Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

सुमार्गीले सोधे – विदेशी लगानी ल्याउनु पाप हो ?

ArunRaj-Sumaargi-1515912980.jpg

३० पुस, हेटौँडा । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गीले बैदेशिक लगानी भित्र्याउँदै नेपालमा दुःख दिने काम भएको बताएका छन् ।

बीरगंज उद्योग बाणिज्य संघको ४२ औं बार्षिक साधारणसभामा बोल्दै केन्द्रीय सदस्य सुमार्गीले पछिल्लो समय आफुमाथि एक संचारमाध्यम निरन्तर पछि लागेको भन्दै विदेशी लगानी भित्र्याएकै कारण दुःख दिने काम हुन नहुने बताए । उनले नेपालमा उद्योग गर्नका लागि बैदेशिक लगानी भित्र्याउँदा पाप गरेको ठान्ने हो भने बैदेशिक लगानी फिर्ता गर्ने वातावरण पनि तयार गर्नुपर्नेमा जोड दिए । उनले आफ्नो व्यवसायिक समूहले बैदेशिक लगानी भित्र्याएर गल्ति गरेको भए सजाय भोग्न तयार रहेको बताउँदै नभए यसबारे अर्थमन्त्रालयले बोल्नुपर्नेमा जोड दिए । राष्ट्रिय पूँजीको अभावमा विकास सम्भवन नरहेको भन्दै यसका लागि अत्यावश्यक रहेको उनको भनाई थियो ।

कार्यक्रममा सहभागी अर्थराज्यमन्त्री उदयसम्शेर राणाले देशको आर्थिक विकासका लागि लगानी मैत्री वातावरण बनाउन सरकार तयार रहेको बताए । अर्थराज्यमन्त्री राणाले अब राजनैतिक संक्रमणकाल सकिएको बताउँदै अबको समय आर्थिक समृद्धिमा खर्चनुपर्नेमा जोड दिए । बैदेशिक लगानी भित्र्याउने वातावरण तयार गर्न सरकारले काम गरिरहेको बताउँदै उनले नेपाली कांग्रेसले आर्थिक गतिविधिलाई प्राथमिकता दिने बताए । उहाँले देशको अर्थतन्त्रलाई सहयोग गर्न नेपाली कांग्रेसको भूमिका रहनेमा जोड दिए ।

कार्यक्रममा बीरगंज महानगरपालिकाका प्रमुख विजय सरावगी, उपप्रमुख शान्ति कार्की, संघका पूर्व अध्यक्ष अशोक बैद्य, प्रदिप केडिया लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार