Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

शुक्रबारबाट हुने मेलामा के छ आकर्षण (पढ्नुस्)

Mela-Press-Meet-1513861925.jpg

६ पुस, हेटौंडा । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान र औधोगीक शान्ति नेपाल संस्थाको आयोजनामा शुक्रबारबाट हेटौडाको भुटनदेबी पार्कमा खेलकुद तथा व्यापार महोत्सव शुरु हुन लागेको छ । 
प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले कार्यक्रमको शुभारम्भ गर्ने प्रतिष्ठानका अध्यक्ष भेष खड्गीले विहिबार मेलास्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । कार्यक्रममा खाना, खेलकुद सामाग्री, कपडा लगायतका ३ सय १४ वटा स्टल रहने प्रतिष्ठानका महासचिव सविन न्यौपानेले बताए । उनका अनुसार विगतमा भन्दा मेलालाई व्यवस्थित बनाउने काम गरिएको बताउँदै मेलामा गुणस्तरीय सामान र खानाका परिकार उपलव्ध हुनुका साथै मूल्यमा पनि विशेष सहुलियत प्रदान गर्न व्यवसायीलाई आग्रह गरिएको छ । 
स्थानीय कलाकारलाई प्राथमिकता दिंदै राष्ट्रिय स्तरका कलाकारहरु कोमल ओली, प्रमोद खरेल, शिवपरियार, हेमन्त शर्मा, ज्योति मगर, राधिका हमाल, द एक्स व्याण्ड, भद्रगोल हास्य टेलिश्रृंखलाको टिमसहितका कलाकार आउने औधोगीक शान्ति नेपाल सस्ंथाका अध्यक्ष सन्दिप महत्तले जानकारी दिए । मेला अवधिमा फेसन सो र एकल गायन प्रतियोगिताका साथै अञ्चलस्तरीय कराँते प्रतियोगिता, उसुको प्रर्दशन, कव्वडी र बक्सिङ प्रतियोगिता हुने आयोजकको भनाई छ ।

पत्रकार सम्मेलनमा खेलकुद प्रतिष्ठानका अध्यक्ष भेष खड्गी, महासचिव सविन न्यौपाने, सल्लाहकार प्रताप विष्ट, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमामाई, पूर्व अध्यक्ष भानुभक्त आचार्य, प्रेस संयोजक गणेशदर्पण अधिकारी लगायतको सहभागिता रहेको थियो । टिसिएन पछाडिको भुटनदेवी पार्कमा हुने मेला पुस १८ गतेसम्म संचालन हुनेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार