७ पुस, हेटौँडा । मकवानपुर उद्योग बाणिज्य संघको पुस १५ गतेदेखि हुन लागेको ५१ औं साधारणसभामा वर्तमान बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालले अध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।
हेटौंडामा आज पत्रकार सम्मेलन गरी कटुवालले प्यानलसहित अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । प्यानल घोषणा कार्यक्रममा बोल्दै कटुवालले विगतका कार्यकालमा आफुले पाएको जिम्मेवारी पूर्ण रुपमा बहन गरेको बताए । उनले आगामी कार्यकालमा व्यवसायिक हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे । आफुसंग विगत लामो समयदेखि संघमा काम गरेको अनुभव रहेको भन्दै उनले मकवानपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्षहरुले उचाईमा पु¥याएको व्यवसायिक मर्यादा कायम गर्न थप जिम्मेवार ढंगले अघि बढ्ने बताए ।
कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष उत्तम शर्मा ढकालले आफुहरुले ठूलो मेहनतका साथ संस्थालाई अहिलेको स्थितिमा ल्याईपुर्याएको र अहिले देशकै अग्रणी उद्योग बाणिज्य संघको रुपमा परिचित रहेको भन्दै यसलाई काम गर्न सुझाव दिए । उनले पूर्व अध्यक्षहरुको ‘आर्शिवाद’ कटुवालको टिमलाई रहेको बताए । कार्यक्रममा पूर्व अध्यक्ष अरुणराज सुमार्गीले उद्योग बाणिज्य संघको विगतदेखिको व्यवसायिक इतिहास र मर्यादा कायम गर्न सक्ने टिम कटुवालको नेतृत्वमा रहेकोले आफुहरुले समर्थन गरेको बताए । उनीहरुले व्यवसायीहरुको हितमा काम गर्ने संस्था भएकाले गुट उपगुटमा विभाजित हुँदा संस्थाको मर्यादामा आँच आउनेतर्फ सचेत रहन आग्रह गरे ।
कार्यक्रममा बाणिज्यतर्फको उपाध्यक्षमा दिपक शर्मा ढकाल, उद्योगतर्फको उपाध्यक्षमा माधव न्यौपाने, एशोसियट उपाध्यक्षमा गणेश भेटवाल र बस्तुगत उपाध्यक्षमा रामप्रसाद न्यौपाने, बाणिज्य सदस्यहरुमा अनिल अग्रवाल, काव्यमणी अधिकारी, रवि शर्मा कँडेल, माधव ज्ञवाली, कुलप्रसाद चौलागाई, अनिलभक्त श्रेष्ठ, उद्योगतर्फको समस्यमा प्रमोदसिंह रानाभाट, छतेन्द्र आचार्य, सन्तोष अर्याल, रुपकराज दाहाल, एशोसियटतर्फको सदस्यमा विष्णु खनाल, विष्णुगोपाल महर्जन, राजाराम कार्की, दिपक उप्रेति, बस्तुगत सदस्यमा सुनिल अधिकारीको उम्मेदवारी घोषणा गरिएको थियो ।
पत्रकार सम्मेलनमा थप केही सदस्यको नाम केही दिनभित्र तय गर्ने जानकारी दिईएको थियो । पत्रकार सम्मेलनमा पूर्व अध्यक्षहरु केशवलाल श्रेष्ठ, जीवनकाजी माकजु श्रेष्ठ, उत्तम शर्मा ढकाल, अरुणराज सुमार्गी, भुवनलाल श्रेष्ठसहित उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...




-1788745767.jpg)













