११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न विद्याका ९ जना स्रष्टाहरुलाई सम्मान गर्ने भएको छ । स्रष्टालाई सम्मानका बिषयमा आँचलले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
आँचलकी अध्यक्ष भावना सापकोटाले आगामी शनिबार हुने वृहत् साहित्यिक तथा साँस्कृतिक कार्यक्रममा विभिन्न विद्याका ९ जना स्रष्टालाई सम्मान गर्न लागेको जानकारी दिइन् । अध्यक्ष सापकोटाले हरिवंश भेटवाल र बिजुला भेटवालले स्थापना गरेको १० हजार नगद राशिको बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान २०८० बाट रौतहट जिल्लाकी रेणुका जीसीलाई सम्मान गर्न लागेको जानकारी गराइन् ।
यस्तै प्रतिभा धिताल छन्द सम्मान २०८० बाट नुवाकोटकी सुमित्रा सुमीलाई सम्मान गरिने भएको छ । मुना अर्यालद्वारा स्थापना गरिएको यो सम्मान वापत सुमीलाई १० हजार नगद राशि र सम्मानपत्रबाट सम्मान गरिनेछ । ईश्वर लम्साल स्मृति पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी सरिता दहाललाई सम्मान गरिने भएको छ । अप्सरा तिमल्सिना लम्साल र प्रकाश लम्सालले स्थापना गर्नुभएको इश्वर लम्साल स्मृति सम्मानको राशि ७ हजार ५ सय रुपैयाँ रहेको छ ।
यसैगरी रुकु कार्कीले स्थापना गरेको ११ हजार १११ नगद राशिको टीकादत्त मायादेवी कुलकुमारी सम्मान २०८० बाट यसवर्ष काठमाडौं महानगरपालिकाकी प्रभा बराललाई सम्मान गरिने भएको छ । गंगाधर तिमल्सिना र यशोधरा तिमल्सिनाले स्थापना गरेको १५ हजार एक रुयैयाँको अप्सरा तिमल्सिना स्मृति साहित्य सम्मान २०८० बाट काठमाडौं महानगरपालिकाका नेत्र एटमलाई सम्मान गरिने भएको छ ।
मंगलादेवी श्रेष्ठ स्मृति बाल प्रतिभा साहित्य सम्मान २०८० बाट मकवानपुरकी प्रसिद्धि लामिछानेलाई सम्मान गरिने भएको छ । देवप्रसाद श्रेष्ठले स्थापना गर्नुभएको मंगलादेवी साहित्य सम्मानबाट लामिछानेलाई ३ हजार ५ सय रुपैयाँ नगद राशि र सम्मानपत्रसहित सम्मान गरिने जनाइएको छ । यस्तै, मुक्तितारा नवप्रतिभा सम्मानबाट स्वस्तिका बानियाँलाई सम्मान गरिनेछ । मुक्तिगोविन्द वैद्य र तारादेवी वैद्यले स्थापना गर्नुभएको सम्मानबाट बानियाँलाई ५ हजार रुपैयाँ नगद राशि र सम्मानपत्र प्रदान गरिनेछ ।
सुन्तलीमाया श्रेष्ठ युवा प्रतिभा सम्मान २०८० बाट मकवानपुरका साहित्यकार दीपक गौतमलाई सम्मान गरिनेछ । चन्द्रकिरण श्रेष्ठ र मेनुका श्रेष्ठले स्थापना गर्नुभएको सुन्तलीमाया स्मृति सम्मानबाट साहित्यकार गौतमलाई १० हजार रुपैयाँ नगर राशि र सम्मापत्र प्रदान गरिनेछ । यस्तै, आँचल साहित्य कला पुञ्जले स्थापना गरेको आँचल साहित्य सम्मान २०८० बाट हरिवंश भेटवाललाई सम्मान गरिनेछ । हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा हुने कार्यक्रममा स्रष्टा सम्मानसँगै बहस, एकल गायन प्रतियोगिता र रचन वाचन पनि हुने अध्यक्ष सापकोटाले जानकारी दिइन् ।
६ जेठ, हेटौंडा । कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । जिल्ला प्रहरी...
६ जेठ, हेटौंडा । अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाएका छन्। मंगलबार अपरान्ह बैठक बस्ने...
६ जेठ, हेटौंडा। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका १ मार्खुमा भारी वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञानले...
६ जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले मौसम बदली भएको छ । हालको वदलीमा बंगालको खाडी र...
६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक ११ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा...
६ जेठ, हेटौंडा । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई...
६ जेठ, हेटौंडा । साउदी अरेबियाको मक्का र मदीना हज गर्न जान लागेका नेपाली हजयात्रीहरूलाई त्रिभुवन...
५ जेठ,हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा अध्यक्षसँग किशोरकिशोरी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको...
५ जेठ,हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका-५ डिल्लीपुरबाट विगत केही दिनदेखि हराइरहेका एक युवक मृत अवस्थामा...
२७ बैशाख,हेटौंडा । हेटौंडा ८ मा सुमोको ठक्कर दिदाँ एक जना पैदलयात्री गम्भीर घाइते भएका छन्। शनिबार बिहान...
२५ बैशाख,हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौँडामा नेपाली नक्कली नोट सहित एक जना पक्राउ परेका छन्।मकवानपुर...
२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १६ र १७ को सिमाना फाट्मा शुक्रबारबाट जमीन भासिएर...
३ बैशाख, हेटौंडा । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवस मनाएको छ। दिवसको अवसरमा...
२५ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडा ८ कमानेमा मोटरसाइकलको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन भने ठक्कर दिएर...
३१ बैशाख, हेटौंडा । सोलुखुम्बु केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । बुधबार साँझ ६ बजेर ११ मिनेट जाँदा...
५ जेठ,हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका-५ डिल्लीपुरबाट विगत केही दिनदेखि हराइरहेका एक युवक मृत अवस्थामा...
१ जेठ, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले कक्षा ८ सम्म आफ्नो स्थानीय पाठ्यपुस्तक "हाम्रो कैलाश" ...
२७ बैशाख, हेटौंडा। सामूदायिक वन उपभोक्ता महासंघ नेपाल(फेकोफन) मकवानपुरको प्रथम जिल्ला परिषद् सम्पन्न भएको...