३१ जेठ, हेटौंडा। मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरी गाउँपालिकाले आफ्नै आन्तरिक बजेटबाट ४ वटा वडाहरुलाई जाेड्नकाे लागि एकै पटक बोलपत्र आह्वान गरि शिलान्यास गरेको ५ वटा मोटररेवल पक्की पुलको निर्माण सम्पन्न गरेको छ।
पालिकाकले आफ्नो आन्तरिक स्रोतबाट करिब साढे ३३ करोड रुपैयाँ खर्चिएर निर्माण सम्पन्न गरेकाे दुईवटा पक्की पुलकाे शनिबार बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले उद्घाटन गरेका हुन् ।अघिल्लो वर्षनै लामिटार–मकरी–चकरी–बेलडाँडा सडकअन्तर्गत निर्माणाधीन ५ वटा पक्की पुलमध्ये ३ वटा गत वर्ष नै सम्पन्न गरी उद्घाटन गरिसकिएकाे थियो। बाँकी २ वटा पुलकाे पनि शनिबार उद्घाटन गरेसंगै एकै पटक ठेक्का आह्वान गरि शिलान्यास गरिएको ५ वटा मोटररेवल पुलको निर्माण कार्य सम्पन्न भएको हो । शनिबार बिहान एक कार्यक्रमका बीच मनहरी ३ स्थित ठाडोखोला र हाँडीखाेलामा निर्मित पुलकाे सांसद बानियाँले उद्घाटन गरेका हुन् ।
८ दशमलव ४० मिटर चाैडाई र ९० मिटर लम्बाईकाे ३ स्पानकाे ठाडाेखाेला पुल हिराचन बानियाँ जेभीले ८ करोड ६७ लाख ५ हजार रुपैयाँमा सम्झौता गरी सम्पन्न गरेको हो ।
त्यस्तै ३५ मिटर लामाे एक स्पानकाे हाँडीखाेला पुल भैरव नारायणम् जेभीले ५ करोड ३५ लाख ५१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरी निर्माण गरेको हो । मनहरी १ र २ जोड्ने च्यापलखोला पुल, ३ र ४ जोड्ने ट्वाङ्ग्रा खोला पुल र ३ र ४ नम्बर वडालाई नै जोड्ने अर्को मसिने खोला पुल गत वर्ष जेठमै उद्घाटन गरिएको थियो । ३ स्पानको च्यापल खोला पुल ६ करोड २८ लाख ९८ हजार रुपैयाँ, २ स्पानको ट्वाङ्ग्रा खोला ६ करोड ४९ लाख ६० हजार रुपैयाँ र २ स्पानको ७४ दशमलव ५५ मिटर लामो मसिने खोला पुल ६ करोड ५९ लाख ५० हजार रुपैयाँमा यसअघि नै सम्पन्न गरिएको हो । तीन वटै पुल निर्माणको काम बानियाँ हिराचन जेभीले गरेको हो । २ वर्षभित्रै सम्पन्न गर्नेगरी २०७७ सालमै पुल निर्माणको काम थालिएको भएता पनि विविध समस्याका कारण निर्माण पक्षले समय थप गरी सबै पुल निर्माण सकेको हो । हेटौंडा उपमहानगरपालिकाको १३ नम्बर वडा हुँदै मनहरीको १ देखि ४ नम्बर वडालाई जोड्दै वैकल्पिक मार्गको विकास गर्ने अवधारणाअनुसार गाउँपालिकाले आन्तरिक स्रोतबाट बेहोर्नेगरी २०७७ सालमा एकैसाथ ५ वटा पुल निर्माणको बहुवर्षीय ठेक्का लगाएको थियो ।
उदघाटन कार्यक्रममा बोल्दै नेता बानियाँले २०८४ को निर्वाचन सम्ममा
लामिटार-चकरी-मकरी पदमपाेखरी सडक स्तरीकरण र कालाेपत्रे गर्न प्रदेश सरकारबाट आवश्यक बजेट बिनियाेजन गर्ने प्रतिवद्धता गरेका थिए
बानियाँले चकरीबाट हेटाैँडा-१३ पदमपाेखरी जाेड्ने पुल निर्माण गर्नकाे लागि पनि प्रदेश सरकारबाट आवश्यक बजेट विनियाेजन गर्ने बताएका छन् । संघीयता र गणतन्त्र आएपछि धेरै विकासका कामहरु भएकाे भन्दै उनले वर्तमान व्यवस्था जनताकाे हितमा रहेकाे दावी गरेका थिए। गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले पुल निर्माण सकिएसँगै मनहरी गाउँपालिकाको ४ वटा वडाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने भन्दै खुसी व्यक्त गरेका छन् ।
