२६ बैशाख, हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर ६ कल्याणटारमा रहेको कल्याणटार खड्कुले खानेपानी उपभोक्ता समिति मंगलवार देखि हेटौडा खानेपानी ब्यवस्थापन बोर्डमा गाभिएको छ ।
हेटौडा उपमहानगरपालिका मेयर मीना लामाको उपस्थितिमा हेटौडा खानेपानी ब्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टलाई खानेपानी उपभोक्ता समितिका अध्यक्ष विश्वराज राईले खानेपानी समितिको सम्पूर्ण कागजपत्र हस्तान्तरण गरेका थिए ।
हेटौडा उपमहानगरपालिका मेयर मीना लामाको प्रमुख आतिथ्यता एवम खानेपानी उपभोक्ता समितिका अध्यक्ष विश्वराज राईको सभाध्यक्षतामा हस्तान्तरण कार्यक्रम भएको थियो ।
हस्तान्तरण कार्यक्रममा हेटौडा–६ का वडाध्यक्ष विष्णु बहादुर दाहाल, वडा सदस्य विजय पौडेल, लेखराज ढकाल, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुर अध्यक्ष साधुराम चौलागाई, निवर्तमान वडाध्यक्ष अर्जुन प्रसाद चौलागाई, खानेपानी ब्यवस्थापन बोर्डका कार्यकारी निर्देशक विष्णु प्रसाद सापकोटा, बोर्ड सदस्य कृष्ण धिताल, ईन्द्र नेपाल, पूर्व वडा सदस्य रामहरि राई, सञ्चारकर्मी, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।
उपमहानगरपालिकाको १९ वडा मध्ये हाल १६ वटा वडाहरुमा खानेपानीको सेवा विस्तार गरेको र १९ वटै वडाहरुमा सेवा विस्तार गर्ने लक्ष्य रहेको कार्यकारी निर्देशक सापकोटाले बताए । २३ हजार ३ सय सेवाग्राही रहेको बोर्डले दैनिक १ करोड ९० लाख लिटर पानी वितरण गरिरहेको अध्यक्ष प्रताप बिष्टले बताए ।
कल्याणटार खड्कुले खानेपानी उपभोक्ता समितिमा १ सय ४ जना सदस्य रहेको र हाल समितिमा ८० घरधुरी क्रियाशिल रहेको उपभोक्ता समितिले जनाएको छ ।
२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे हेटाैडा स्वास्थ्य चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...
२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...
२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...
२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...
२० बैशाख, हेटौंडा । सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...
२० बैशाख, हेटौंडा । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...
२० बैशाख, हेटौंडा । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...
२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...
१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...
१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...
१८ बैशाख, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा...