Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

बानियाँ र न्यौपानेद्वारा विकासको काम

Baato-1521283312.jpg

३ चैत, हेटौँडा । नेपाली काँग्रेस मकवानपुरका सभापति एवम् प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँ र स्थानीय नेता शंकर न्यापानेले मनहरी गाउँपालिका–३ स्थित कालिदमारमा नहर निर्माण गरिदिएका छन् ।

मसिनेखोलाबाट कालिदमार तथा बगौंडा फाँटमा सिँचाईको लागि बनाइएको नहर पुरेपछि बानियाँ र न्यौपानेले मर्मत गरिदिएका हुन् । गत बर्षको बाढी तथा पहिरोले नहर पुरिएपछि स्थानीय समस्यामा रहेका थिए । गत निर्वाचनमा विभिन्न राजनीतिक दलका उम्मेदवारले आफूले जिते नहर बनाइदिने आश्वासन दिएपनि कसैले मर्मत नगरेको भन्दै स्थानीय दुःखी भएका थिए ।

आफुहरु विकासका लागि निर्वाचनमा होमिएको भन्दै प्रदेशसभा सदस्य बानियाँले स्थानीयको माग अनुसार विकासको काम गर्दै जाने बताए । धान तथा तरकारी खेतिको लागि निकै राम्रो मानिने हाँडीखोलाका बासिन्दा गत असारको बाढीपहिरोले नहर बिगारिदिएपछि यस बर्ष खेत बाँझै राख्न बाध्य भएका थिए ।

यस्तै, स्थानीय तहको निर्वाचनमा मकवानपुरको मनहरी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार रहेका न्यौपानेले सडक निर्माण गरेका छन् । उनले मनहरी गाउँपालिका–३ हाँडीखोलामा व्यक्तिगत लगानीमा बाटो निर्माणको काम गरिरहेका हुन् । न्यौपानेले आफ्नै मेसिन एवम् खर्चमा साविकको गाविस भवन, स्वास्थ्यचौकी हुँदै कौगेडी जाने मोटरबाटो निर्माण कार्य गरिरहेका छन् ।

स्थानीय निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार भएका उनी करिब ३ सय मतले पराजित भएका थिए । अन्य यस क्षेत्रका अन्य सडकको स्तरिकणको काम पनि गरेको जनाईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

थप समाचार