१४ चैत, हेटौंडा । हेटौंडा-६ हात्तिलेटमा रहेको गरिबी निवारण बचत तथा ऋण सहकारी संस्थाको भवन शिलान्यास भएको छ । नेपाली कांग्रेसस बागमती प्रदेश सभापति एवम् बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले गरेका हुन् ।
हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडा कार्यालयमार्फत विनियोजन भएको ७ लाख रुपैयाँ बजेटबाट भवन बनाउन लागिएको संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाले जानकारी दिए । भवनको समुद्घाटन गर्दै नेता बानियाँले छरिएर रहेको पूँजीलाई एकिकृत गरी हुनेको बचत गर्ने र नहुनेलाई ऋण लगानी गर्ने काम सहकारीहरुले गरेको बताए । अर्थतन्त्रको खम्बाहरुमध्ये सहकारी संस्था पनि एक खम्बा भएकाले दिगो विकासको लक्ष्य प्राप्त गर्न सहकारी संस्थाहरुले महत्वपूर्ण भूमिका खेलेको बताए । सहकारी संस्थालाई आगामी दिनमा पनि सहयोग गर्दै भवन निर्माणको क्रममा सकेको सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
सहकारी संस्थाले ३ तले भवन बनाउन लागेको सहकारी संस्थाका उपाध्यक्ष रिपु प्रसाद गौतमले जानकारी दिए । 'संस्था स्थापना भएको २५ वर्षसम्ममा पनि आफ्नो भवन निर्माण गर्न सकेका थिएनौँ', उपाध्यक्ष गौतमले भने, ‘हेटौंडा ६ नम्बर वडा कार्यालयको विशेष पहलमानै यो अभियान सुरु भएको छ । हामीले सबैको साथ, सहयोग र सहकार्यको अपेक्षा राखेका छौँ ।'
भवन शिलान्यास कार्यक्रममा हेटौंडा ६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालले आगामी दिनमा पनि सहकारी संस्थालाई सहयोगको लागि वडा कार्यालय तयार रहेको बताए । कार्यक्रममा हेटौंडा ६ का वडा सदस्य विजय पौडेल , लेखराज ढकाल, सहकारीका निर्वतमान अध्यक्ष पुष्पराज पराजुली लगायत संस्थाका सञ्चालक समितिका पदाधिकारी र शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...














-1786686763.jpg)



