Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

अर्थ

व्यवसायिक समस्या समाधानमा सक्षम टिम म संग छ

Mahendra-Raut-1514278993.JPG

महेन्द्र राउत अध्यक्ष उम्मेदवार मकवानपुर उद्योग बाणिज्य संघ

आउँदो पुस १५ गतेदेखि मकवानपुर उद्योग बाणिज्य संघको ५१ औं बार्षि साधारणसभा शुरु हुँदैछ । साधारण सभामा नयाँ नेतृत्वका लागि रस्साकस्सी छ । नयाँ नेतृत्वका लागि संघका वर्तमान महासचिव महेन्द्र्र राउतले अध्यक्षमा उम्मेदवारीको घोषणा गरिसकेका छन् । आप्mनो प्यानलसहित चुनावी अभियानमा रहेका राउतसंग प्रष्टखबरका सम्पादक रुपेश दुलालले गरेको अन्तरवार्ता ।

मकवानपुर उद्योग बाणिज्य संघको अध्यक्षमा यहाँको उम्मेदवारी किन?
म मकवानपुर उद्योग बाणिज्य संघमा प्रवेश गर्दा ‘कृषि, पर्यटन उद्योग र व्यवसाय आर्थिक समृद्धि हामी सबैको आसय’ भन्ने मुल नाराका साथ प्रवेश गरेको हुँ । अहिले देश अहिले प्रादेशिक संचनामा गईसकेको छ र अहिले सबैको एजेण्डा आर्थिक समृद्धि नै हो । विगतमा उद्योग बाणिज्य संघको भुमिका आर्थिक समृद्धिमा महत्वपर्ण रहको थियो । परिवर्तित नयाँ संरचनामा यसको भूमिका थप बढ्ने छ भन्ने मेरो विश्वास छ । मैले आप्mना विगतका कार्यकालमा पाएको भुमिका सफलतापूर्वक निर्वाह गर्दै संघलाई अघि बढाएँ । त्यही अनुभवका आधारमा मैले आप्mनो उम्मेदवारी अध्यक्ष पदमा दिने घोषणा गरेको छु । पछिल्लो कार्यकाल नाकावन्दी, भुकम्प लगायतका विषयमा देशसंगै मकवानपुर उद्योग बाणिज्य संघ पनि अल्झियो र सोचेजति काम गर्न सकेन । यसका साथै टिममा पनि केही समन्वय अभाव रह्यो । अब उद्योग बाणिज्य संघले मकवानपुरमा रहेको कृषि, पर्यटन, औद्योगिक क्षेत्रमा रहेको सम्भवनालाई पूर्णता दिनुपर्छ भन्ने मूख्य उद्देश्यका साथ अध्यक्षमा मेरो उम्मेदवारीको घोषणा भएको हो ।

संघको वर्तमान कार्यसमितिले २५ मिटर सडक विस्तार, घरबहाल कर, करमा परेका समस्या जस्ता व्यवसायीका मुद्धामा ठोस ढंगले आवाज उठाउन सकेन भन्ने गुनासो छ नि ?
सबै व्यवसायीका समस्या समाधानका लाग्नु हाम्रो मूख्य दायित्व हो । तर मैले माथि भने जस्तै यो कार्यकालमा भुकम्प, नाकावन्दी, राजनैतिक चुनावी गतिविधि, अन्तरिक समस्या लगायतका कारणले हामीले सोचे जति काम गर्न सकेनौं होला । तर हामीले व्यवसायीहरुमाथि पर्ने समस्या समाधानका लागि स्थानीय तहमा धेरै काम गरेका छौं । स्थानीयस्तरमा आन्तरिक राजस्व, घरेलु तथा साना उद्योग कार्यालय, नगरपालिका, प्रहरी, प्रशासन लगायतका सम्बन्धित निकायहरुसंगको सुमधुर सम्बन्ध स्थापित गर्दै व्यवसायीमाथि पर्ने समस्या समाधानमा पहल गर्नुपर्छ भन्ने मेरो भनाई हो र म महासचिव रहँदा यही ढंगले काम गरें । त्यतिमात्रै नभई २५ मिटर सडक प्रकरणमा हामीले जिल्लादेखि केन्द्र्रीय तहसम्म आन्दोलन गर्यौं । अहिले यसैगरी समन्वय गरी अघि बढ्ने सोचका साथ मैले अध्यक्षमा आप्mनो उम्मेदवारी दिने भएको छु । मेरो उम्मेदवारीमा आकांक्षी ४ जना मध्ये दुई जनाले मलाई समर्थन समेत गर्नुभएको छ । म अहिलेको कार्यकालमा भएका कमजोरीबाट पाठ सिक्दै नयाँ ढंगले व्यवसायिक हितमा लाग्ने प्रतिवद्धता व्यक्त गर्दछु । मैले विगतमा व्यवसायीहरुको हितमा काम गरेकाले मेरो नेतृत्वमा टिम घोषणा भएपछि समर्थन आउने क्रम पनि छ र व्यवसायीहरु खुशी भएको अवस्था छ ।

दुई आकांक्षीले समर्थन गरेपनि एक जना त प्रतिष्पर्धामा नै हुनुहुन्छ ? व्यवसायिक संस्थामा निर्वाचन गर्नुभन्दा सर्वसम्मत नेतृत्व चयन हुँदा राम्रो हुन्छ भन्ने सुझाव पनि आईरहेको छ ? के यो सम्भव छ ?
उद्योग बाणिज्य संघको नेतृत्व सर्वसम्म हुँदा राम्रो हो । मैले यो संस्थामा आईसकेपछि महासचिवको भूमिकामा रहेर गरेको कामको मूल्यांकन गरेर संघको नेतृत्वमा वर्तमान अध्यक्ष एवं केन्द्रीय सदस्य र अर्का आकांक्षीले मलाई अघि सार्नु भएको छ । अहिले प्रतिष्पर्धीका रुपमा रहनु भएका अर्का उम्मेदवारले पनि त्यो कुरालाई बुझेर मलाई समर्थन गर्नुभयो भने निर्विरोध हुने सम्भवना छ । यो भावनालाई बुझिदिनुहुन पनि अनुरोध गर्दछु । यदि भएन भने पनि धेरै व्यवसायीहरुको आव्हान भनेको आगामी दिनमा व्यवसायीहरुको समस्या झन् जटिल बन्न सक्ने छन् र महासचिवले विगतमा गरेको जस्तै समन्वयकारी भुमिका निर्वाह गर्न सक्छ भन्ने छ । राजकुमार न्यौपाने, कृष्ण अग्रवाल र महेन्द्र राउत एकै ठाउँमा हुनुपर्छ भन्ने व्यवसायीहरुको आकांक्षा पुरा भएको छ । यो चुनावी मैदानमा अघि बढिसकेको अवस्थामा प्रतिष्पर्धी उम्मेदवारले बुझ्दा सर्वसम्म हुनसक्छ, भएन भने पनि हामी सफलताको करिव नजिक पुगिसकेको हाम्रो टिमले महसुस गरेको छ ।

अन्य व्यवसायिक संस्थाहरुसंगको सम्बन्ध उद्योग बाणिज्य संघसंग सुमधुर छैन भन्ने व्यवसायिक बृत्तमा चर्चा छ, कसरी समन्वय गर्नुहुन्छ ?
अन्तराष्ट्रिय रुपमा पनि उद्योग बाणिज्य संघहरुलाई ठूलो महत्वका साथ हेर्ने गरिन्छ र देशमै पनि यो दृष्टिकोण अलि भिन्न छ । निजि क्षेत्रमा काम गर्ने नारायणी यातायात व्यवसायी संघ, उद्योग संघ मकवानपुर, निर्माण व्यवसायी संघ मकवानपुर लगायतका संस्थाहरु छन् । म अध्यक्षको रुपमा आईसकेपछि व्यवसायिक, सामाजिक संघसंस्था र सरोकारवाला निकायहरुसंग समन्वयमा जोड दिने छु । उद्योग बाणिज्य संघ मकवानपुर जिल्लाको सबैभन्दा महत्वपूर्ण व्यवसायी संस्था र साझा संस्थाको रुपमा अघि बढाउनुपर्छ । सबै सक्षम खालका मानिसहरुलाई प्रवेश गराएर नेतृत्वलाई अघि बढाउन समर्थन र सहयोग आवश्यक छ भन्ने मेरो भनाई छ । समक्षहरुको नेतृत्वको टिमले अहिले देखिएका समन्वय अभावका समस्या समाधान गर्नेछ ।

महेन्द्र राउतको नरम स्वभाव छ, नेतृत्वमा नै रहेर चाँहि व्यवसायिक हितमा काम गर्न नसक्ने हो कि भन्ने आशंका पनि व्यवसायी माझ रहेछ । के भन्नु हुन्छ ?
मैले यहाँका सानादेखि बहुराष्ट्रिय उद्योगमा परेका समस्यालाई व्यक्तिगत र संस्थागत पहल गरेर समाधान गरेको कुरा व्यवसायीमाझ छर्लङ्ग छ । व्यवसायीहरुलाई आतंकित बनाएको २५ मिटर सडकको आन्दोलनमा निस्वार्थ ढंगले व्यवसायिक सदस्यहरुको हितमा आफु सक्रिय ढंगले लागेको पनि उहाँहरुलाई जानकारी छ । सबैभन्दा भुमिका महत्वपूर्ण नेतृत्वको हुन्छ । बजारमा चलेका चर्चा परिचर्चा चुनावी हुन् र म मकवानपुरको आर्थिक क्षेत्रका जुनसुकै मुद्धामा देखिएको समस्या समाधानका लागि काम गर्न सक्षम छु । मैले महासचिवको हैसियतले सकेको काम गरेको छु, मैले नेतृत्व लिईरहँदा यस जिल्लाको आर्थिक समृद्धिसंग जोडिएका विषयमा सबैलाई सहकार्यका लागि समन्वय गर्नेछु । मेरो भुमिकालाई बलियो बनाउन व्यवसायीहरुले पनि अठोट गरिसक्नु भएको मैले महसुस गरेको छु ।

राजनैतिक दलसंग साथ र सहयोग भएन भने उद्योग बाणिज्य संघको नेतृत्वमा पुग्न सकिन्न भन्ने छ । यहाँलाई जिल्लाका कुन कुन दलको समर्थन छ ?
मैले अघि जोडिसकें अबको एजेण्डा आर्थिक समृद्धिसंग जोडिएको छ । यो नीजि क्षेत्रको व्यवसायिक संस्था भएपनि यो साझा संस्था हो । जिल्लामा रहेका प्रमुख दलहरु सबैको सहयोग र समर्थन मैले पाएको महसुस गरेको छु । यहाँ व्यवसायमा जोडिएका सक्षम सदस्यहरुलाई संघमा ल्याउनुपर्छ भन्ने सोच सबै दलको छ जस्तो लाग्छ । संस्थाभित्र राजनीतिकरण गर्ने भन्दा पनि व्यवसायिक हितमा काम गर्ने हो, यसमा जिल्लामा रहेका दलहरुको साथ र सहयोग लिने हो । त्यसमा मकवानपुरका राजनैतिक दलहरुले आप्mनो तर्फबाट सहयोग गरिरहनु भएको छ र दलहरुका आर्थिक समृद्धिका मुद्धामा हाम्रो सहयोग रहन्छ । यस हिसावले पनि दुबैतर्फको साथ, सहयोग र समर्थन एकअर्कालाई रहेको अवगत गराउन चाहन्छु ।

