Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

चुनियाँ-नामटार-कालिकाटार सडक स्तरोन्नतिका लागि शिलान्यास

Screenshot_20231009_12490-1696835579.jpg

२२ असोज, हेटौंडा । कैलाश गाउँपालिकाको प्रमुख पहुँच मार्ग चुनियाँ-नामटार-कालिकाटार सडक स्तरोन्नतिका लागि सोमबार शिलान्यास गरिएको छ । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले संयुक्त रूपमा सडकको शिलान्यास गरेका हुन् ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मोक्तानले यो सडक राज्यको वेवास्ताका कारण अझै पनि जिर्ण रहेको बताए । उनले जनप्रतिनिधिको रूपमा आफुहरू आइसकेपछि सडक स्तरोन्नतिका लागि निरन्तर संघ र प्रदेश सरकारसंग पहल गरेको र यसको परिणाम स्वरूप पछिल्लो समय बजेट विनियोजन भइरहेकोले विभिन्न खण्डमा काम भइरहेको बताए । उनले सडकमा बजेट विनियोजनका लागि प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको विशेष भुमिका रहेको बताए । उनले सडक स्तरोन्नतिसहित कालोपत्रेको काम पनि अघि बढाउने बताउँदै स्थानीयलाई सहयोगका लागि आग्रह गरे ।
उपाध्यक्ष ठकुरीले सबैको साथ सहयोगबाट मात्रै स्थानीय क्षेत्रको विकास हुने बताउँदै सडक निर्माणका क्रममा निरन्तर निगरानी र अनुगमन गर्न स्थानीयलाई आग्रह गरे ।
कैलाश-१० का वडा अध्यक्ष सूर्यबहादुर ब्लोनको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरी, ९ नम्बर वडा अध्यक्ष भुवनसिं घलान, निर्माण व्यवसायी सुनिल गोले,  स्थानीय कमल अर्याल लगायतको उपस्थिति रहेको थियो ।
शिलान्यास गरिएको चुनियाँ-नामटार-कालिकाटार सडकको कुमल्टारदेखि बनझाक्री खोल्चा (च्याखेटार) खण्डको साढे ७ किलोमिटर सडक स्तरोन्नतिका लागि बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको पूर्वाधार विकास कार्यालय चितवनबाट अमृता/आकृति मालिका/ग‍ोले जेभी हेटौंडा-१ ले भ्याटसहित १४ करोड २१ लाख २९ हजार ५ सय ९० रूपैयाँमा ठेक्का सम्झौता गरेको छ । निर्माण कम्पनीले १८ महिनामा सम्पन्न गर्ने जनाइएको छ । गाउँपालिका जान सहजताका लागि गाउँपालिकाले विभिन्न खण्डमा स्तरोन्नतिको काम गराइरहेको छ ।

Screenshot_20231009_12500-1696835599.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार