Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

विकास

विकासमा बानियाँ: एकैदिन ५ पूर्वाधारको उद्घाटन

IMG-20250626-WA0002-1750931423.jpg

१२ असार, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले बिहिवार मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिका-६ का विभिन्न स्थानमा निर्माण सम्पन्न भएका पाँच पूर्वाधारको उद्घाटन गरेका छन् ।
मनहरी ६ स्थित रमौली प्रतापुरको १ किलोमिटर कालोपत्रे सडक, जोगीताल पक्की पुल, सुनाचुरी जोगीताल १ किलोमिटर सडक, तिलेश्वर मन्दिर र सुनाचुरी गुम्बाचोकस्थित क्लब भवन तथा जिम क्लबको नेता बानियाँले उद्घाटन गरेका हुन् ।
बानियाँले मनहरी गाउँपालिकाको ६ नम्बर वडा अरु वडाभन्दा भौगोलिक दृष्टिले ठूलो र दुर्गम रहेको बताउँदै यस वडामा प्रदेश र स्थानीय तहको समन्वयमा विगतदेखि नै विभिन्न विकास निर्माणका योजना सञ्चालन हुँदै आएको बताए । उनले चितवन राष्ट्रिय निकुञ्जबाट यहाँका स्थानीय जनताको विकासमा आएका अवरोधहरुलाई प्रदेश र स्थानीय तहसंग समन्वय गरेर समाधान गर्दै तटबन्ध, बाटो र अन्य पूर्वाधार निर्माणलाई तीव्रता दिने प्रतिवद्धता व्यक्त गर्दै वडा, पालिका र प्रदेश सरकारको समन्वयमा स्थानीय जनतालाई रोजगारी तथा आयआर्जनमा जोड्ने योजनामा जनप्रतिनिधिलाई आग्रह गरे ।
बागमती प्रदेश सरकार र मनहरी गाउँपालिकाबाट बिनियोजित बजेटद्वारा निर्मित पूर्वाधारको उद्घाटन कार्यक्रम मनहरी ६ का वडा अध्यक्ष युवराज थपलियाको सभाध्यक्षतामा भएको थियो ।
कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, मनहरी ७ का वडा अध्यक्ष ठाकुरराम तितुङ, कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौलालगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

IMG-20250626-WA0004-1750931423.jpg
IMG-20250626-WA0003-1750931438.jpg

समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै
congress-1762914861.jpg

२६ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान साढे ११ बजे पार्टी...

निकोलश भुसाल धरौटीमा रिहा
Nicolas-Bhusal-1759988938-1762914579.jpg

२६ कार्तिक, हेटौंडा । कात्तिक १८ गतेदेखि प्रहरी हिरासतमा रहेका निकोलश भुसाल रिहा भएका छन्। समाजको शान्ति...

मौसम मुख्यतया सफा रहने
Screenshot_20251013_06390-1762913065.jpg

२६ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल नेपालमा कोशी प्रदेश, बागमती...

मकवानपुरको बकैयामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
images-1762873073.jpg

२५कार्तिक,हेटौंडा। मकवानपुरको बकैया ३ हात्तिसुँडेमा मोटरसाइकलको  ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ...

मंगलबार सुनको मूल्य बढ्यो
gold-1762849781.png

२५ कार्तिक, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा चार हजार ९०० रुपैयाँले बढेको...

भारतीय कलाकार धर्मेन्द्रको निधन
Screenshot_20251111_10361-1762836887.jpg

२५ कार्तिक, एजेन्सी। १९६० को दशकमा चर्चित भारतीय कलाकार धर्मेन्द्र देओलको निधन भएको छ। ८९ वर्षको उमेरमा उनको...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
Nepali_congress_At7KeadA6-1762826096.png

२५ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । आजको बैठक बिहान साढे ११ बजे...

मौसम मुख्यतया सफा रहने
Screenshot_20251013_06390-1762825164.jpg

२५ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेश, गण्डकी प्रदेश...

नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त
AIG_Dan_Bahadur_Karki_Dl3-1762783098.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा दान बहादुर कार्की नियुक्त भएका छन् । सोमबार बसेको...

थप समाचार