१६ पुस,हेटौडा । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागी हेटौंडामा बुधबार निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको छ । निर्वाचन कार्यक्रम संचालनका लागी हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको प्रदेश निर्वाचन आयोगको कार्यालय बागमती प्रदेशको भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । जिल्ला न्यायाधीश एवं निर्वाचन अधिकृत गीता श्रेष्ठले जिल्ला न्यायाधीश एवं निर्वाचन अधिकृत गीता श्रेष्ठले निर्वाचन अधिकृतको कार्यालयको उदघाटन गरेकी हुन् ।
उक्त कार्यालयबाट बागमती प्रदेशमा एक जान महिला र अन्य गरी दुई जनाको निर्वाचन कार्यक्रम संचालन हुने जिल्ला न्यायाधीश एवं निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिइन । राष्ट्रिय सभामा बागमती प्रदेशबाट एकजना महिला र एकजना अन्य गरी दुईजनाको पद रिक्त हुँदैछ । मतदान प्रक्रियाअनुसार प्रदेश सभा सदस्यले सेतो कागजमा हरियो रङको मसीले विवरण तथा चिह्न उल्लेख गर्नेछन् भने स्थानीय तहका प्रतिनिधिले रातो रङको मसीले मतदान गर्नेछन्। निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकेको छ । निर्वाचन कार्यतालिका अनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन हुनेछ । सोही दिन ११ बजेदेखि पुस २० गते अपराह्न ४ बजेसम्म दाबी–विरोधका उजुरी दिन सकिनेछ । पुस २१ र २२ गते उजुरीमाथि छानबिन हुनेछ भने पुस २२ गते दिउँसो ३ देखि ४ बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता तथा सोही दिन दिउँसो ३ देखि ४ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गरिनेछ। बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालका अनुसार बागमती प्रदेश सभाका ११० जना सदस्य र प्रदेशका १३ जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुख २३८ जना गरी कुल ३४८ जना मतदाता रहेका छन्। राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुखले मतदान गर्न पाउने व्यवस्था छ। मतदान स्थल हेटौंडा ४ मा रहेको भुटनदेवी मा विको प्राविधिक भवनलाई तोकिएको छ ।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















