Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन परिणाम आउन शुरू

कटुवाल टिमका २ उपाध्यक्ष र बहुमत सदस्य विजयी

MCCI-1514855792.jpg

१८ पुस, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनबाट अध्यक्ष पदका उम्मेदवार कृष्ण कटुवालको प्यानलका बहुमत सदस्य विजयी भएका छन् । बिहान ५ बजेसम्मको मत गणना अनुसार उद्योग तर्फको उपाध्यक्षमा माधव न्यौपाने र एसोसियटतर्फको उपाध्यक्षमा गणेश भेटवाल विजयी भएका छन् । दुवै उपाध्यक्ष कटुवालको प्यानलका हुन् । 
यसअघि कटुवालकै प्यानलका रामप्रसाद न्यौपाने वस्तुगत तर्फको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भैसकेका छन् । उद्योगतर्फको  उपाध्यक्षमा न्यौपानेले २ सय ३० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी रबिन्द्र घिमिरेले एकसय ६७ मत पाएका पाएका छन् । यस्तै अर्का उम्मेदवार उज्वल शर्मा भण्डारीले ८० मत प्राप्त गरे । ५ सय १८ मत खसेको उद्योग तर्फको सदस्यमा प्रमोदसिँ रानाभाट (२९३ मत), रुपकराज दाहाल (२६७ मत), संन्त्तोष अर्याल (२५६ मत) र नरेन्द्र भण्डारी (२४७ मत) विजयी भए । 
यस्तै महिला आरक्षण तर्फको सदस्यमा प्रतिमा श्रेष्ठ २७८ मतसहित विजयी भइन् । उनको निकटतम प्रतिद्धन्द्वी रेणु ज्ञवालीले २०७ मत प्राप्त गरिन् । भण्डारी र श्रेष्ठ बाहेक उद्योगतर्फका विजयी सबै कटुवाल प्यानलका हुन् । 
उद्योग तर्फका सदस्यका उम्मेदवारहरु छतेन्द्र आचार्यले २१७, राजु नेपालले २१३, गंगा पौडेलले २०० र निप्पु सर्राफले १४७ मत प्राप्त गरेका थिए ।
यस्तै एसोसियटतर्फको उपाध्यक्षमा गणेशप्रसाद भेटवाल विजयी भएका छन् । भेटवालले उजवल चौलागाईलाई १० मत अन्तरले पराजित गरेका हुन् । एसोसियटतर्फ खसेको एकसय तीन मतमध्ये भेटवालले ५६ मत मत प्राप्त गर्दा चौलागाईंले ४६ मत प्राप्त गरेका थिए । 
एसोसियटतर्फको सदस्यमा विजयी भएका बिष्णु खनालले ६४, बिष्णुगोपाल महर्जनले ६२, राजाराम कार्कीले ५०, र दीपक उप्रेतीले ५८ मत प्राप्त गरेका थिए । यसोसियटतर्फका विजयी उम्मेदवारहरु कटुवाल प्यानलका हुन् । एसोसियटका पराजित उम्मेदवारहरु अरुणकुमार दाहालले ३१, उपेन्द सुवेदीले ४३, वविन लिगलले ४६ र यम शिलवालले ३८ मत प्राप्त गरेका थिए ।
बिहान ५ बजेसम्ममा वाणिज्यतर्फको ३ सय मत गणना हुँदा उपाध्यक्ष पदका उम्मेदवार कृष्णकुमार गुप्ता अग्रवालले १४० मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी दीपक शर्मा ढकालले ११० मत प्राप्त गरेका छन् । उपाध्यक्ष पदका अर्का उम्मेदवार कृष्णराम न्यौपानेले १३ मत प्राप्त गरेका छन् ।
बिहान ५ बजेसम्ममा अध्यक्ष पदको मत गणना भएको छैन । २ हजार ३२८ मतदाता रहेको मउवा संघको निर्वाचनमा १९९५ मत खसेको थियो ।
प्यानलको उपाध्यक्षसहित बहुमत सदस्यको विजयी भएसंगै अध्यक्षमा कटुवालकै जित हुने आंकलन सहित शुभेच्छुकहरुले मत गणनास्थलमा नाराबाजी गर्न सुरु गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार