Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ

Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका–४ घर भई ललितपुर महानगरपालिका-१५ खुमलटार बस्ने ३७ वर्षीय कमल थापा मगर र ३५ वर्षीय धनलाल थापा मगरको संलग्ना पुष्टि भएको थियो । कार्यालयको टोलीले कमललाई जेठ ३ गते रामेछापको दोरम्बा गाउँपालिका–४ र धनलाललाई भैँसेपाटीबाट चोरीका सामानसहित पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
त्यस्तै, गरगहना खरिद गर्ने सिन्धुपाल्चोक घर भई हाल काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–११ कपन बस्ने २८ वर्षीय सुवास सुनार र कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानीमा सुनचाँदी पसल सञ्चालन गर्ने ४१ वर्षीय रमेश विक, चोरी गरेको आईफोन किनबेच गर्ने ताम्राकार कम्प्लेक्सस्थित सेल फोन रेस्क्यू सेन्टरका सञ्चालक ४१ वर्षीय योगेश डाँगी र २२ वर्षीय मोहम्मद समीर पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।
वैशाख ७ गतेदेखि ९ गतेको बिचमा नवराज गुरुङको घरमा कोही नभएको समयमा सुनचाँदीका गरगहनाहरू तथा आईफोन लगायतका सामान चोरी भएको थियो । 
प्रहरीले सुनको सिक्रि १ थान, रातो रङ्गको क्रिष्टलजडित सुन १ थान, बिभिन्न रंगका क्रिष्टलजडित सुनको रानीहार २ थान, बिभिन्न रङ्गका क्रिष्टल जडित सुनको चोक्कर ५ थान, बिभिन्न रङ्गका क्रिष्टल जडित सुनको पेण्डल ४ थान, बिभिन्न रङ्गका क्रिष्टल जडित सुनको चन्द्रहार ४ थान, रातो रङ्गको पोते जडित सुनको लकेट १ थान, रातो रङ्गको पोते जडित सुनको पाँचगेडि १ थान, रातो क्रिष्टल जडित सुनको चन्द्रमा १ थान, सुनको सानो ठूलो तिल्हरी ३ थान, सुनको चन्द्रमा २ थान, सुनको झुम्का २ थान, सुनको सानो झुम्का २ थान, सुनको टप २ थान, सुनको पत्थर जडित नथ्थि थान-२, चाँदीको पातलो पत्ता ३ थान, बिभिन्न दरका नेपाली नोटहरु गरी २४ हजार ४२० र रेडमी १२स्क्रिन टच मोबाईल १ थान बरामद गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्वार्टरफाइनलमा यी टोलीबीच हुनेछ भिडन्त
Screenshot_20260708_07321-1783475239.jpg

२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...

स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
cc8igevc_colombia_625x300-1783474660.jpg

२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...

अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश
Screenshot_20260708_07182-1783474412.jpg

२४ असार, हेटौंडा । विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा...

मध्यमसम्म वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1783473994.jpg

२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...

भुटानी शरणार्थी प्रकरणमा खाँड मतियार, रायमाझी कसुरदार
Topbahadur-rayamajhi-balk-1783437281.jpg

२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा खत्री नियुक्त
debendra-khatri-1783416394.jpg

२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...

मार्टिनेजद्वारा पदबाट बाहिरिने घोषणा
roberto-martinez_16ewxr4t-1783388554.jpg

२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...

टेरामक्स प्रकरणमा मोहन बस्नेतले पाए सफाई
mohan-basnet-51669106679-1783387973.jpg

२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...

सुमार्गीमाथि अनुसन्धान तत्काल अघि नबढाउन अन्तरिम आदेश
ajaya-raj-sumargi-1024x68-1783387678.jpg

२३ असार, हेटौंडा । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान तत्काल...

थप समाचार