Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चित्लाङ भ्यू टावरको ५ बर्ष पछि उदघाटन

605003069_250623552977284-1766586453.jpg

भ्यू टावरको उदघाटन गर्दै बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ

९ पुस,हेटौँडा । मकवानपुरको पर्यटकीय क्षेत्र थाहा नगरपालिका वडा नम्बर ९ मा २०७७ सालबाट निर्माण गरिएको चित्लाङ ’भ्यू टावरको ५ बर्ष पछि उदघाटन गरिएको छ । बुधबार एक समारोहका बिच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भ्यू टावरको उद्घाटन गरेसँगै भ्यू टावर’ संचालनमा आएको हो । 

उदघाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले थाहानगरले  पर्यटकीय नगरीको पहिचान बनाउन सफल रहेको र  यस्ता क्षेत्रका विकासले पर्यटक लोभ्याउन योगदान गर्ने भन्दै  प्रदेश सरकारले पर्यटन क्षेत्रका पूर्वाधारहरु निर्माण गर्न  बजेट विनियोजन गर्दै आएको बताएका छन् । मुख्यमन्त्री बानियाँले संघीयताको प्रभावकारी कार्यान्वयनमा प्रदेश र स्थानीय तहले सहकार्यको नयाँ नीति लिनु अवलम्बन गर्नुपर्ने बताए । मुख्यमन्त्री बानियाँले विगतमा प्रदेश सरकारले बनाएका कतिपय संरचनाहरू व्यवस्थापनको अभावमा बेवारिसे बनेको र ती संरचनाहरू स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने अवस्था रहेको जानकारी गराएका थिए । 

त्यसंगरी कार्यक्रममा बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले प्रदेश सरकारले आन्तरिक एव बाह्य पर्यटकहरु आकर्षित गर्न पर्यटन क्षेत्रमा लगानी गर्दै आएको बताए । थाहा नगरपालिकाका मेयर विष्णु विष्टले चित्लाङ ’भ्यू टावर’ले थाहा नगरपालिकामा आन्तरिक एवं बाह्य पर्यटकहरु आकर्षित हुने विश्वास व्यक्त गरेका थिए । 

प्रदेश सरकारले ‘चित्लाङ हिलस्टेसन प्याकेज’ कार्यक्रमअन्तर्गत कुल ५ करोड २७ लाख ४७ हजार रुपैयाँ लागतमा भ्युटावर र अन्य सहायक संरचनाहरू निर्माण गरेको थियो । २०७७ र २०८० मा गरी दुई प्याकेजमा निर्माण सम्पन्न भएको उक्त संरचना हस्तान्तरण र व्यवस्थापनको कार्यविधि नबन्दा प्रयोगविहीन अवस्थामा थियो ।गत साता मात्रै प्रदेश सरकारले उक्त पर्यटकीय संरचना थाहा नगरपालिकालाई हस्तान्तरण गरेको थियो । भ्युटावर सञ्चालन तथा व्यवस्थापनका लागि थाहा नगरपालिका र प्रदेशको पर्यटन विकास आयोजनाबिच सम्झौता  समेत भएको छ ।
प्रदेश सरकारसँगको सम्झौताअनुसार थाहा नगरपालिकाले उक्त भ्यू टावर सञ्चालन, उपयोग तथा व्यवस्थापनका लागि आफै वा अन्य संघसंस्था वा समितिलाई ठेक्कामा लगाउन सक्ने व्यवस्था छ । यसरी सञ्चालन गरिएको टावरबाट भएको आम्दानीको ३० प्रतिशत रकम बागमती प्रदेश सरकारका राजस्व खातामा अर्धवार्षिक रुपमा जम्मा गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
‎आम्दानीको ७० प्रतिशत रकम भने थाहा नगरपालिकाको हुने सम्झौता भएको छ । १० बुँदे सम्झौतामा पर्यटन प्रवद्र्धनबाहेकको उद्देश्यमा सो संरचना प्रयोग गर्न नपाइने स्पष्ट पारिएको छ । चित्लाङ भ्यू टावरको मर्मतसंभार गर्नुपर्ने अवस्था भएमा थाहा नगरपालिका समेतको प्रविधिको सहभागितामा तयार गरिएको लागत अनुमानबमोजिम एक पटकका लागि बागमती प्रदेशको पर्यटन मन्त्रालयबाट गराउने सम्झौतामा उल्लेख छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार