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य...

राष्ट्रपति पौडेलद्वारा एउटा अध्यादेश जारी

१७ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले १ वटा अध्यादेश जारी गरेका छ्न् । सरकारले ६ वटा अध्यादेश...

१५ दिनमै पारिश्रमिक दिने कार्य शुरु
Artha-mantralaya-finance-1777512357.jpg

१७ बैशाख, हेटौंडा । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य शुरु गरेको छ । बुधबारदेखि १५ दिनमै...

कांग्रेस रामेछाप सभापति कान्छाराम निलम्बित
purna-b-tamang-1777512052.jpg

१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई अनुशासन...

देशभर साधारणता बादल लाग्ने
Screenshot_20250526_06180-1777511491.jpg

१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...

उच्च अदालतको न्यायाधीशमा थपलिया नियुक्त
jitendra-thapaliya-1777424526.jpg

१६ बैशाख, हेटौंडा । उच्च अदालतको न्यायाधीशमा जितेन्द्र बाबु थपलिया नियुक्त भएका छन् । न्याय परिषदका प्रवक्ता...

बाम एकताको लागि आह्वान
nekapa-1-1777424349.png

१६ बैशाख, हेटौंडा । नेपाली कम्युनिष्ट पार्टीले बाम एकताको लागि आह्वान गरेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा...

रोल्पाका मगरको शिक्षाका लागि शिवमको सहयोग
Screenshot_20260429_06373-1777423977.jpg

१६ बैशाख, हेटौंडा । शिवम् सिमेन्ट्स लिमिटेडले रोल्पाका १२ वर्षीय बालक सन्देश बुढा मगरको शिक्षाका लागि...

बिपी राजमार्गमा सवारी आवागमन बन्द
1761822539-5KssF-1777423200.jpg

१६ बैशाख, हेटौंडा । वर्षाका कारण बिपी राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ । काभ्रे जिल्लाका विभिन्न स्थानमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg