Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

नवजीवन ज्योति क्लवद्वारा सरसफाई एवं घर नम्बर टाँस कार्यक्रम

IMG-f58516ab7598c9c7bce4f-1706333883.jpg

१३ माघ, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लबको आयोजनामा शनिबार सरसफाई एवं घर नम्बर टाँस कार्यक्रम सम्पन्न भएको छ । क्लबको आयोजनामा चौघडा बजार र रक्षादेवी टोल क्षेत्रमा सरसफाई कार्यक्रम भएको हो ।
क्लबको नमूना टोल निर्माण अभियान अन्तरगत भएको कार्यक्रममा रक्षादेवी टोलका ८७ घरमा घर नम्बर टाँस्ने कामको समेत शुभारम्भ गरिएको छ । 
सरसफाई एवं घर नम्बर टाँस्ने अभियान कार्यक्रममा हेटौंडा-६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, पूर्व वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईं, वडा सदस्यहरू लेखराज ढकाल, सरिता सापकोटा, मुना विश्वकर्मा, क्लबका सल्लाहकार श्यामप्रसाद श्रेष्ठ, अध्यक्ष राजकुमार बास्तोला, रक्षादेवी टोल विकास संस्थाका अध्यक्ष रमेश बानियाँ, शान्तिटोल टोल विकास संस्थाका अध्यक्ष केशव धिताल, क्लबका पूर्व एवं वर्तमान कार्यसमिति, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय समाजसेवी, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।
रक्षादेवी टोललाई नमूना टोल घोषणा गर्नका लागि चरणबद्ध कार्यक्रम गर्दै आएको बताउँदै क्लबका अध्यक्ष बास्तोलाले समुदायमा सचेतना, सरसफाई, उद्यमशिलता विकास, हरियाली प्रवर्द्धन एवं सौन्दर्यकरण लगायतका काम भइरहेको जानकारी दिए ।

IMG-add35c932beb37515f8e9-1706333884.jpg
IMG-33f0278da2e89acce8910-1706333884.jpg
IMG-94bc60eefe8317a78bc86-1706333884.jpg
IMG-9dbe441ac1b759bb2957d-1706333884.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार