Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन परिणाम आउन शुरू

कटुवाल टिमका २ उपाध्यक्ष र बहुमत सदस्य विजयी

MCCI-1514855792.jpg

१८ पुस, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनबाट अध्यक्ष पदका उम्मेदवार कृष्ण कटुवालको प्यानलका बहुमत सदस्य विजयी भएका छन् । बिहान ५ बजेसम्मको मत गणना अनुसार उद्योग तर्फको उपाध्यक्षमा माधव न्यौपाने र एसोसियटतर्फको उपाध्यक्षमा गणेश भेटवाल विजयी भएका छन् । दुवै उपाध्यक्ष कटुवालको प्यानलका हुन् । 
यसअघि कटुवालकै प्यानलका रामप्रसाद न्यौपाने वस्तुगत तर्फको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भैसकेका छन् । उद्योगतर्फको  उपाध्यक्षमा न्यौपानेले २ सय ३० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी रबिन्द्र घिमिरेले एकसय ६७ मत पाएका पाएका छन् । यस्तै अर्का उम्मेदवार उज्वल शर्मा भण्डारीले ८० मत प्राप्त गरे । ५ सय १८ मत खसेको उद्योग तर्फको सदस्यमा प्रमोदसिँ रानाभाट (२९३ मत), रुपकराज दाहाल (२६७ मत), संन्त्तोष अर्याल (२५६ मत) र नरेन्द्र भण्डारी (२४७ मत) विजयी भए । 
यस्तै महिला आरक्षण तर्फको सदस्यमा प्रतिमा श्रेष्ठ २७८ मतसहित विजयी भइन् । उनको निकटतम प्रतिद्धन्द्वी रेणु ज्ञवालीले २०७ मत प्राप्त गरिन् । भण्डारी र श्रेष्ठ बाहेक उद्योगतर्फका विजयी सबै कटुवाल प्यानलका हुन् । 
उद्योग तर्फका सदस्यका उम्मेदवारहरु छतेन्द्र आचार्यले २१७, राजु नेपालले २१३, गंगा पौडेलले २०० र निप्पु सर्राफले १४७ मत प्राप्त गरेका थिए ।
यस्तै एसोसियटतर्फको उपाध्यक्षमा गणेशप्रसाद भेटवाल विजयी भएका छन् । भेटवालले उजवल चौलागाईलाई १० मत अन्तरले पराजित गरेका हुन् । एसोसियटतर्फ खसेको एकसय तीन मतमध्ये भेटवालले ५६ मत मत प्राप्त गर्दा चौलागाईंले ४६ मत प्राप्त गरेका थिए । 
एसोसियटतर्फको सदस्यमा विजयी भएका बिष्णु खनालले ६४, बिष्णुगोपाल महर्जनले ६२, राजाराम कार्कीले ५०, र दीपक उप्रेतीले ५८ मत प्राप्त गरेका थिए । यसोसियटतर्फका विजयी उम्मेदवारहरु कटुवाल प्यानलका हुन् । एसोसियटका पराजित उम्मेदवारहरु अरुणकुमार दाहालले ३१, उपेन्द सुवेदीले ४३, वविन लिगलले ४६ र यम शिलवालले ३८ मत प्राप्त गरेका थिए ।
बिहान ५ बजेसम्ममा वाणिज्यतर्फको ३ सय मत गणना हुँदा उपाध्यक्ष पदका उम्मेदवार कृष्णकुमार गुप्ता अग्रवालले १४० मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी दीपक शर्मा ढकालले ११० मत प्राप्त गरेका छन् । उपाध्यक्ष पदका अर्का उम्मेदवार कृष्णराम न्यौपानेले १३ मत प्राप्त गरेका छन् ।
बिहान ५ बजेसम्ममा अध्यक्ष पदको मत गणना भएको छैन । २ हजार ३२८ मतदाता रहेको मउवा संघको निर्वाचनमा १९९५ मत खसेको थियो ।
प्यानलको उपाध्यक्षसहित बहुमत सदस्यको विजयी भएसंगै अध्यक्षमा कटुवालकै जित हुने आंकलन सहित शुभेच्छुकहरुले मत गणनास्थलमा नाराबाजी गर्न सुरु गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार