Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

शान्तिटोलको सप्ताह महायज्ञमा २९ लाख रूपैयाँ संकलन

FB_IMG_1740707194296-1740707272.jpg

१६ फागुन, हेटौंडा । हेटौंडा-६ मा रहेको शान्तिटोल ट‍ोल विकास संस्थाको आयोजनामा फागुन ७ गतेदेखि फागुन १५ गतेसम्म भएको श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञमा २९ लाख रूपैयाँभन्दा बढि रकम संकलन भएको छ । महायज्ञमा २९ लाख ९ हजार १४६ रूपैयाँ संकलन भएको हो ।
प्रमुख कथा वाचक पण्डित बद्री विशाल शास्त्री र उपवाचक निर्जल पौडेलबाट कथा प्रवचन भएको महायज्ञ समुद्घाटनको दिन २८ हजार ३५५ रूपैयाँ, कथा शुभारम्भको पहिलो दिन १ लाख १ हजार ७५८ रूपैयाँ, दोस्रो दिन १ लाख ३८ हजार १०५ रूपैयाँ र तेस्रो दिन शनिबार ४ लाख ४३ हजार ७३१ रूपैयाँ संकलन भएको छ ।
त्यस्तै, चौथो दिन आइतबार ३ लाख १४ हजार ७३२ रूपैयाँ, पाँचौ दिन सोमबार ५ लाख ३१ हजार ८२५ रूपैयाँ, छैठौं दिन मंगलबार ५ लाख १३ हजार ४०७ रूपैयाँ, सातौं दिन बुधबार ५ लाख २३ हजार १०५ रूपैयाँसहित २६ लाख ४१ हजार १३२ रूपैयाँ संकलन भएको कोषाध्यक्ष पूर्णभद्र चौलागाईंले बताए ।
त्यस्तै, महायज्ञको अन्तिम दिन बिहीबार १ लाख १७ लाख ७७९, दानपेटिकाबाट ३० हजार २३५, भुक्तानी लिन बाँकी ४६ हजार ११४ रूपैयाँ र कलशबाट १ लाख २० हजार रूपैयाँ दान रकम संकलन भएको छ ।
शान्तिटोलमा रहेको विपी गणेशमान स्मृति शान्ति पार्कमा राधाकृष्ण मन्दिर एवं ज्येष्ठ नागरिक भवन निर्माणका लागि फागुन ७ गतेदेखि १५ गतेसम्म सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको महायज्ञ मूल समारोहका संयोजक केशव धितालले जानकारी दिए ।
हेटौंडा-६ का कार्यवाहक वडा अध्यक्ष बिजय पौडेलको प्रमुख आतिथ्यतामा महायज्ञ समापन समारोहमा ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा हेटौंडा-६ वडा ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष बासुदेव सापकोटा, कामधेनु बहुद्धेश्यीय सहकारीका अध्यक्ष उदय विडारी, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य रामहरी चौलागाईं, महायज्ञका कोषाध्यक्ष पूर्णभद्र चौलागाईं लगायतले मन्तव्य गरेका थिए । 
कार्यक्रममा राजनीतिक दल, टोल विकास संस्था, सामाजिक संघसंस्था लगायतका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

थप समाचार