राप्ती पुलबाट चौकिटोल तर्फको बैकल्पिक सडक
♦प्रष्ट खबर व्युरो
१९ मंसिर,हेटौँडा । भोली मंसिर २० अर्थात शनिबारबाट हेटौँडा बजार बिस्तार कार्य सुरु हुदैछ । सडक डिभिजन कार्यालय हेटौँडाले पुर्व पश्चिम र त्रिभुवन राजपथ अन्र्तगत हेटौँडा १५ रातोमाटे देखि चौकिटोल सम्म सडकको दायाँ बायाँ २५ गज भित्र बनेका संरचना हटाउन दिएको समय शुक्रबार रातिबाट सक्किदैछ । सडक विस्तारका क्रममा प्रशासनले हेटौँडाको मेनरोडमा सवारी संचालनमा रोक लगाएको छ ।
सवारी संचालनमा प्रभावित नहोस भनेर बैकल्पिक मार्गबाट आवतजावतको व्यवस्था गरेको छ । जिल्ला प्रशासनले सडक डिभिजन कार्यालयको समन्वयमा वैकल्पिक मार्गका रूपमा बैकल्पिक सडक तयार पारिएको छ। रातोमाटे–बुद्धचोक–राप्ती पुल हुँदै सामरी पुलसम्म करीब ९ दशमलब ५ किलोमिटर दूरीमा पर्ने मुख्य सडक विस्तार तथा व्यवस्थापन कार्यसँगै बजार भीड घटाउन बाइपास रोड तयार गरेको हो । पुर्व पश्चिम राजमार्ग अन्तर्गत पथलैया र चितवन तर्फबाट आएका मालबहाक र यात्रुबहाक सवारीलाई राप्ति पुलको दिक्षिण तर्फबाट त्रिवेणी,कुखरेनी हुदै रातोमाटे र त्रिभूवन राजपथ हुदै दामन,भिमफेदी र काठमाडौै हिडेका सवारीलाई राप्ती पुलबाट उत्तर तर्फ तरकारी बजार,चौकिटोल स्थित तिरतिरे धारामा निस्कने व्यवस्था गरिएको मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक बच्चुराम फुयालले जनाएका छन् ।
डिभिजनले अतिक्रमित संरचना हटाउने, सडक चौडाइ रेखांकन गर्ने, आवश्यक ग्राभेल–प्याकिङ, रोलिङ तथा ट्राफिक व्यवस्थापन मिलाउने जस्ता काम सम्पन्न गरिसकेको छ । सो क्षेत्रमा रहेका ५३१ संरचनामध्ये धेरैलाई सूचना दिएर हटाउने प्रक्रिया सुरु गरिने सो कार्यका लागि आवश्यक तयारी पुरा भइसकेको डिभिजन सडक प्रमुख गुरुप्रसाद अधिकारीले बताएका छन् । अधिकारीका अनुसार तय गरिएको मार्गले यातायत व्यवस्थापमा समस्या नहुने र हेटौँडा बजार क्षेत्रभित्र चल्ने साना सवारी, अटो, मयुरी रिक्सालगायतका साधनलाई पनि बाइपासमार्गतर्फ मोडिने तयारी गरिएको छ, जसले बजारभित्रको भीडभार उल्लेख्य रूपमा घटाउने अपेक्षा गरिएको छ । यता सम्भावित घटनालाई लिएर शुक्रबार साझँबाट हेटौँडा बजार क्षेत्रमाठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । त्यसैगरी सर्वोच्च अदालतले पुर्व प्रतिनिधिसभा सदस्य विन्दबासिनी कंशाकरले दायर गरेको रिटमा डिभिजन सडक कार्यालयलाई कारण देखाउ आदेश दिदै दुवै पक्षालाई पुस १ गते छलफलका लागि बोलाएको छ भने डिभिजन सडक कार्यालयले शुक्रबार अदालतबाट विस्तार कार्य रोक्न कुनै आधिकारीक पत्र नआएकोले सडक विस्तार कार्य नरोकिने विज्ञप्ती प्रकाशन गर्दै जनाएको छ ।
सडकको विस्तार कार्य नरोकिने बारेको सूचना
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















