२५ पुस, हेटौँडा । नारायणी यातायात व्यवसायी संघ हेटौँडाको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका गोर्कण पराजुलीले आफ्नो घोषणा पत्र व्यवसायीमाझ पुर्याएका छन् ।
हेटौँडामा बुधबारबाट शुरु हुन लागेको ३१ औं बार्षिक साधारणसभा एवं १५ औं अधिवेशनमा प्यानलसहित अध्यक्षमा उम्मेदवारी घोषणा गरेका पराजुलीले आफुले गर्ने कामहरुको घोषणा पत्र व्यवसायीमाझ पुर्याएका छन् ।
११ बुँदे घोषणा पत्रमा के के छन् त पराजुलीका प्रतिवद्धता ? पढ्नुस् ।
१. नारायणी संघ वास्तव मै यातायात व्यवसायीको अभिभावक हो भन्ने धारणा स्थापित गरिनेछ । कसैले पनि यो पेशाबाट विस्तापित हुनु नपरोस् भन्नका लागि लगानीको उचित प्रतिफल आउने वातावरण बनाइनेछ । पुराना सवारी विस्थापित गर्ने व्यवसायीको मात्र नयाँ गाडी दर्ता गरिनेछ । विस्थापित हुने सवारी धनीलाई विशेष सुविधा र राहतका प्याकेज लागू गरिनेछ ।
२. दुर्घटना हुँदा व्यवसायीले ऋण गरेर गाडी बनाउने, घाइते र मृतकलाई क्षतिपूर्ति दिनु पर्ने अहिलेको अन्यायपूर्ण अवस्थाको अन्त्य गरिनेछ । सवारी मर्मतमा पेश्की, बिमामा आवश्यक सहजिकरण र घाइते वा मृत्यू हुँदा लाग्ने सबै खर्च संघले नै व्यहोर्ने व्यवस्था मिलाइनेछ । अहिलेले दिँदै आएको धन दायित्वतर्फको सुविधालाई प्रत्येक वर्ष बृद्धि गर्दै लग्ने र दररेट समेत समय सापेक्ष बृद्धि गरिनेछ।
३. यात्रुबाहक सेक्टरलाई नमूनाको रुपमा लिई पहिलो चरणमा यात्रुबाहक सवारीको कर, परमिट, बिमा लगायत् सबै कागजात संघबाटै तयार गरिदिने र दुर्घटनाको अवस्थामा संघले नै सवारी मर्मत गरिदिने गरी आवश्यक व्यवस्थापन गरिनेछ । र यो कार्यक्रमलाई ३ वर्षभित्र सबै सवारीमा लागू गरी दुर्घटना हुँदा सवारीधनीलाई हुने आर्थिक र मानसिक तनावबाट मुक्त पारिनेछ ।
४. तौलपुलमा भइरहेको अपारदर्शितालाई हटाउन, आम व्यवसायीको प्रतिनिधित्व राख्ने, र सूचना, सञ्चारको माध्यम समय अनुकूल व्यवस्था गरी ढुवानी तथा ओभरलोडलाई निरुत्साहित गरिनेछ । लामो गाडीहरुको तौल गर्न मिल्ने गरी तौलपुलको पुनः संरचना गरिनेछ ।
५. दुर्घटनाको न्यूनिकरणका लाागि नियमित रुपमा दुर्घटना न्यूनिकरणका लागि कार्यक्रम सञ्चालन गरिनेछ ।
६. यात्रुबाहक क्षेत्रमा नयाँ–नयाँ रुट बृद्धि गरी देशव्यापी रुपमा यात्रुबाहक सेवा सञ्चालन गरिनेछ ।
७. संघको मुख्य कार्यालय एवं शाखाहरुलाई सुचना प्रविधिमा चुस्त दुरुस्त बनाउने, र व्यवासयीको संख्या र दुर्घटनाको जोखिमका
आधारमा नयाँ शाखा तथा सम्पर्क कार्यालयहरु खोलिनेछ । यसका लागि तत्काल धादिङ र कोशी पूर्व १, १ जना आरक्षण कोटासहित कार्यालय स्थापना गरिनेछ । साथै क्षेत्रीय कार्यालय र शाखा कार्यालयहरुको अधिकार बृद्धि गरी सम्बिन्धत क्षेत्रका व्यवसायीले सोही शाखाबाटै सबै सुविधाहरु पाउने वातावरण बनाइनेछ ।
८. आर्थिक पारदर्शितालाई अत्यन्तै प्राथमिकता दिइनेछ । अनावश्यक खर्च कटौती गरिनेछ । अतिरिक्त भत्ता, सुविधा, इन्धन लगायत्का अनावश्यक लाभ र विकृतिमा हाम्रो टीम कदापि लाग्ने छैन । कार्यसमितिबाट भए गरेका आर्थिक खर्च र निर्णयहरु व्यवसायीले चाहे अनुरुप हेर्न सक्ने व्यवस्था मिलाइनेछ । आन्तरिक लेखापरीक्षक राखिनेछ र व्यवसायी माझबाट प्रभावकारी लेखा समितिको व्यवस्था गरिनेछ ।
९. दुर्घटनाको केश किनारालाई उच्च प्राथमिकतामा राखिनेछ । शाखा र क्षेत्रमा १, १ वटा र मुख्य कार्यालयमा २ वटा टोलीलाई आकस्मिक रुपमा तत्काल परिचालन हुन सक्ने गरी आवश्यक श्रोत साधनसहित कार्यसमिति, उपसमिति, व्यवसायी र कर्मचारीको संयन्त्र निर्माण गरिनेछ । केशको जटिलताका आधारमा कार्यसमितिका प्रत्येक पदाधिकारी, सदस्यहरुलाई दुर्घटना केशमा अनिवार्य प्रतिनिधित्व गर्ने गरी जिम्मेवार बनाइनेछ ।
१०. मुख्य कार्यालयको भवन स्थानान्तरण गरी थानाभ¥याङ्मा सुविधा सम्पन्न भवन बनाइने छ । त्यहीँबाट धनदायित्व मूल्याङ्कनको काम विहान ६ बजेदेखि साँझ ६ बजेसम्म गर्ने व्यवस्था मिलाइनेछ ।
११. विदेशी मालबाहक सवारीहरुको निर्वाध नेपाल प्रवेशमा निषेध गर्न नेपाल सरकारसँग समन्वय र प्रभावकारी पहल गरिनेछ ।
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...











-nepal-1792111426.jpg)






