Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

प्रदेश सांसद बानियाँले मनहरीको ३ वटा पुल उद्घाटन गर्ने

Screenshot_20240605_05234-1717544354.jpg

२३ जेठ, हेटौंडा।  मनहरी गाउँपालिकामा निर्माण भएको ३ वटा मोटरेवल पक्कि पुल उद्घाटन् हुने भएको छ। समयमानेै पुल निर्माण नभएको भन्ने गुनासो सार्वजनिक भएको अवस्थामा गाउँपालिकाको विनियोजित रकममा बनाएको तीन वटा मोटररेवल पुल जेठ २६ गते उद्घाटन हुने भएको हो ।

उक्त पुल बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले उद्घाटन् गर्ने गाउँपालिका अध्यक्ष रंजन कालाखेतीले जनाएका छन्।अध्यक्ष कालाखेतीले आइतबार बसेको गाउँ कार्यपालिका बैठकले पुलको उद्घाटन मिति तय गरेको बताएका छन्।

पुल उक्त निर्वाचन क्षेत्रबाट बागमती प्रदेश सदस्यमा निर्वाचित ईन्द्र बाहदुर बानियाँले गर्न लागेका हुन्। मनहरी गाउँपालिकाले गत आर्थिक वर्ष ०७७/७८ मा आन्तरिक श्रोतबाट ५ वटा पक्की पुल निर्माणको काम सुरु गरेको थियो । कुल ३३ करोँड ४० लाख ६५ हजार लागतमा वडा नं १,२,३, र ४ जोड्ने च्यापल खोला, हाँडिखोला, ट्वाङ्रा खोला, मसिने खोला र ठाडो खोलामा गरी ५ वटा पुलको ठेक्का लागेको हो ।हाल ट्वाङ्रा खोला, मसिने खोला र च्यापल खोला पुलको निर्माण कार्य सम्पन्न भइसकेको छ । बानीयाँ कन्स्ट्रक्सनसँग सम्झौता गरी निर्माण सम्पन्न भएको उक्त ३ वटै पुल २६ गते उद्घाटन गरीने अध्यक्ष कालाखेतीको भनाई छ ।

साथै अन्य दुईवटा पुलको निर्माण कार्य मंसिरसम्म सम्पन्न भइसक्ने उहाँको भनाई छ । उनले ठाडोखोला पुल निर्माण कार्य ८५ प्रतिशत र हाँडिखोला पुल ६३ प्रतिशत सम्पन्न भइसकेको बताए। उक्त पुलको उद्घाटन् भएसंगै चकरी, हाडीखोला आसपासका स्थानीयले विगतका वर्षमा वर्खाको समयमा राप्ती खोला तर्दा भोग्दै आएको समस्या अन्त्य हुने विश्वास गरिएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

थप समाचार