Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

राक्सिराङको विकट गाउँमा अंग्रेजी माध्यमबाट पढाई सुरु

angregi-1683893604.jpg

२९ बैशाख, राक्सिराङको । मकवानपुरको विकट गाउँपालिकाको रुपमा रहेको राक्सिराङ गाउँपालिका–३ स्थित पलासेमा रहेको सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई सुरु भएको छ । 
पालिकाको पलाँसेमा रहेको सूर्योदय माध्यमिक विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट पढाई सुरु गरिएको हो ।    शुक्रबार एक कार्यक्रमकाबीच बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँसमेतको उपस्थितिमा अंग्रेजी माध्यमको पढाई सुरुवात गरिएको हो । 
अंग्रेजी माध्यमबाट पढाईको उद्घाटन गर्दै बानियाँले गणतन्त्र, समावेशिता र संघीयताले शिक्षाको विकासमा ठूलो योगदान पुगेको बताए । शिक्षाले गाउँगाउँमा धेरै फड्को मारिरहेको भन्दै उनले अवस्था र व्यवस्था चुस्तदुरुस्त बनाउन तथा विका सनिर्माणमा फड्को मार्नसमेत शिक्षा अपरिहार्य रहेको बताए । शिक्षामा सुधार तथा विद्यालयको भवन निर्माण तथा शैक्षिक सामाग्रीका लागि प्रदेश सरकारबाट सहयोग गर्ने प्रतिवद्धतासमेत जनाए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमराज घलानको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, नेपाली कांग्रेस मकवानपुरका सभापति वुद्ध लामा, ३ नम्बर वडाध्यक्ष उत्तम वाईबा, जनप्रिय प्राविका प्रअ बलराम शाह ठकुरी, विद्यालयका प्रधानाध्यापक सिताराम सुवेदीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
६ सय जना विद्यार्थी रहेको सूर्यदय माविमा ९ र १० कक्षामा बाली विज्ञान अध्ययन हुने गर्दछ । हाल ८० जनाले बाली विज्ञान अध्ययन गरिरहेको विद्यालयले जनाएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

नेपाल प्रहरीका ४ जना डीआईजी बढुवामा सिफारिस
images-1716005373.png

५ जेठ, हेटौंडा । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक...

हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716004025.jpg

५ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश, मधेश प्रदेश र...

मकवानपुरको बकैयामा कार भिरबाट खस्यो, उद्दार कार्य जारी
images-1716001177.jpg

५ जेठ, हेटौंडा।  मकवानपुरको बकैयामा कार भिरबाट खसेको छ।शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत बकैया १२ चौतारा...

नेपाल प्रहरीका ४ एसएसपी डिआइजी बढुवामा सिफारिस
Nepal-Police_DIG-1715996616.jpg

५ जेठ, काठमाण्डौं। नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डिआइजी बढुवाका लागि सिफारिस  भएका...

हेटौंडा ६ पिस पार्कमा वन मन्त्रीद्वारा सालकको प्रतिमा अनावरण
FB_IMG_1715960190575-1715960378.jpg

४ जेठ, हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले पिस पार्कमा निर्माण गरेको सालकको...

कांग्रेस बकैयाको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240517_21013-1715959206.jpg

४ जेठ, हेटौंडा । नेपाली कांग्रेस बकैया गाउँपालिकाले शुक्रबार बकैयाको हात्तिसुँढेमा क्रियाशिल नविकरण तथा...

प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी स्थगन
Screenshot_20240412_15562-1715946503.jpg

४ जेठ,हेटौंडा। प्रतिनिधिसभाको शुक्रबार बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगन गरिएको छ । बैठक जेठ ६ गते आइतबार...

राष्ट्रियसभा बैठक आज पनि स्थगित
Rastriya-sabha-1715935765.jpg

४ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज पनि स्थगित भएको छ ।  शुक्रबार शुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध...

थप समाचार