१९ मंसिर, हेटौँडा । मकवानपुर उद्योग बाणिज्य संघका महासचिब महेन्द्र राउतले आगामी कार्यकालका लागि आफुले अध्यक्षमा उम्मेदवारी दिने दावी पुनः दोहोर्याएका छन् ।
हेटौँडामा मंगलबार पत्रकार सम्मेलन गर्दै राउतले बजारमा आफ्नो उम्मेदवारीबारे अनावश्यक हल्लाहरु आएको भन्दै यसमा विश्वास नगर्न समेत व्यवसायीहरुलाई आग्रह गरेका छन् । उनले उम्मेदवारी नदिने, अरुलाई समर्थन गर्ने जस्ता चर्चा चल्न थालेपछि राउतले पत्रकार सम्मेलन नै गरी आफुले उम्मेदवारी दिने दावि गरेका हुन् । राउतले यसअघि नै पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका थिए । आफु व्यवसायिक हितका लागि तल्लिन रहेको र मकवानपुरको आर्थिक जगतमा यसको प्रशंसा भईरहेको उनको भनाई छ । आफुले मकवानपुरका सबै क्षेत्रका उद्योगी व्यवसायीसंगको परामर्शमा उम्मेदवारी दिने घोषणा गरेको उनको भनाई थियो ।
२५ मिटर प्रकरणमा उद्योग बाणिज्य संघको नेतृत्व भाषणबाजीमा व्यस्त रहँदा व्यवसायीसंगै डोजरमा चढ्ने व्यक्ति आफु भएको समेत उनको दावि छ । हेटौँडा बजार उजाड हुनु भन्दा १६–१६ मिटर सडक कायम गर्ने सरकारी निर्णयले केही राहत मिल्ने उनको भनाई थियो । मकवानपुरको आर्थिक क्षेत्रको समस्या समाधानमा आफुले अहिलेसम्म सकारात्मक भुमिका खेलेको र आगामी दिनमा यसको निरन्तरताका लागि अध्यक्षमा उम्मेदवारी दिन लागेको बताए ।
पत्रकार सम्मेलनमा नेपाल निर्माण सामाग्री ब्यापार महासंघका बरिष्ठ उपाध्यक्ष कृष्णराम न्यौपानेले बाणिज्यतर्फको उपाध्यक्षमा उम्मेदवारी दिने बताए । उनले आफुले बाणिज्य क्षेत्रको समस्या नजिकबाट बुझेको बताउँदै उद्योग बाणिज्य संघमार्फत नीतिगत ढंगबाट समस्या समाधान गर्न प्रयास गर्ने दावि गरे । उनले आफुले यसअघि पनि संघको कार्यसमिति सदस्य भई व्यवसायिक हितमा काम गरेको भन्दै आगामी कार्यकालमा थप काम गर्ने अठोट व्यक्त गरे । उद्योग बाणिज्य संघलाई व्यवस्थित र संस्थागत व्यवसायिकता अभिबृद्धिमा प्रयास गर्ने दुबैको दावि छ ।
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...




-1788745767.jpg)













