Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

अबको सरकार वाम गठबन्धनको नेतृत्वमाः थापा 

27707559_1501573129939935-1517653178.jpg

 २० माघ, हेटौँडा । राप्रपाका केन्द्रिय अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले अबको सरकार  वाम गठबन्धनकै नेतृत्वमा  बन्नु पर्ने बताएका छन । प्रतिनिधि तथा प्रदेश सभाको चुनाव पछि शनिवार हेटौडामा राप्रपा मकवानपुरको आयोजनामा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले यसो बताएका हुन ।  

मन्त्री थापाले अबको ५ वर्ष वामगठबन्धनकै नेतृत्वमा  स्थाई सरकार हुनुपर्ने कुरामा जोड दिए । उनले प्रतिनिधि तथा प्रदेश सभामा काग्रेसले गरेको सहयोग सम्मानयोग्य रहेको भन्दै  नेपाली काग्रेस र काग्रेस  कार्यकर्तालाई धन्यवाद दिए । थापाले चुनावमा हारे पनि आफु चिन्तित नभई पराजयलाई सकरात्मक रुपमा लिएको बताए  । थापाले मलाई अब भीड चाहिदैन इमान्दारिता, निष्ठा र सिद्धान्तमा लाग्ने कार्यकर्ताको मात्र साथ भए पुग्छ । ३ नम्बर प्रदेशको राजधानीको विषयमा बोल्दै थापाले ६ वटा प्रदेशको प्रस्ताव पास भएको तर ३ नम्बरको प्रस्ताव पास नभएको खण्डमा प्रधानमन्त्री शेरबहादुर देउवासंग छुट्टै भेट गरि अस्थायी भएता पनि राजधानी ल्याइएको बताए ।

पटक पटकको बैठकमा निर्णय गर्न नसक्दा धेरै लामो संर्घष पछि राजधानी ल्याउन सकेका हौं भन्दै आफ्नो गृह जिल्ला मात्र नभई  प्रदेशको राजधानी बनाउन हेटौडा उपयुक्त रहेको समेत बताए । थप प्रसंगमा थापाले हिजो भारतिय विदेशमन्त्री सुष्मा स्वराजको दिवा भोजमा नजानु कुनै राजनैतिक कारण स्वईच्छाले नगएको बताए । राप्रपा मकवानपुरका कार्यबहाक अध्यक्ष शिवराम थापाको सभाध्यक्षतामा भएको कार्यक्रर्ता भेलामा राप्रपा मकवानपुरका नेता तथा अगुवा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुहाङद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
Screenshot_20240508_11471-1715148148.jpg

२६ बैशाख, काठमाडौं । वैशाख १५ गते भएको उपनिर्वाचनमा निर्वाचित नेकपा (एमाले) सांसद सुहाङ नेम्वाङले पद तथा...

चट्याङ लागेर एक महिलाको मृत्यु
chatyan-mirtu-1715147587.jpg

२६ बैशाख, परासी । परासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुस्ता गाउँपालिका-५ तरैनीकी २९...

नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर
Gold-1715146393.jpg

२६ बैशाख, काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन तोलाको १ लाख ३६ हजार ४००...

सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड बढि जरिवाना
Screenshot_20240508_07130-1715131698.jpg

२६ बैशाख, काठमाडौं । पेमेन्ट गेटवे खरिद प्रकरणमा विशेष अदालतबाट दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड...

सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै
432778047_122130663218178-1715131304.jpg

२६ बैशाख, काठमाडौं । वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित...

आज मातातीर्थ औँशी मनाइदै
1_gNSPSZrO3S-1715130954.jpg

२६ बैशाख, हेटौंडा । आज मातातीर्थ औँशी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र...

मौसम देशभर आंशिकदेखि साधारणतया बदली रहने
mausam_badali-1671161633-1715130201.jpg

२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

हेटौंडामा हुने ३ दिने युवा सम्मेलनको तयारी पुरा
Capture-1715087749.JPG

२५ बैशाख, हेटौैँडा । बागमती प्रदेशको समाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषदको आयोजनामा प्रदेशको...

मुख्यमन्त्री जम्कट्टेल बिरामी, हेलिकप्टरबाट काठमाडौं लगिंदै
shalikram-jamkattel_20230-1715068541.jpg

२५ बैशाख, हेटौंडा ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिरामी भएका छन् । खानेपानी आयोजना...

थप समाचार