Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सर्टिफिकेट राखेर ऋण दिन नेविसंघको माग

2-1516966760.jpg

१२ माघ, हेटौँडा । नेपाल विद्यार्थी संघ कृषि तथा वन विश्वविद्यालय ईकाईद्वारा शुक्रबार केन्द्रीय अध्यक्ष नैनसिंह महरसहित पदाधिकारीलाई स्वागत एवं अन्र्तक्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष महरले देशभर ८० लाख विद्यार्थी पढ्ने शैक्षिक संस्थाहरुप्रति जुनै सरकार आएपनि केही नगरेको आरोप लगाएका छन् । अब देश संघियतामा गैसकेकाले अब बन्ने स्थायी सरकारले विद्यार्थीहरुलाई सर्टिफिकेट राखेर ऋण दिएर उपयुक्त विषय पढ्ने अधिकार दिनुपर्ने भन्दै कोही पनि विद्यार्थी आफूलाई मन लागेको विषय पढ्नबाट बञ्चित हुने बाताबरण बन्न नहुने महरको भनाई थियो ।
कार्यक्रममा नेविसंघ केन्द्रीय उपाध्यक्ष सन्जय यादव, काँग्रेस मकवानपुरका पार्टी कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडा, वन विज्ञान अध्ययन संस्थानका कार्यबाहक स्ववियु सभापति सुदिप भट्टराई, टियु केन्द्रीय क्याम्पस समिति सचिव विभव शर्मा, विद्यार्थी केन्द्रीय नेता हिमाङ्क भण्डारी, सन्तोष चापागाई, तरुण दल जिल्ला सचिव सचित थापा, तरुण नेता शैलेन्द्र बानियाँ, प्रेस युनियन मकवानपुरका सहसचिव सुजन विडारी, नेविसंघ नेता दीपक फुयाँल, मनोज बुर्लाकोटी, प्रतिक विक्रम शाह, दीपेन्द्र ढुंगानालगायतका नेविसंघ जिल्ला नेताहरु तथा बन विज्ञान अध्ययन संस्थानका विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
नेविसंघ केन्द्रीय अध्यक्ष महरसहित केन्द्रीय पदाधिकारीहरु बीरगंजमा सिमा मिचिएको बारे त्यहाँका स्थानीयसंग अन्तरक्रिया गरेर फर्कने क्रममा नेविसंघले हेटौंडामा स्वागत तथा अन्तरक्रिया कार्यक्रम राखेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार