२७ भदौ, हेटौंडा । बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा विपद जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग सम्बन्धी छलफल कार्यक्रम भएको छ । भू-उपग्रह प्रविधिमार्फत विपद न्यूनीकरणको क्षेत्रमा काम गरिरहेको जापानस्थित सिन्स्पेक्टिभ कम्पनीसंगको सहकार्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा बागमती प्रदेशका मूख्यमन्त्री बहादुरसिंह लामाले बागमती प्रदेश विपदको दृष्टिकोणले जोखिमपूर्ण रहेको बताउँदै प्रविधिको प्रयोगले जोखिम न्यूनिकरणमा सहयोग पुग्ने बताए । आन्तरिक मामिला मन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश सरकार प्रविधिको प्रयोग गरि जोखिम न्यूनीकरणका लागि अघि बढिरहेको बताउँदै कार्यक्रमले यसमा थप पृष्ठपोषण दिएको धारणा राखे । कार्यक्रममा बागमती प्रदेशसभा अन्तरगतको प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामाले समितिले बागमती प्रदेशमा विपदबारे अध्ययन गरि प्रतिवेदन बुझाएको बताउँदै यस्तो प्रविधिको उपयोगले विपद न्यूनिकरणमा सहयोग पुग्ने बताए ।
कार्यक्रममा बागमती प्रदेशका पूर्व स्वास्थ्य मन्त्री निमा लामाले कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै सिन्धुपाल्चोकमा भएका विपदका घटनाको विश्लेषणमा सिन्स्पेक्टिभले काम गरेकोले यससंगको सहकार्यले प्रदेशमा विपद न्यूनिकरण गर्न सकिने बताए ।
बागमती प्रदेशका मन्त्रीहरू, प्रमुख सचिव, सचिवहरू, सुरक्षा निकायका प्रतिनिधि लगायत सहभागी कार्यक्रममा सिन्स्पेक्टिभका महाप्रबन्धक भीन्सेन्ट केस्लरले कम्पनीले सिन्धुपाल्चोकमा विपदबारे गरेको अध्ययन र यसबाट प्राप्त तथ्यांक, बागमती प्रदेश सरकारसंग विपद न्यूनीकरणका लागि गर्न सकिने सहकार्य लगायतको बारेमा प्रस्तुति दिएका थिए । उनले प्रदेश सरकारसंग तथ्यांक आदानप्रदानका लागि सिन्स्पेक्टिभले आफ्नो भू-उपग्रहको सदुपयोगका लागि सहकार्य गर्न चाहेको बताए ।
सिन्स्पेक्टिभ क्षेत्रीय बिक्री प्रवन्धक कपिल मल्लिकले कार्यक्रममा उठेका जिज्ञासाबारे सहजिकरण गरेका थिए । कार्यक्रममा सिन्स्पेक्टिभको भू-उपग्रहबाट प्राप्त तथ्यांकबाट पहिरो र हिमताल विस्फोटन जोखिम, सुख्खा क्षेत्रको अध्ययन गरि आगलागीको जोखिम जस्ता विपदबारे जानकारी प्राप्त गरि पूर्व तयारी गर्न सकिने जनाइएको छ ।
सिन्स्पेक्टिभले सिंगापुर, काजकिस्तान, जापान, फिलिपिन्स, भियतनाममा सशुल्क सेवा दिंदै आएको छ भने बागमती प्रदेश सरकारसंग समझदारी भएमा सहयोगको रूपमा काम गर्ने जनाइएको छ ।
२८ माघ, हेटौंडा। मकवानपुरमा भिमफेदीमा ग्याँस बोकेको बुलेट ट्याङ्कर पल्टिएको छ । आइतबार राति त्रिभुवन राजपथ...
२८ माघ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ३४औँ स्थापना दिवस मनाउँदैछ । दिवसको अवसरमा आज...
२८ माघ, हेटौंडा । नियमित गस्तीमा रहेका प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ...
२८ माघ, हेटौंडा । नेपाल समाजवादी पार्टी (नेसपा नयाँ शक्ति) ले महाधिवेशन आयोजक समिति विघटन गरी पाँच जनाको अध्यक्ष...
२८ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी...
२७ माघ, हेटौंडा। काठमाडौंको दक्षिणकालीमा स्कुल बस दुर्घटना हुँदा २ जनाकौ मृत्यु भएको छ। आइतबार अपरान्ह...
२७ माघ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।बैठकमा प्रधानमन्त्री केपी...
२७ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका...
२७ माघ, हेटौंडा। नेपाल शिक्षक संघ मकवानपुरको २३ औं जिल्ला प्रतिनिधि सभा शनिवार हेटौंडामा सम्पन्न भएको छ । शिक्षक...
२४ माघ, हेटौंडा । कान्तलोकपथ अन्तरगत हेटौंडा-५ क्याम्पडाँडा नागदह नजिकै सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा ४...
२४ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्रका १९ वडामा आजबाट फोहोर संकलन कार्य अनिश्चितकालका लागि स्थगन...
२३ माघ, हेटौंडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्कुलरोडबाट मोवाइल पसल चोरी गर्ने एकजनालाई...
२६ माघ, हेटौंडा । हेटौंडा-६ मा रहेको शान्तिटोल टोल विकास संस्थाले श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ गर्ने भएको छ...
२० माघ, हेटौंडा। मकवानपुरगढी-५ मि़थिल्लो सोलि़थुम, नयाँगाउँ र लिङ्गेडाँडा आसपासको क्षेत्रमा बाघ देखापरेको...
२७ माघ, हेटौंडा। काठमाडौंको दक्षिणकालीमा स्कुल बस दुर्घटना हुँदा २ जनाकौ मृत्यु भएको छ। आइतबार अपरान्ह...
१६ माघ, हेटौंडा। हेटौंडामा बाझोपन समस्याको निशुल्क परीक्षण हुने भएको छ। माघ १९ गते हेटौंडामा निसन्तान...
मोबाइल एशोसिएसन अफ नेपाल (म्यान) मकवानपुर अध्यक्षमा हरिप्रसाद न्यौपाने (सागर) निर्वाचित भएका छन् । शनिबार...
२२ माघ, हेटौंडा। दैलेखको तोलीजैसी केन्द्रविन्दु भएर भूकम्प गएको छ ।मंगलबार साँझ ५ बजेर २० मिनेट जाँदा दैलेख...