Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

अस्थाई संरचना हटाउँने क्रम २५ मिटर बिस्तारको तयारीः मेयर लामा

daafd-1683163114.JPG

२१ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले बजार क्षेत्रमा व्यवसायीहरुले अस्थाई रुपमा घरसँगै जोडेर निर्माण गरेको टप हटाउने अभियान २५ मिटर बिस्तारको तयारीको रुपमा बुझ्न आग्रह गरेको छ ।
हरीत र शुन्दर नगरीको रुपमा रहेको हेटौंडा बजार क्षेत्रमा रहेको राजमार्गको बिस्तार नहँुदा बजारको स्वरुप थप बिग्रदै गएको भन्दै उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाले अहिलेको अभियानलाई २५ मिटर बिस्तारको पहिलो चरणको तयारीको रुपमा बुझ्न आग्रह गरेकी हुन् ।
उनले उपमहानगरले अहिले बजारक्षेत्रको अस्थाई टप हटाउँने काम सडक बिस्तारको अभियानको पहिलो चरणको रुपमा सोच्न व्यवासायीहरुलाई सचेत गराएको उनको भनाई थियो । ‘अब २५ मिटर सडक बिस्तारको कामले गती लिन्छ भन्ने बुझ्न जरुरी छ ।’ उनले भनिन् ।
२५ मिटर क्षेत्रमा रहका व्यवसायीहरुलाई आफ्नो व्यवसाय सञ्चालनको लागी नयाँ ठाउँको व्यवस्थापन गर्न पनि उनले सुझाब दिइन् ।
गत सोमबारदेखि नै हेटौंडा उपमहानगरपालिकाले व्यवसायीहरुले आफ्नो पसल बाहिर थपेको ‘अस्थाई टप’ हटाउँन थालेको छ । उपमहानगरपालिकाले नगरप्रमुखको सहयोगमा हेटौंडा १, २, ४ र १० नम्बरमा रहेका पसल व्यवसायीले घरसँगै जोडेर बनाएको अस्थाई टप हटाइरहेको हो ।
उपमहानगरपालिकाले अहिलेसम्म त्रिभूवन राजपथको चौकिटोल ओरालो देखि पुर्वपश्चिम राजमार्गको राप्तिरोड हेटौंडा अस्पताल अगाडि सम्म क्षेत्रमा व्यवसायीले राखेको अस्थाई टप निकाल्ने काम नगर प्रहरीले गरीसकेको छ ।
हेटौंडा–१ तर्फ पर्ने त्रिभूवन राजपथ र पुर्वपश्चिम राजमार्गको हेटौंडा अस्पताल सम्मका व्यवसायीले राखेको करिब ७५ वटा अस्थाई टपहरु हटाएइसकेको उपमहानगरपालिकाले जनाएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

थप समाचार