Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

हेटौंडा उपमहानगरपालिकाद्वारा पहिलो विद्यालय बस हस्तान्तरण

IMG_20250714_123028-1752476255.jpg

३० असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले नगरको एक सामुदायिक विद्यालयलाई पहिलो विद्यालय बस हस्तान्तरण गरेको छ ।
उपमहानगरपालिकाले पहिलो पटक हेटौंडा-६ बारूतेमा रहेको श्रीकृष्ण आधारभुत विद्यालयलाई विद्यालय बस हस्तान्तरण गरेको हो । हेटौंडा उपमहानगरपालिकाका कार्यवाहक प्रमुख राजेश बानियाँले बिद्यालयलाई बस हस्तान्तरण गरेका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बानियाँले हेटौंडा उपमहानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि पहिलो पटक श्रीकृष्ण आधारभुत विद्यालयलाई बस हस्तान्तरण गरेको बताए । उनले दोस्रो बस हेटौंडा-९ मा रहेको प्रगति माविलाई हस्तान्तरण गरिने बताए । उनले पूर्वाधारका साथै शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थीको सामुहिक प्रयासमा जोड दिए । 
कार्यवाहक प्रमुख बानियाँ र पत्रकार रूपेश दुलाललाई सम्मान गरिएको कार्यक्रममा हेटौंडा-६ का वडा सदस्य लेखराज ढकाल, विद्यालयका प्रधानाध्यापक मन्दिरा घिमिरे, सहायक प्रधानाध्यापक दीपककुमार थापा, विद्यालय व्यवस्थापन समिति, सल्लाहकार, शिक्षक, विद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष शिवप्रसाद सञ्जेलको सभाध्यक्षतामा भएको थियो ।
उपमहानगरपालिकाले आव ०८१/८२ मा विद्यालय बसका लागि करिब २६ लाख ५० हजार रूपैयाँ बजेट उपलब्ध गराएको जनाइएको छ । 

IMG_20250714_123143-1752476257.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार