Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

बागमतीमा जेन-जी आन्दोलनमा कार्यालय बन्दको समयमा सवारी करमा छुट दिने

IMG-20260107-WA0003-1767780884.jpg

२३ पुस, हेटौंडा । बागमती प्रदेश सरकारले गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा यातायात कार्यालयको सेवा ठप्प हुदाको अवधिमा सवारी साधनको नविकरण गर्दा लाग्ने कर छुट दिने भएको छ। बागमती प्रदेश सरकारले भदौ २३/२४ मा भएको आन्दोलनको समयमा कार्यालय  क्षति पुगी सेवा ठप्प रहदाको अवधिमा सेवा लिन नसकेका सवारी साधनलाई विशेष कर छुट दिने निर्णय गरेको हो ।

बागमती प्रदेशको मन्त्रिपरिषद्को गत पुस १६ गते गरेको निर्णयलाई प्रदेशले राजपत्रमा प्रकाशन गर्दै छुट दिने भएको हो । 
भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका बागमती प्रदेश अन्तर्गत पर्ने  यातायात व्यवस्था कार्यालयहरूको सेवा प्रभावित बनेको  अवधिमा कर वा दस्तुर तिर्ने अन्तिम म्याद परेका सवारी साधनहरूको हकमा सरकारले विशेष राहतको व्यवस्था गरेको हो । 
राजपत्रमा उल्लेख भएअनुसार सेवा अवरुद्ध भएको कारण समयमा दस्तुर बुझाउन नपाएका सवारी धनीहरूले आगामी २०८२ साल माघ मसान्तभित्र दस्तुर बुझाउन आएमा प्रचलित कानुनबमोजिम लाग्ने जरिवाना र थप जरिवाना पूर्ण रूपमा छुट दिइनेछ । सो सुविधा बाटो इजाजत पत्र र जाँचपासको नवीकरण दस्तुरमा लाग्ने जरिवानाको हकमा लागु हुनेछ ।

IMG-20260107-WA0005-1767785462.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

एमालेद्वारा मन्त्रीहरूलाई रुलिङको माग
Ain-1781769041.jpg

४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...

प्रतिनिधिसभा बैठक बस्दै
Screenshot_20260518_07103-1781750563.jpg

४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

थप समाचार