Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मनहरीको १८ औं हिउॅंदे अधिवेसन सम्पन्न

IMG-20260114-WA0010-1768400848.jpg

३० पुस,हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले १८ औँ हिउँदे अधिवेशन बुधबार सम्पन्न गरेको  छ । गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको अध्यक्षतामा भएको गाउँसभाले चालु आव २०८२÷०८३ को बजेटमा उल्लेखित केही आयोजना तथा कार्यक्रमहरु संशोधन गर्ने निर्णय गरेको छ । 
गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरले गाउँसभामा विभिन्न ३७ वटा योजनाहरु संशोधनको लागि पेश गरेकोमा गाउँसभाबाट सर्वसम्मत स्विकृत भएको हो । गाउँसभामा उपाध्यक्ष पुलामीले पेश गरेको आर्थिक ऐन २०८२ को पहिलो संशोधन प्रस्ताव पनि स्विकृत भएको छ । यस्तै गाउँसभामा सुशासन तथा संस्थागत विकास समिति संयोजक ठाकुर तितुङले पेश गरेको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि स्विकृत भएको छ । 
 गाउँसभाको शुन्य समयमा सभा सदस्य हिराबहादुर प्रजा, नवराज सुवेदी, रामप्रसाद सुवेदीलगायतले समसामयिक विषय तथा समस्याको बारेमा आफ्ना धारणा राखेका थिए ।गाउँसभामा गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले समसामयिक विषयमा आफ्ना धारणाहरुसहित १८ औँ अधिवेशन अन्त्य भएको घोषणा गरेका थिए ।
यसैबीच मनहरी गाउँपालिकाको प्रतिक चिन्हसमेत सार्वजनिक गरिएको छ । गाउँपालिकाको नारा ‘शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारः समृद्ध मनहरीको आधार’ लेखिएको प्रतिक चिन्हमा  वन्यजन्तु, मानिसहरूको विविधतायुक्त चित्र, कृषक र अन्नबालीको चित्र, प्राकृतिक दृश्य, नेपालको झण्डा समेटिएको छ । रातो, नीलो र हरियो रङको प्रयोग गरी हेटौँडाकी संहिता पौडेलले प्रतिक चिन्ह निर्माण गरेकी हुन् । 
कार्यपालिका बैठकबाट यसअघि नै स्वीकृत भएको प्रतिक चिन्ह गाउँसभाका बीच गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी मगर र प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले सार्वजनिक गरेका हुन् ।लोगोले मनहरी गाउँपालिकाको समग्र सामाजिक, सांस्कृतिक, आर्थिक, पर्यावरणीय र भौगोलिक पक्षहरूलाई एकै साथ उजागर गर्ने लोगो निर्माण समितिका संयोजक वडा नम्बर ५ का वडाध्यक्ष दिपेन्द्र अधिकारीले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

थप समाचार