Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अर्थ

सही निति भए आर्थिक समृद्धि : राणा

Rana-1514640926.jpg

१५ पुस, हेटौँडा । नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले देशमा आर्थिक समृद्धिका लागि सही आर्थिक नीति आवश्यक रहेको बताएकी छिन् । 
हेटौंडामा शनिबार मकवानपुर उद्योग बाणिज्य संघको ५१ औं बार्षिक साधारण सभा उद्घाटन गर्दै महासंघकी अध्यक्ष राणाले अब राजनैतिक संक्रमणकालको अन्त्य भएकाले आर्थिक समृद्धिमा ध्यान केन्द्रित गर्नुपर्ने भन्दै यसका लागि सही आर्थिक नीति आवश्यक रहेको बताईन् । उद्योगी व्यवसायीहरुलाई सरकारी संयन्त्रले हेर्ने दृष्टिकोण सकारात्मक नभएको भन्दै उनले अनुगमनका नाममा दुःख दिने काम बन्द नभए उद्योग व्यवसाय फष्टाउन नसक्ने बताईन् ।
उनले देश संघीयतामा गएको अवस्थामा कर प्रणाली, राजस्व बाँडफाड र नीजि क्षेत्रलाई हेर्ने दृष्टिकोण स्पष्ट हुनुपर्नेमा जोड दिईन् । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकाल, उपाध्यक्ष उमेशलाल श्रेष्ठ, चन्द्रप्रसाद ढकाल, महासंघ महिला उद्यमी समिति सभापति कमला श्रेष्ठ लगायतले बदलिंदो संरचना अनुसारको आर्थिक नीति स्पष्ट गरी आर्थिक समृद्धिको गन्तव्यतर्फ लाग्नुपर्नेमा जोड दिएका थिए । 
संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर १ प्रतिनिनिसभा सदस्य कृष्णप्रसाद दाहाल, क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य विरोध खतिवडा, नेकपा एमालेकी जिल्ला अध्यक्ष मुनु सिग्देल, संघका पूर्व अध्यक्ष माधव रिसाल, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष बद्रीप्रसाद चौलागाई, सदस्यहरुको तर्फबाट यम सिल्वाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पत्रकारहरु कृष्ण सारु मगर, पुष्पराज अधिकारी, विवश अधिकारीलाई सम्मान गरिएको थियो ।
बन्द सत्रमा विवाद
मकवानपुर उद्योग बाणिज्य संघको बन्द सत्रमा विवाद भएको छ । संघको बन्द सत्रमा महिला उद्यमी समिति सभापति निलम पाण्डेले जिज्ञासा राख्न खोजेपछि विवाद भएको हो । पाण्डेलाई अध्यक्ष न्यौपानेले प्रश्न राख्न नदिएपछि केहीबेर तनाव भएको थियो । त्यस लगतै न्यौपानेले बन्द सत्र सकिएको घोषणा गरेका थिए भने बाक्लो संख्यामा प्रहरी परिचालित भएको जनाईएको छ । कार्यसमितिमै रहेकी पाण्डेले फ्लोरमा आएर प्रश्न गर्न थालेपछि न्यौपानेले उनलाई बोल्न रोकेका हुन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg