५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका–४ घर भई ललितपुर महानगरपालिका-१५ खुमलटार बस्ने ३७ वर्षीय कमल थापा मगर र ३५ वर्षीय धनलाल थापा मगरको संलग्ना पुष्टि भएको थियो । कार्यालयको टोलीले कमललाई जेठ ३ गते रामेछापको दोरम्बा गाउँपालिका–४ र धनलाललाई भैँसेपाटीबाट चोरीका सामानसहित पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
त्यस्तै, गरगहना खरिद गर्ने सिन्धुपाल्चोक घर भई हाल काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–११ कपन बस्ने २८ वर्षीय सुवास सुनार र कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानीमा सुनचाँदी पसल सञ्चालन गर्ने ४१ वर्षीय रमेश विक, चोरी गरेको आईफोन किनबेच गर्ने ताम्राकार कम्प्लेक्सस्थित सेल फोन रेस्क्यू सेन्टरका सञ्चालक ४१ वर्षीय योगेश डाँगी र २२ वर्षीय मोहम्मद समीर पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।
वैशाख ७ गतेदेखि ९ गतेको बिचमा नवराज गुरुङको घरमा कोही नभएको समयमा सुनचाँदीका गरगहनाहरू तथा आईफोन लगायतका सामान चोरी भएको थियो ।
प्रहरीले सुनको सिक्रि १ थान, रातो रङ्गको क्रिष्टलजडित सुन १ थान, बिभिन्न रंगका क्रिष्टलजडित सुनको रानीहार २ थान, बिभिन्न रङ्गका क्रिष्टल जडित सुनको चोक्कर ५ थान, बिभिन्न रङ्गका क्रिष्टल जडित सुनको पेण्डल ४ थान, बिभिन्न रङ्गका क्रिष्टल जडित सुनको चन्द्रहार ४ थान, रातो रङ्गको पोते जडित सुनको लकेट १ थान, रातो रङ्गको पोते जडित सुनको पाँचगेडि १ थान, रातो क्रिष्टल जडित सुनको चन्द्रमा १ थान, सुनको सानो ठूलो तिल्हरी ३ थान, सुनको चन्द्रमा २ थान, सुनको झुम्का २ थान, सुनको सानो झुम्का २ थान, सुनको टप २ थान, सुनको पत्थर जडित नथ्थि थान-२, चाँदीको पातलो पत्ता ३ थान, बिभिन्न दरका नेपाली नोटहरु गरी २४ हजार ४२० र रेडमी १२स्क्रिन टच मोबाईल १ थान बरामद गरेको छ ।
२८ माघ, हेटौंडा। मकवानपुरमा भिमफेदीमा ग्याँस बोकेको बुलेट ट्याङ्कर पल्टिएको छ । आइतबार राति त्रिभुवन राजपथ...
२८ माघ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ३४औँ स्थापना दिवस मनाउँदैछ । दिवसको अवसरमा आज...
२८ माघ, हेटौंडा । नियमित गस्तीमा रहेका प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ...
२८ माघ, हेटौंडा । नेपाल समाजवादी पार्टी (नेसपा नयाँ शक्ति) ले महाधिवेशन आयोजक समिति विघटन गरी पाँच जनाको अध्यक्ष...
२८ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी...
२७ माघ, हेटौंडा। काठमाडौंको दक्षिणकालीमा स्कुल बस दुर्घटना हुँदा २ जनाकौ मृत्यु भएको छ। आइतबार अपरान्ह...
२७ माघ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।बैठकमा प्रधानमन्त्री केपी...
२७ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका...
२७ माघ, हेटौंडा। नेपाल शिक्षक संघ मकवानपुरको २३ औं जिल्ला प्रतिनिधि सभा शनिवार हेटौंडामा सम्पन्न भएको छ । शिक्षक...
२४ माघ, हेटौंडा । कान्तलोकपथ अन्तरगत हेटौंडा-५ क्याम्पडाँडा नागदह नजिकै सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा ४...
२४ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्रका १९ वडामा आजबाट फोहोर संकलन कार्य अनिश्चितकालका लागि स्थगन...
२३ माघ, हेटौंडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्कुलरोडबाट मोवाइल पसल चोरी गर्ने एकजनालाई...
२६ माघ, हेटौंडा । हेटौंडा-६ मा रहेको शान्तिटोल टोल विकास संस्थाले श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ गर्ने भएको छ...
२० माघ, हेटौंडा। मकवानपुरगढी-५ मि़थिल्लो सोलि़थुम, नयाँगाउँ र लिङ्गेडाँडा आसपासको क्षेत्रमा बाघ देखापरेको...
२७ माघ, हेटौंडा। काठमाडौंको दक्षिणकालीमा स्कुल बस दुर्घटना हुँदा २ जनाकौ मृत्यु भएको छ। आइतबार अपरान्ह...
१६ माघ, हेटौंडा। हेटौंडामा बाझोपन समस्याको निशुल्क परीक्षण हुने भएको छ। माघ १९ गते हेटौंडामा निसन्तान...
मोबाइल एशोसिएसन अफ नेपाल (म्यान) मकवानपुर अध्यक्षमा हरिप्रसाद न्यौपाने (सागर) निर्वाचित भएका छन् । शनिबार...
२२ माघ, हेटौंडा। दैलेखको तोलीजैसी केन्द्रविन्दु भएर भूकम्प गएको छ ।मंगलबार साँझ ५ बजेर २० मिनेट जाँदा दैलेख...