६ माघ, हेटौँडा । ३ नम्बर प्रदेश प्रमुख अनुराधा कोइराला आज शनिबार प्रदेशको अस्थायी मुकाम हेटौंडा आउने भएकी छिन् । पदभार ग्रहण एवम् ३ नम्बर प्रदेशको प्रदेशसभा सदस्यहलाई सपथ ग्रहण गराउन कोइराला हेटौंडा आउन लागेकी हुन् ।
प्रदेश प्रमुख कोइराला अपरान्ह ४ बजे हेटौँडा आइपुग्ने बताइएको छ । आजनै कोइरालाले पदभार ग्रहण गर्ने र आईतबार प्रदेशसभा सदस्यहरुलाई सपथ खुवाउने कार्यतालिका रहेको छ ।
अहिले क्षेत्रीय प्रशासन कार्यालय रहेको स्थानमा प्रदेश प्रमुखले पदभार ग्रहण गर्ने प्रदेश मन्त्री परिषद्को कार्यालयका प्रमुख सचिव तथा हालका क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डेले जानकारी दिए । यस्तै जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य मन्त्रीको कार्यालय रहने भएको छ ।
यस्तै अहिले क्षेत्रीय शिक्षा निर्देशनालय रहेको भवनमा प्रदेशसभा सदस्यहरुलाई सपथ ग्रहण गराउने कार्यक्रम रहेको पाण्डेले जानकारी दिए । उनका अनुसार प्रदेशको सभामुख र उपसभामुखको कार्यालय डिभिजन सडक कार्यालयको कम्प्लेक्समा बस्नेछ ।
३ नम्बर प्रदेशमा निर्वाचित तथा मनोनित गरी एकसय १० जना प्रदेशसभा सदस्य रहेका छन् । हेटौंडालाई ३ नम्बर प्रदेशको अस्थायी मुकाम तोकिएसंगै मुकामको लागि आवश्यक पूर्वाधारको तयारी अघि बढाइएको छ ।
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...
१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...
१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन्...
१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...
१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
४ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन...

















-1779500375.jpg)
