Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

हामीले नेतृत्वको गलत कामको विरोध गरेका हौं : कटुवाल

Krishna-Katuwal-1514422152.jpg

मकवानपुर उद्योग बाणिज्य संघको पुस १५ गतेदेखि शुरु हुन गईरहेको ५१ औं बार्षिक साधारण सभामा नेतृत्वका लागि अहिले मत माग्ने क्रम जारी छ । दुई प्यानलमा विभाजित भएर व्यवसायीहरु चुनावी मैदानमा उत्रिएका छन् । एउटा प्यानलको नेतृत्वका वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालले गरेका छन् । चुनावी मैदानमा रहेका अध्यक्षका उम्मेदवार एवं वर्तमान बरिष्ठ उपाध्यक्ष कुटवालसंग सम्पादक रुपेश दुलालले गरेको अन्तरवार्ता ।

मकवानपुर उद्योग बाणिज्य संघको अध्यक्षमा यहाँको उम्मेदवारी किन ?
विगत लामो समयदेखि मकवानपुर उद्योग बाणिज्य संघमा मैले विभिन्न जिम्मेवारीमा रहेर काम गर्ने अवसर पाएँ । विधान त म अहिले बरिष्ठ उपाध्यक्ष छु । चार कार्यकालको अनुभव भएको अहिले कोहीसंग हुनुहुन्न, म जस्तै अनुभव भएका दुईजना साथीहरु उद्योग र बाणिज्यतर्फको उपाध्यक्षमा उम्मेदवारी दिनु भएको छ । म संग वर्तमान बोर्डमा रहेका अधिकांश साथीहरु म संग हुनुहुन्छ, उहाँहरुसंग पनि लामो अनुभव छ । व्यवसायिक अनुभव र अनुभवी टिमको साथमा व्यवसायिक हितमा काम गर्न मैले उम्मेदवारीको घोषणा गरेको हुँ ।

व्यवसायिक हितमा के काम गर्नुहुन्छ ?
उद्योग बाणिज्य संघमा गएर गर्ने भएको पूर्वजहरुले जुन जुन एजेण्डा राख्नु भएको छ त्यो एजेण्डाहरुलाई यथावत कायम राख्दै व्यवसायिक हितमा काम गर्ने हो । व्यवसायीहरुको करसम्बन्धी समस्या, नगरपालिकासम्बन्धी समस्या, घरेलुसम्बन्धी समस्या, न्यून विजकीकरणका समस्या, अनुगमनका विषयहरु जस्ता कुराहरुमा आएका समस्या समाधान गर्ने हो । प्रशासनिक कामसंगै व्यवसायीहरुलाई सुविधा दिने, संस्था बलियो बनाउने, कर्मचारीहरुलाई प्रोत्साह गर्ने काम हुन् । यो कार्यकालमा संस्थाको साख केही गिरेको अनुभव गरेको छ, विभिन्न चर्चा परिचर्चा आईरहेका छन्, ति सम्पूर्ण कुराहरुलाई मेटाएर संस्थाको मर्यादालाई उच्च बनाउन पनि मेरो उम्मेदवारी हो ।

यहाँ नै सम्मिलित यो कार्यकालमा पदाधिकारी चयनमा ढिलाई, मेला महोत्सवको हिसावमा हिनामिना, कार्यसमिति दुई पक्षमा विभाजित हुने जस्ता समस्याहरु आए । यसको जिम्मेवारी यहाँले लिने कि नलिने त ?
यसको केही जिम्मेवारी त मैले पनि लिनुपर्छ । यो संस्था अध्यक्षात्मक प्रणालीमा चलेको संस्था हो, अध्यक्षमै बढि अधिकार निहित हुन्छ र बोर्डलाई निकै सिमित अधिकार रहन्छ । पदाधिकारी चयन गर्ने विषयमा विभिन्न पदहरु अध्यक्षले बोर्डमा मनोनित गर्ने र बोर्डले अनुमोदन गर्नुपर्ने थियो, सर्वसम्मत भए सर्वसम्मत जाने अरु कसैले दावि गरेमा बोर्ड भित्रका सदस्यहरुबीच भोटिङ गर्ने प्रचलन थियो । तर यो कार्यकालका नेतृत्व पंक्तिले यसलाई नस्विकार्नु भएकाले पदाधिकारी चयन गर्न केही ढिलाई भएको हो । मेला महोत्सवमा हेलिकप्टरमा अपचलन भएको थियो, पछि त्यो रकम केही व्यक्तिले तिरेको पनि छ, होटलको विल दोव्वर तेव्वर निक्सिएको थियो, कलाकारको रकम पनि चाहिने भन्दा बढि निक्लिएको थियो । पैसा बचाएपछि पछि खर्च त गर्न पाईन्छ नि भन्ने नेतृत्वको कुरा हुन्थ्यो तर त्यो नि नीजि कम्पनीमा पनि नपाईने कुरा हो । यस्तै विषयमा हामीले विरोध गरेका थियौं । यसमै बजारमा जाँदा भाषणबाजीमा बोर्डले काम गर्न दिएन भनेर नेतृत्वले भनेको सुनेका छौं तर बोर्ड सदस्यले अनियमितता रोकेको मात्रै हो, काम गर्न नदिएको हैन ।

