२६ पुस, हेटौँडा । दिव्यतारा बहुउद्देश्यीय सहकारीले विभिन्न पदमा विजयी भएका शेयर सदस्यलाई स्वागत एवम् सम्मान गरेको छ ।
बुधबार हेटौंडामा एक कार्यक्रमको आयोजना गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका सहकारीका संस्थापक शेयर सदस्य इन्द्रबहादुर बानियाँ, हेटौंडा क्याम्पसको उपाध्यक्ष पदमा चयन भएका सहकारीका बोर्ड सदस्य आनन्दराम पराजुलीसहित मउवा संघको अध्यक्ष पदमा विजयी भएका कृष्ण कटुवाल, एशोसियट तर्फको उपाध्यक्षमा विजयी भएका सहकारीका सचिव गणेश भेटवालसहितलाई सम्मान र स्वागत गरेको हो । यस्तै मउवा संघको विभिन्न पदमा विजयी सहकारीका शेयर सदस्यलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँ, सहकारीका अध्यक्ष महालक्ष्मी उपाध्यायलगायतले खादा, टीका र माला लगाएर स्वागत एवम् सम्मान गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि बानियाँले विजयी सबैलाई बधाई दिँदै पार्टीले आफूलाई विपक्षी दलको नेता बनाउने विश्वास व्यक्त गरे । मुलुक अब नयाँ ढंगले अघि बढेको बताउँदै उनले अब स्थायी सरकार निर्माण हुने बताए । यस्तै सहकारीका अध्यक्ष डीनाले सहकारीमा आबद्ध रहेका शेयर सदस्यहरु विभिन्न व्यवसायिक संस्थासंगै राजनीतिमा समेत अब्बल रहेको दावी गरिन् । उनले सहकारीलाई कृषि, पर्यटनलगायतको क्षेत्रमा समेत विस्तार गर्न लागेको जानकारी दिइन् ।
डीनाले वृहत्तर रुपमा सहकारीलाई गाउँगाउँमा लैजाने बताउँदै उनले विभिन्न देशमा रहेका सहकारीसंग समेत समन्वयको लागि छलफल भैरहेको बताइन् । कार्यक्रममा हेटौंडा क्याम्पसका उपाध्यक्ष आनन्दराम पराजुली, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, सहकारीका उपाध्यक्ष डा. गणेश बल लामालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...







-1788745767.jpg)



-1788140988.jpg)






