११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न विद्याका ९ जना स्रष्टाहरुलाई सम्मान गर्ने भएको छ । स्रष्टालाई सम्मानका बिषयमा आँचलले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
आँचलकी अध्यक्ष भावना सापकोटाले आगामी शनिबार हुने वृहत् साहित्यिक तथा साँस्कृतिक कार्यक्रममा विभिन्न विद्याका ९ जना स्रष्टालाई सम्मान गर्न लागेको जानकारी दिइन् । अध्यक्ष सापकोटाले हरिवंश भेटवाल र बिजुला भेटवालले स्थापना गरेको १० हजार नगद राशिको बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान २०८० बाट रौतहट जिल्लाकी रेणुका जीसीलाई सम्मान गर्न लागेको जानकारी गराइन् ।
यस्तै प्रतिभा धिताल छन्द सम्मान २०८० बाट नुवाकोटकी सुमित्रा सुमीलाई सम्मान गरिने भएको छ । मुना अर्यालद्वारा स्थापना गरिएको यो सम्मान वापत सुमीलाई १० हजार नगद राशि र सम्मानपत्रबाट सम्मान गरिनेछ । ईश्वर लम्साल स्मृति पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी सरिता दहाललाई सम्मान गरिने भएको छ । अप्सरा तिमल्सिना लम्साल र प्रकाश लम्सालले स्थापना गर्नुभएको इश्वर लम्साल स्मृति सम्मानको राशि ७ हजार ५ सय रुपैयाँ रहेको छ ।
यसैगरी रुकु कार्कीले स्थापना गरेको ११ हजार १११ नगद राशिको टीकादत्त मायादेवी कुलकुमारी सम्मान २०८० बाट यसवर्ष काठमाडौं महानगरपालिकाकी प्रभा बराललाई सम्मान गरिने भएको छ । गंगाधर तिमल्सिना र यशोधरा तिमल्सिनाले स्थापना गरेको १५ हजार एक रुयैयाँको अप्सरा तिमल्सिना स्मृति साहित्य सम्मान २०८० बाट काठमाडौं महानगरपालिकाका नेत्र एटमलाई सम्मान गरिने भएको छ ।
मंगलादेवी श्रेष्ठ स्मृति बाल प्रतिभा साहित्य सम्मान २०८० बाट मकवानपुरकी प्रसिद्धि लामिछानेलाई सम्मान गरिने भएको छ । देवप्रसाद श्रेष्ठले स्थापना गर्नुभएको मंगलादेवी साहित्य सम्मानबाट लामिछानेलाई ३ हजार ५ सय रुपैयाँ नगद राशि र सम्मानपत्रसहित सम्मान गरिने जनाइएको छ । यस्तै, मुक्तितारा नवप्रतिभा सम्मानबाट स्वस्तिका बानियाँलाई सम्मान गरिनेछ । मुक्तिगोविन्द वैद्य र तारादेवी वैद्यले स्थापना गर्नुभएको सम्मानबाट बानियाँलाई ५ हजार रुपैयाँ नगद राशि र सम्मानपत्र प्रदान गरिनेछ ।
सुन्तलीमाया श्रेष्ठ युवा प्रतिभा सम्मान २०८० बाट मकवानपुरका साहित्यकार दीपक गौतमलाई सम्मान गरिनेछ । चन्द्रकिरण श्रेष्ठ र मेनुका श्रेष्ठले स्थापना गर्नुभएको सुन्तलीमाया स्मृति सम्मानबाट साहित्यकार गौतमलाई १० हजार रुपैयाँ नगर राशि र सम्मापत्र प्रदान गरिनेछ । यस्तै, आँचल साहित्य कला पुञ्जले स्थापना गरेको आँचल साहित्य सम्मान २०८० बाट हरिवंश भेटवाललाई सम्मान गरिनेछ । हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा हुने कार्यक्रममा स्रष्टा सम्मानसँगै बहस, एकल गायन प्रतियोगिता र रचन वाचन पनि हुने अध्यक्ष सापकोटाले जानकारी दिइन् ।
२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...
२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...
२४ असार, हेटौंडा । विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा...
२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...
२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...
२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...
२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...
२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...
२३ असार, हेटौंडा । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान तत्काल...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१९ असार, हेटौंडा । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...













-1782436668.jpg)




