Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

शान्तिटोलको सप्ताह महायज्ञमा २९ लाख रूपैयाँ संकलन

FB_IMG_1740707194296-1740707272.jpg

१६ फागुन, हेटौंडा । हेटौंडा-६ मा रहेको शान्तिटोल ट‍ोल विकास संस्थाको आयोजनामा फागुन ७ गतेदेखि फागुन १५ गतेसम्म भएको श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञमा २९ लाख रूपैयाँभन्दा बढि रकम संकलन भएको छ । महायज्ञमा २९ लाख ९ हजार १४६ रूपैयाँ संकलन भएको हो ।
प्रमुख कथा वाचक पण्डित बद्री विशाल शास्त्री र उपवाचक निर्जल पौडेलबाट कथा प्रवचन भएको महायज्ञ समुद्घाटनको दिन २८ हजार ३५५ रूपैयाँ, कथा शुभारम्भको पहिलो दिन १ लाख १ हजार ७५८ रूपैयाँ, दोस्रो दिन १ लाख ३८ हजार १०५ रूपैयाँ र तेस्रो दिन शनिबार ४ लाख ४३ हजार ७३१ रूपैयाँ संकलन भएको छ ।
त्यस्तै, चौथो दिन आइतबार ३ लाख १४ हजार ७३२ रूपैयाँ, पाँचौ दिन सोमबार ५ लाख ३१ हजार ८२५ रूपैयाँ, छैठौं दिन मंगलबार ५ लाख १३ हजार ४०७ रूपैयाँ, सातौं दिन बुधबार ५ लाख २३ हजार १०५ रूपैयाँसहित २६ लाख ४१ हजार १३२ रूपैयाँ संकलन भएको कोषाध्यक्ष पूर्णभद्र चौलागाईंले बताए ।
त्यस्तै, महायज्ञको अन्तिम दिन बिहीबार १ लाख १७ लाख ७७९, दानपेटिकाबाट ३० हजार २३५, भुक्तानी लिन बाँकी ४६ हजार ११४ रूपैयाँ र कलशबाट १ लाख २० हजार रूपैयाँ दान रकम संकलन भएको छ ।
शान्तिटोलमा रहेको विपी गणेशमान स्मृति शान्ति पार्कमा राधाकृष्ण मन्दिर एवं ज्येष्ठ नागरिक भवन निर्माणका लागि फागुन ७ गतेदेखि १५ गतेसम्म सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको महायज्ञ मूल समारोहका संयोजक केशव धितालले जानकारी दिए ।
हेटौंडा-६ का कार्यवाहक वडा अध्यक्ष बिजय पौडेलको प्रमुख आतिथ्यतामा महायज्ञ समापन समारोहमा ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा हेटौंडा-६ वडा ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष बासुदेव सापकोटा, कामधेनु बहुद्धेश्यीय सहकारीका अध्यक्ष उदय विडारी, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य रामहरी चौलागाईं, महायज्ञका कोषाध्यक्ष पूर्णभद्र चौलागाईं लगायतले मन्तव्य गरेका थिए । 
कार्यक्रममा राजनीतिक दल, टोल विकास संस्था, सामाजिक संघसंस्था लगायतका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

थप समाचार