व्यवसायीहरुले महेन्द्र राउतलाई नै छान्नुपर्ने कारण चै के छ त ?
मूख्य कुरा त व्यवसायीहरुको हितका लागि काम गर्ने टिमले नै हो । मेरो नेतृत्वको टिमले मकवानपुरको व्यवसायिक क्षेत्रको समस्या समाधानमा ठोस ढंगले काम गर्न सक्छ भन्ने मेरो दावि छ । लामो कार्यकाल अनुभव हासिल गरेकाहरुको टिमको नेतृत्व मैले गरेकाले पनि व्यवसायीहरुले मेरो नेतृत्वको टिमलाई मकवानपुर उद्योग बाणिज्य संघमा लैजानुपर्छ भन्ने हो । सानादेखि ठूला बहुराष्ट्रिय कम्पनीहरुको साझा संस्था मकवानपुर उद्योग बाणिज्य संघ नै हो भन्ने वातावरण बनाउनेछु । सम्पूर्ण उद्योगी व्यवसायीहरुको हकहितका लागि लाग्ने मेरो अठोट छ । घरबहाललाई बैज्ञानिक ढंगले बृद्धि हुने व्यवस्था मिलाउनुपर्ने छ । मकवानपुरमा प्रचुर सम्भवना रहेको पर्यटन, कृषि जस्ता क्षेत्रलाई थप व्यवसायिक ढंगले अघि बढाउन प्रर्वद्धनात्मक काम गर्नुपर्ने हुन्छ । व्यवसायीले दैनिक आप्mनो कारोबार संचालन गर्ने आईपर्ने कर सम्बन्धी समस्या समाधानका लागि तालिम, अभिमुखीकरण, गोष्ठीजस्ता सिप बृद्धिका क्षेत्रमा काम गर्नु जरुरी छ । महिला उद्यमीहरुलाई प्रोत्साहनका लागि काम गर्नु आवश्यक छ । यी लगायतका धेरै काम मकवानपुर उद्योग बाणिज्य संघले गर्नुपर्ने हुन्छ । यी कामहरु सम्पन्न गर्नका लागि मैले आफ्नो प्रतिवद्धता व्यक्त गरेको छु । मैले सूचना प्र्रविधिसंग सम्बन्धित विज्ञहरुसँग सल्लाह गरेर हेटौँडालाई वाईफाई फ्रि जोन घोषणा गर्ने अठोट पनि गरिसकें । विगतमा मैले व्यवसायीहरुको हितमा गरेको काम र मकवानपुर उद्योग बाणिज्य संघलाई आगामी दिनमा थप उचाईमा पु¥याउन व्यवसायीहरुले मेरो टिमलाई चयन गर्नु हुनेछ भन्ने मैले विश्वास लिएको छु ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
एनपीएलको पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर प्रतिस्पर्धा गर्दै
Screenshot_20251117_07271-1765244616.jpg

२३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा लिग चरणका खेलहरु सकिएका छन् ।  मंगलबार पहिलो...

पत्रकार सुरेश रजकलाई सहिद घोषणा
suresh-rajak_OmExCRSQ1E-1765241918.jpg

२३ मंसिर, हेटौंडा । सरकारले २०८१ चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनामा ज्यान गुमाएका पत्रकार सुरेश...

मौसम मुख्यतया सफा रहने
Screenshot_20251013_06390-1765241636.jpg

२३ मंसिर, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको गण्डकी प्रदेश, कर्णाली...

बेतिनी पुगेर मुख्यमन्त्री बानियाँले भनेः कांग्रेसले चुनावमा भाग लिन्छ
594390309_765075185957497-1765203771.jpg

२२ मंसिर, हेटौँडा ।  । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले फागुन २१ मा हुने प्रतिनिधिसभाको...

हेटौंडाका पिडित घरधनिले घेरे प्रशासन कार्यालय
593951801_849920364879563-1765195046.jpg

२२ मंसिर, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको बजार क्षेत्र भित्र सडक डिभिजन कार्यालय हेटौंडाले डोजर चलाएर घर...

पुर्व मुख्यमन्त्री पौडेलको घरमा आगजनीमा संलग्न पुर्पक्षका लागि जेल चलान
IMG_0897-1765160771.png

२२ मंसिर,हेटौंडा ।बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणी पौडेलको हेटौंडा ११ स्थित घरमा तोडफोड र आगजनीको...

मधेशका मुख्य न्यायाधिवक्ता महतो पदमुक्त
surendra_mahato_Xr1nZdmF0-1765158203.jpg

२२ मंसिर, हेटौंडा । मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन्। प्रदेश प्रमुख...

क्यानका निलम्बित महानिर्देशक अधिकारी कारागार चलान
pradip-1765157765.jpg

२२ मंसिर, हेटौंडा । नेपाल नागरिक उड्डयन प्राधिकरणका (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई...

मौसम मुख्यतया सफा रहने
Mausam-Safa-1765157462.jpg

२२ मंसिर, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  यसको प्रभाव स्वरूप सोमबार गण्डकी प्रदेश,...

थप समाचार