Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मरेका कुखुरा कर्राखोलामा फाल्दा प्रदुषण

K1-1521105975.jpg

भीमसेन पौडेल
१ चैत, चौघडा ।
मरेका कुखुराहरु खोलामा फाल्दा खोला प्रदुषित भएको हेटौँडा–६ र १७ का स्थानीयले गुनासो गरेका छन् । मरेको कुखुरा खोलामा फाल्दा रोग फैलने त्रासमा रहेका हुन् । 
हेटौडा–६ चुच्चेखोला र हेटौडा–१७ कुमलटार सडक खण्डको कर्राखोलामा मरेका कुखुराहरु बोरामा हालेर कर्राखोलामा फाल्ने गरिएको छ । यसले यस क्षेत्रका बासिन्दामा रोग फैलने डर बढेको स्थानीय तिर्थप्रसाद हुमागाईले बताए । यस क्षेत्र किसानले लेस र ब्रोआईलर जातका कुखुराहरु पाल्ने गरेका छन् । अहिले अत्याधिक संख्यामा कुखुराहरु मर्न थालेपछि खोलामा फाल्ने गरेको आशंका गरिएको छ । 
मरेका कुखुरा खोलामा फाल्दा मानिसमा मात्रै होईन चराचुरुङगी र पशुहरुमा समेत यसले प्रतिकुल असर गर्ने स्वास्थ्यकर्मीको भनाई छ । मरेका कुराका फाल्दा कुहिएर प्रदुषण फैलिएको स्थानीय स्वास्थ्यकर्मी प्रमेश पराजुलीले बताए । सम्वन्धित निकायले दोषी पत्ता लगाएर कार्वाही गर्नुपर्ने उनको भनाई छ । 
प्रदुषण फैलाउनेको पहिचान गरी कडा कार्वाही गरिने हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले बताए । यसमा सबै वडाबासीको सहयोगको अपेक्षा समेत गरिएको वडा अध्यक्ष चौलागाईको भनाई छ । मरेका कुखुरा व्यवस्थित खाल्डो खनेर गाड्नुपर्ने स्थानीयको माग छ ।

K2-1521105976.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

थप समाचार