२० असोज, हेटौंडा । हेटौंडा हुँदै काठमाडौं जोड्ने बैकल्पिक मार्ग कान्तिलोकपथमा पनि एक साता अघिको निरन्तरको बर्षाले प्रभाव पारेको छ ।
प्रष्टखबरको टोलि सडकको अवस्थाबारे स्थलगत रिपोर्टिङका लागि मकवानपुरको सिमाना बागमती (बगुवा) पुलसम्म पुगेको थियो । यसक्रममा बर्षाले धेरै ठाउँमा पहिरो गएको पाइएको छ । मकवानपुरगढी माथिदेखि नै सडकमा पहिरो खसेको पाइन्छ । धेरै ठाउँमा साना पहिरो छन् भने एक दुई ठाउँमा ठूला पहिरो खसेको छ ।
तर पहिरोले सडक संरचनामा क्षति भने पुर्याएको छैन । पहिरो गएको ठाउँमा थोरै ठाउँमा एकतर्फी सडक सुचारू छ भने धेरै ठाउँमा पहिरो पन्छाइएको छ । पहिरो पन्छाउने काम पनि जारी छ । हेटौंडादेखि बगुवासम्म अहिले सडक सुचारु छ भने ललितपुरको भट्टेडाँडा तिनपानेदेखि बगुवासम्म सवारी आइरहेको देखिएको छ ।
बगुवा पुलमा बगाएको सडक संरचना निर्माणको काम भइरहेको छ । निर्माणको जिम्मा फाष्ट ट्रयाक अन्तरगतको नेपाली सेनाले लिएर काम गरिरहेको छ । सडक निर्माणका लागि एक्साभेटर लगायतका उपकरण प्रयोग गरिएको छ । चार दिनदेखि खोलाको धार व्यवस्थापन र डाइभर्सन निर्माणको काम गरिरहेको बताउँदै सेनाका एक अधिकारीले २ दिनमा सडक सुचारू गर्ने गरि काम भईरहेको बताए । उनका अनुसार बागमती खोलाको तिब्र गतिको बहाव सडक निर्माणका लागि चुनौती बनेको छ । तर सडक सुचारू गराउने जिम्मेवारी पुरा गर्न आफुहरू निरन्तर काम गरिरहेको उनले बताए । निर्माणस्थलमा कान्तिलोकपथ आयोजनाका कर्मचारी पनि परिचालित छन् ।
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

















-1786686763.jpg)
