Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडा–६को  श्रीकृष्ण आधारभूत विद्ययालको अभिभावक भेला सम्पन्न

412452588_182603689114842-1703255161.jpg

६ पुस,हेटौडा । हेटौडा–६ कुमलटारमा रहेको श्रीकृष्ण आधारभूत विद्यालयको १७ औं अभिभावक भेला शुक्रवार सम्पन्न भएको छ । हेटौडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यता एवम विद्यालय ब्यवस्थापन समिति अध्यक्ष प्रेम हुमागाईको सभाध्यक्षतामा भेला सम्पन्न भएको हो । भेलामा विद्यालयका अध्यक्ष हुमागाईले संस्थागत प्रतिवेदन र प्रधानाध्यापक मन्दिरा घिमिरेले विद्यालयको शैक्षिक तथा आर्थिक प्रतिवेदन पेश गरेकी थिइन्।
भेलामा विद्यालयको विभिन्न गतिविधीहरुमा सहयोग गर्ने संस्था तथा ब्यक्तिहरुलाई प्रशंसा पत्र सहित सम्मानित गरिएको थियो । विद्यालयले हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, विद्यालयका निवर्तमान अध्यक्ष विष्णु प्रसाद ढुङगाना, लायन्स क्लव अफ हेटौडा भूटनदेवी बजार निवर्तमान अध्यक्ष रेखा पाठक र कोषाध्यक्ष रमा तिवारी, हिमालयन होप फाउण्डेशन, ललितपुर,पत्रकार सहासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, सञ्चारकर्मी भीमसेन पौडेल,कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष उदय विडारी,समाजसेवी केशव धिताल, शिक्षिका रुपा गौतमलाई सम्मान गरेको थियो । 
कार्यक्रममा हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, वडा सदस्य विजय पौडेल, लेखराज ढकाल, विद्यालयका निवर्तमान अध्यक्ष विष्णु प्रसाद ढुङगाना, पूर्व अध्यक्ष जयराम घिमिरे, नेपाल पत्रकार महासंघ, बागतमी प्रदेश उपाध्यक्ष रुपेश दुलाल, नेकपा एमाले हेटौडा–६ का अध्यक्ष विश्वराज राई, नारायणी दुग्ध उत्पादक सहकारीका अध्यक्ष शिव सञ्जेल, कामधेनु सहकारीका अध्यक्ष उदय बिडारी, प्रज्वल शिक्षा सदनका प्रिन्सिपल गणेश कुमार श्रेष्ठ, अभिभावक, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । दलित, जनजाती विद्यार्थीहरुको बाहुल्यता रहेको यस विद्यालयमा कक्षा ५ सम्म २ सय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको शिक्षक दीपक कुमार थापाले बताए ।   


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789347407.jpg

२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

थप समाचार