Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

नारायणी दुग्ध सहकारीद्वारा दुग्धजन्य पदार्थ विक्रि शुभारम्भ

Narayani-1718455872.jpg

१ असार, हेटौंडा । हेटौंडा-६ हात्तिलेटमा रहेको नारायणी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दुग्धजन्य पदार्थको विक्रि शुभारम्भ गरेको छ । बागमती प्रदेशका प्रदेश सभा सदस्य एवं पूर्व गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले दुग्धजन्य पदार्थ विक्रि वितरण शुभारम्भ गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य बानियाँले दुग्धजन्य पदार्थको विविधिकरणमार्फत आयआर्जन अभिबृद्धिमा लाग्नु सुखद भएको भन्दै यसलाई बृद्धि गर्दै लैजान आग्रह गरे । उनले पशुपालक कृषकको हितका लागि यस्ता कार्यले सहयोग गर्ने भएकाले आफ्नो तर्फबाट नीतिगत सुधारका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले कृषकहरुमाफ उपस्थित हुन पाउँदा आफु आनन्दित भएको भन्दै कृषक हितका लागि संस्थाले गर्ने कार्यमा आफ्नो सहयोग रहने बताए । संस्थाका अध्यक्ष शिव प्रसाद सन्जेलको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य कञ्चनचन्द्र वादे,  हेटौंडा-६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, सल्लाहकार श्रीराम खतिवडा, सहकारीका सचिव कृष्णप्रसाद दुलाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा हेटौंडा-६ का वडा सदस्य सरिता सापकोटा, बिजय पौडेल, लेखराज ढकाल, जिल्ला दुग्ध संघका सदस्य इन्द्र प्रसाद खतिवडा, गरिबी निवारण साकोसका अध्यक्ष कृष्ण प्रसाद सापकोटा, बंशगोपाल दुग्ध सहकारी संस्थाका उपाध्यक्ष केशब धिताल, टोल विकास संस्था नगर समन्वय समिति उपाध्यक्ष विष्णु ढुंगाना  सहकारीका कार्यसमिति, सल्लाहकार, शेयर सदस्य लगायतको उपस्थिति रहेको थियो । हेटौंडा ६ नम्बर वडा कार्यालयले दुग्धजन्य पदार्थको विविधिकरणका लागि ५ लाख रुपैैया सहयोग गर्ने जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार