Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

ढुङ्गा, गिटी, वालुवा उपलब्ध हुँदा निर्माणमा सहजता

Crosor-1519380046.JPG

Google Photo

११ फागुन, हेटौँडा । पछिल्लो केही समय यता मकवानपुरमा सहज रुपमा ढुङ्गा, गिट्टी, वालुवालगायतका पदार्थ सहज रुपमा उपलब्ध भएसंगै निर्माण कार्यमा सहजता भएको छ । 

क्रसर उद्योगमा आवश्यक नदीजन्य पदार्थ किन्न जाँदा समेत नपाएर निर्माणको काम अघि बढाउन नसकेकाहरु अहिले सहज रुपमा ढुङ्गा, गिट्टी, वालुवा पाएपश्चात कामलाई तीव्रताका साथ अघि बढाइरहेका छन् । विशेषगरी राष्ट्रिय गौरवको आयोजना र भूकम्प पीडितहरुको काम रोकिँदै आएको थियो । गत बर्षहरुमा चैत्र बैशाख महिनामा मात्रै नदी उत्खनन्को स्वीकृति दिने गरेको स्थानीय प्रशासन एवम् जिल्ला समन्वय समिति (साविकको जिल्ला विकास समिति) ले यो बर्ष भूकम्प पीडित घर पुनर्निर्माण एवम् राष्ट्रिय गौरवको आयोजनामा सहज रुपमा काम गर्न सकियोस् भन्ने उद्देश्यले माघ महिनाबाटै मकवानपुरमा नदीजन्य पदार्थ उत्खनन्को स्वीकृति प्रदान गरेको थियो । 
जिल्लाको विभिन्न स्थानमा वातावरणीय प्रभाव मुल्याङ्कन (आइइइ) गरी यहाँ रहेका क्रसर उद्योगहरुलाई मापदण्ड अनुसार ढुङ्गा, गिट्टी, वालुवा खन्नको लागि स्वीकृति प्रदान गरेको थियो । केही समय अघि जिल्ला समन्वय समिति मकवानपुरको अगुवाईमा भएको सर्वदलीय छलफलमा स्थानीय तहका प्रतिनिधिहरुले समेत क्रसरलाई उत्खनन् र ओसारपसारको लागि स्वीकृति दिनुपर्ने बताएपछि आईइइ गरिएको थियो । जिल्ला समन्वय समिति मकवानपुरले उत्खनन् खुलाएपछि भूकम्पबाट क्षति भएका संरचना पूननिर्माण तथा ठूला आयोजनाहरुको काममा पनि सहजता भएको छ ।

महङ्गो मूल्य तिर्दा समेत ढुङ्गा, गिट्टी, वालुवा नपाएर चिन्तामा रहेका भूकम्पपीडितले उत्खनन् खुलेसँगै सहज रुपमा सुलभ मूल्यमा निर्माण सामाग्री पाएको भन्दै खुसी व्यक्त गरे । घरको जग हालेको  ६ महिना भन्दा धेरै भैसकेको जानकारी दिँदै हाँडीखोला लामिटारका दीपक राईले केहीदिन अघि मात्रै वालुवा र गिट्टी झारेको बताए । यसअघि क्रसरमा गिट्टी बालुवा किन्न जाँदा खोलामा उत्खनन् गर्न नपाएको भन्दै क्रसर व्यवसायीले फर्काउने गरेको भूकम्प पीडितको भनाई छ । अहिले फोनको भरमा घरमै गिट्टी वालुवा झारिएको उनले बताए । सहज रुपमा गिट्टी बालुवा पाएपछि मकवानपुरमा निर्माणाधीन ठूला आयोजनाको काम पनि तीव्र रुपमा अघि बढेको छ ।

धरान–चतरा–हेटौंडा, कान्तिलोकपथ लगायतका ठूला आयोजना निर्माणले तीव्रता पाएको बताइएको छ । ढुङ्गा गिट्टी वालुवाको सहजताले निर्माण व्यवसायी तथा मजदुर समेत खुसी छन् । सरकारी तहबाट नियमित खुल्ने समयभन्दा करिब तीन महिनाअघि नै ढुङ्गा गिट्टी वालुवा खुलेपछि काममा सहजता आएको लामो समयदेखि घर बनाउने मिस्त्रीको काम गर्दै आएका आएका मङ्गलबहादुर राईले बताए । खोलामा आफैं गिट्टी बालुवा लिन जाँदा पुलिसले लखेट्ने, क्रसरमा किन्न पनि नपाउने अवस्थाले काम नै रोकिएको भन्दै उनले अहिले सहज भएकोमा खुसी व्यक्त गरे । 

ढुङ्गा, गिट्टी, वालुवामा सहजता भएसँगै पूर्वाधार विकासले तीव्रता पाएको निर्माण व्यवसायी संघ मकवानपुरका महासचिव श्याम ढकालको भनाई छ । यसअघि ढुङ्गा गिट्टी वालुवालगायतका पदार्थ महङ्गोमा किन्नुपर्दा निर्माण व्यवसायीसंगै भूकम्प पीडित र ठूला आयोजनाको काम गर्दै आएकाहरुलाई अप्ठेरो परेको भन्दै ढकालले केही महिना यता सहज भएको जानकारी दिए । सधैं सहज रुपमा ढुङ्गा गिट्टी वालुवालगायतका निर्माणको लागि आवश्यक सामग्री आएमा निर्माणको कामले तीव्रता पाउने र निर्माण व्यवसायीले कामै गरेन भन्ने गुनासोको अन्त्य समेत हुने महासचिव ढकालको भनाई छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

थप समाचार