पुल उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका सभापति ललित बहादुर घलान, बागमती प्रदेशका पूर्व राज्यमन्त्री सन्तबहादुर चेपाङ, गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी, प्रदेशसभा पूर्व सांसद ओम ग्लान, मनहरी गाउँपालिकाका पूर्व अध्यक्ष एकराज उप्रेती, नेपाली काँग्रेस मनहरी सभापति प्रकाश वर्ताैला, वडा नम्बर ३ का अध्यक्ष अनन्त अर्याल, स्थानीय नरहरिनन्दन उप्रेतीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
२६ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठक आज बस्दै छ। बैठक अपरान्ह ४ बजे बस्ने भएको हो...
२६ असार, रसुवा । रसुवामा भोटेकोशी नदिमा एक्कासी आएको बाढीले पुर्याएको क्षतिको विवरण संकलन गर्न समिति गठन...
२६ असार, हेटौंडा । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति...
२६ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र...
२५ असार, हेटौंडा। बागमती प्रदेश सरकारको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि तथा पशुपन्छी विकासमन्त्री...
२५ असार, हेटौंडा । नेपाली कांग्रेसले पार्टीको लुम्बिनी प्रदेश कार्यसमितिका महामन्त्री विक्रम खनाललाई...
२५ असार, हेटौंडा । गृहमन्त्री रमेश लेखकले मंगलबार बिहान रसुवागढीमा आएको बाढीले पुर्याएको क्षतिबारे जानकारी...
२५ असार, हेटौंडा। मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा हुदै काठमाडौँ जोड्ने कान्तिलोकपथ अवरुद्ध...
२५ असार, हेटौंडा । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । प्रतिनिधिसभाको बैठकमा महिला...
२० असार, हेटौंडा । हेटौंडा १० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरको राक्सिराङका एकजना...
१४ असार, हेटौंडा। मकवानपुरको हेटौंडामा घाइते अवस्थामा फेला परेका एक व्यक्तिको मृत्यु भएको छ।शनिबार बिहान पुर्व...
१४ असार, हेटौंडा। मकवानपुरको बेतिनीमा स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगीको खुर्पा प्रहारबाट एक जना...
१२ असार, हेटौंडा। हेटौँडामा अचेत अवस्थामा फेला परेका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ। पुर्व पश्चिम...
१२ असार, हेटौंडा। हेटौंडा १ का एक युवकलाई भाउजूको हत्या गरेको घटनामा दोषी ठहर गर्दै ३५ वर्ष कैद सजाय सुनाइएको...
२१ असार, हेटौंडा। मकवानपुरको भिमफेदी स्थित राप्ति खोलाले नुहाउने क्रममा खोलाले बगाउदा विरगंजका एक युवकको...
२४ असार, हेटौंडा। हेटौंडा अस्पतालको भवन निर्माणमा खटिएका एक मजदुर खसेर गम्भीर घाइते भएका छन्। मंगलबार साँझ...
१९ असार, हेटौंडा। मकवानपुरको थाहानगरमा आफ्नै छोरीलाई बलात्कार गर्ने बाबुलाई दोषी ठहर गर्दै ४५ वर्ष कैद सजाय...
१७ असार, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाल विद्युत प्राधिकरणको लापरबाहीले करेन्ट लाग्दा ३ जना...