व्यवसायिक हितमा काम गर्न पठाएकाहरु नै गुट उपगुटमा बाँडिदा व्यवसायीहरुमाझ नकारात्मक सन्देश गएको छ । यसलाई कसरी चिर्नुहुन्छु ?
यो कार्यकालमा गुट उपगुट भएकै हो । हामीले नराम्रा कुराको विरोध र राम्रा कुराको समर्थन गरेका हौं । अहिले हामीले पुराना र नयाँलाई मिलाएर आफ्नो प्यानल नै बनाएका छौं । त्यसैले म व्यवसायीहरुलाई के आग्रह गर्न चाहन्छु भने तपाईहरुले भोट दिंदा एउटा प्यानल नै विजय हुने गरी भोट दिनु भयो भने गुट उपगुटको समस्या अन्त्य हुन्छ र एक कार्यकाल राम्रोसंग काम गर्न सकिन्छ ।

व्यवसायिक संस्था भएकाले व्यवसायिक हितमा काम गर्नु पर्छ नै । तर उपभोक्ताको हितमा चाँहि कहिले उद्योग बाणिज्य संघले हेर्ने त ?
संघ उद्योगी व्यवसायीकै संस्था हो । तर हामीले यसका साथै सामाजिक हितको क्षेत्रमा काम गर्नुपर्छ । हामीले मकवानपुर बहुमुखी क्याम्पस, हेटौँडा अस्पताल लगायतमा पूर्वाधार विकासमा सहयोग गरेका छौं । हामीले उपभोक्ताको हितमा पनि काम गर्नुपर्छ । हामीले खराब काम गर्ने व्यवसायीहरुको कहिले पनि पक्ष लिएका छैनौं । राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो काम गर्ने व्यवसायीलाई दण्ड हुनुपर्छ भन्नेमा संघ प्रतिवद्ध छ । तर सानो गल्तिलाई लिएर उसको व्यवसाय नै चौपट बनाउने गरी सरोकारवाला निकायबाट काम हुनु भएन भन्नेतर्फ मात्रै हामी चनाखो हुने गरेका छौं ।

व्यवसायीहरुको प्रोत्साहनका लागि के गर्नुहुन्छ त ?
मैले आफ्नो आगामी कार्यकालमा व्यवसायिक दक्षता अभिबृद्धिका लागि ६०/७० जनालाई विदेश भ्रमण राख्नेछु । जसमा विभिन्न भेगका व्यवसायी, केही पत्रकार र केही कर्मचारीलाई विदेशमा प्रशिक्षणको व्यवस्था मिलाउने छु । यसले व्यवसायिक दक्षता अभिबृद्धिमा केही योगदान पु¥याउँछ । कर कार्यालय, अडिर्टस एशोसियसन र उद्योग बाणिज्य संघबीच त्रिपक्षीय अन्तरक्रिया राखेर त्यहाँबाट तिन पक्षको सहमतिमा प्रशिक्षण राख्छौं । १० जनाको टिमलाई लेखासम्बन्धी तालिम दिन्छौं, उनीहरुले व्यवसायी कहाँ गएर आवश्यक सहयोग गर्नेछन् । यस्तै खाले व्यवसायिक हितमा काम गर्ने सोच छ । अन्य एजेण्डाहरु मैले आफ्नो घोषणा पत्रमार्फत सार्वजनिक गरेको छु ।

अन्त्यमा, व्यवसायीहरुलाई के आग्रह गर्न चाहनुहुन्छ ?
म विभिन्न पेशामा आवद्ध भएकाले अधिक भन्दा अधिक व्यवसायीको दुःख सुख बुझेको छु । मैले व्यवसायीको समस्या बुझेकाले समाधानको पाटोबारे पनि अवगत छ । तसर्थ समग्र व्यवसायीको हितका लागि मैले उम्मेदवारी दिएको छु । कृपया सम्पूर्ण व्यवसायीहरुलाई मेरो टिमलाई विजयी गराई दिनुहुन अनुरोध गर्दछु ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ६ स्थित प्रज्वल बोर्डिङमा डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया
FB_IMG_1714750419377-1714750538.jpg

२१ बैशाख, हेटौंडा। विद्यार्थीलाई डढेलाेकाे बारेमा सचेतना गराउने उद्वेश्यका साथ हेटाैडा ६ चाैघडामा रहेकाे...

प्रहरी हत्यामा दोषी लोसपाका प्रदेश सांसद शर्मा निलम्बित
abhiram1669257592-1714733-1714737909.jpg

२१ बैशाख, जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेशसभा सदस्य अभिराम शर्मा निलम्बित भएका छन्...

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन रेशम पक्षको ह्विप
resham-chaudary_8mJRQJFnA-1714732252.jpg

२१ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत नदिन नागरिक उन्मुक्ति...

युवकले चलाएको गोली लागेर एक छात्रा घाइते
goli-murder-shot_20190223-1714731996.jpg

२१ बैशाख, झापा । झापाको दमकमा एक युवकले चलाएको गोली लागेर एक छात्रा घाइते भएकी छन् । शुक्रबार दिउँसो सिराहाका...

लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको भूमिका महत्त्वपूर्ण: राष्ट्रपति
president-Ram-chandra-pou-1714702115.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र...

संसदको बजेट अधिवेशन आह्वान
1641373260_1615078427_san-1714701718.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेका छन् । सरकारको...

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै
7ade733c-5bf1-485c-ba38-4-1714700539.jpg

२१ बैशाख, हेटौंडा । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसकै अवसर पारेर नेपाल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714699987.jpg

२१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

थप समाचार