Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

महत्वपूर्ण जानकारी

गर्भावस्थामा सेक्स गर्नु सुरक्षित छ त ?

Prignency-1515316050.jpg

Google Photo

गर्भावस्थामा अधिकांश महिला यौन जीवनबाट टाढा रहन रुचाउँछन्। यद्यपि नौ महिना नै सहबासबाट टाढा रहनु उचित होइन। केही कुरामा सतर्कता अपनाए गर्भावस्थामा पनि यौन सुख प्राप्त गर्न सकिन्छ।  गर्भावस्थामा सेक्स ग्राफ गर्भधारण भएपछि महिलाहरूमा संभोगप्रति त्यति रुचि हुँदैन। यद्यपि केही महिलालाई भने तीव्र इच्छा हुनसक्छ। विशेष गरी सुरुको समयमा मर्निङ सिक्वेस, थकान, वाकवाकी तथा पिसाब लागिरहने समस्याका कारण गर्भवती महिलामा संभोगप्रतिको इच्छामा कमी आउँछ। सेकेन्ड ट्राइमेस्टर अर्थात् दोस्रो तीन महिनामा बढ्छ। अन्तिम तीन महिनामा यौन इच्छामा पुनः परविर्तन आउँछ, परन्तु त्यतिबेला भने यसबाट टाढा रहनुपर्छ। 

फास्ट ट्राइमेस्टर : पहिलो तीन महिना गर्भपातको खतरा सबैभन्दा बढी हुन्छ। अतः यो समयमा सहवास गर्नुहुँदैन। यो समयमा गर्भवती महिलाका साथै भ्रुणमा पनि इन्फेक्सन हुने खतरा रहन्छ। 

सेकेन्ड ट्राइमेस्टर : यदि प्रेग्नेन्सी नर्मल छ र कुनै प्रकारको समस्या छैन भने सेकेन्ड ट्राइमेस्टर अर्थात् दोस्रो तीन महिनाबीच यौन जीवनको आनन्द लिन सकिन्छ। भेजाइनामा लचकता, ब्लिडिङ, पीडा आदि समस्या भए परहेज गर्नुपर्छ। गर्भावस्थामा संयम अपनाउँदै यौन जीवनको आनन्द उठाउनुपर्छ।

थर्ड ट्राइमेस्टर : गर्भावस्थाको अन्तिम तीन महिनामा सहवासबाट जोगिनुपर्छ। लास्ट ट्राइमेस्टरमा संभोग गर्नाले कहिलेकाहीँ एमिनोटिक फ्लुइड (बेबीको चारैतिर हुने तरल पदार्थ० लिकेज एवं रक्तस्राव हुने सम्भावना हुन्छ, अतः यस्तो अवस्थामा संभोग गर्नुहुँदैन।

सुरक्षित पोजिसन 

प्रेग्नेन्सीको समयमा सीधा सुतेर वा मेन अनटप पोजिसनभन्दा साइड पोजिसन, स्पुन स्टाइलमा संभोग गर्नु उचित हुन्छ। यसबाट युट्रस अर्थात् गर्भमा धेरै दबाब पर्दैन ।

बुमेन अनटप पोजिसन पनि उपयुक्त हुन्छ । यसबाट गर्भाशयमा दबाब पर्दैन। सिटिङ पोजिसन पनि सुरक्षित मानिन्छ। 

सावधानीका कुरा 
- सेकेन्ड ट्रामेस्टरसम्म आइपुग्दा भ्रुणको आकार बढ्छ। अतः संभोग गर्दा कण्डम प्रयोग गर्नुपर्छ। यसबाट इन्फेक्सनको खतरा कम हुन्छ। 
- प्रेग्नेन्सीको समयमा कुनै पनि प्रकारको लुब्रिकेन्टको प्रयोगबाट बच्नुपर्छ। 
- यस बखत पेटमा भरसक कम दबाब परोस् भन्ने कुरामा सतर्क हुनुपर्छ। यो मामिलामा पुरुष पक्षले बढी सावधानी अपनाउनुपर्छ। 
- प्रेग्नेन्सीका बेला ओरल सेक्सबाट बच्नुपर्छ। यो प्रक्रियामा पार्टनरको मुखबाट हावा भर्जाइनासम्म पुग्ने सम्भावना रहन्छ, जसका कारण युट्रसको मुख ब्लक हुने सम्भावना हुन्छ र शिशुको श्वास(प्रश्वास प्रक्रियामा कठिनाइ उत्पन्न हुनसक्छ। 
- कुनै प्रकारको कम्प्लेक्सन जस्तै फर्टिलिटी ट्रिटमेन्ट वा ३५ वर्षभन्दा माथिको उमेरमा गर्भवती भएको स्थितिमा आवश्यक परामर्श पछि मात्र सहवासमा संलग्न हुनु राम्रो हुन्छ। 
- वाइल्ड तथा हिंस्रक संभोगबाट बच्नुपर्छ, यसबाट गर्भवती महिलामाथि खतराको सम्भावना रहन्छ। 
- सर्विक्स कमजोर भएको स्थितिमा समयपूर्व प्रसवको आकांक्षा, पीडा, योनिबाट अकारण ब्लिडिङ भए वा एकभन्दा अधिक भ्रुण भए संभोगमा संलग्न हुनुहुँदैन। संभोगपछि पेल्भिक एरयिाको सरसफाइमा ध्यान पुर्याउनुपर्छ।

डेलीभरिपछि
- एपिसियोटोमी (डेलीभरकिा बखत लगाएको चिरा० सुकेपछि मात्र सहवास गर्नु उचित हुन्छ । 
- सिजेरयिन डेलीभरी भएको स्थितिमा चिकित्सकीय परामर्शबिना संभोग गर्नुहुँदैन ।
- गर्भावस्था वा योनिको इन्फेक्सनको सम्भावना नदेखिएपछि मात्र संभोग गर्नु उपयुक्त हुन्छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कतारका अमिर अल थानी भ्रमणका लागि नेपाल आइपुगे
Screenshot_20240423_16251-1713869235.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनी पौने ४...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
oli-dahal-27102023103629-1713867562.jpg

११ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ...

बारामा प्रहरीका सईले बोकेको पेस्तोल हरायो
1713863514864-1713863524.jpg

११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ।  ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...

कामधेनुको वार्षिकोत्सवमा जेष्ठ सेयर सदस्यलाई लौरो प्रदान
FB_IMG_1713854808841-1713854932.jpg

११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २६ औ...

मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

बागमतीको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1713834059.jpg

११ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडि भु-भागमा आंशिक...

थप समाचार