३० पुस,हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले १८ औँ हिउँदे अधिवेशन बुधबार सम्पन्न गरेको छ । गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको अध्यक्षतामा भएको गाउँसभाले चालु आव २०८२÷०८३ को बजेटमा उल्लेखित केही आयोजना तथा कार्यक्रमहरु संशोधन गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरले गाउँसभामा विभिन्न ३७ वटा योजनाहरु संशोधनको लागि पेश गरेकोमा गाउँसभाबाट सर्वसम्मत स्विकृत भएको हो । गाउँसभामा उपाध्यक्ष पुलामीले पेश गरेको आर्थिक ऐन २०८२ को पहिलो संशोधन प्रस्ताव पनि स्विकृत भएको छ । यस्तै गाउँसभामा सुशासन तथा संस्थागत विकास समिति संयोजक ठाकुर तितुङले पेश गरेको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि स्विकृत भएको छ ।
गाउँसभाको शुन्य समयमा सभा सदस्य हिराबहादुर प्रजा, नवराज सुवेदी, रामप्रसाद सुवेदीलगायतले समसामयिक विषय तथा समस्याको बारेमा आफ्ना धारणा राखेका थिए ।गाउँसभामा गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले समसामयिक विषयमा आफ्ना धारणाहरुसहित १८ औँ अधिवेशन अन्त्य भएको घोषणा गरेका थिए ।
यसैबीच मनहरी गाउँपालिकाको प्रतिक चिन्हसमेत सार्वजनिक गरिएको छ । गाउँपालिकाको नारा ‘शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारः समृद्ध मनहरीको आधार’ लेखिएको प्रतिक चिन्हमा वन्यजन्तु, मानिसहरूको विविधतायुक्त चित्र, कृषक र अन्नबालीको चित्र, प्राकृतिक दृश्य, नेपालको झण्डा समेटिएको छ । रातो, नीलो र हरियो रङको प्रयोग गरी हेटौँडाकी संहिता पौडेलले प्रतिक चिन्ह निर्माण गरेकी हुन् ।
कार्यपालिका बैठकबाट यसअघि नै स्वीकृत भएको प्रतिक चिन्ह गाउँसभाका बीच गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी मगर र प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले सार्वजनिक गरेका हुन् ।लोगोले मनहरी गाउँपालिकाको समग्र सामाजिक, सांस्कृतिक, आर्थिक, पर्यावरणीय र भौगोलिक पक्षहरूलाई एकै साथ उजागर गर्ने लोगो निर्माण समितिका संयोजक वडा नम्बर ५ का वडाध्यक्ष दिपेन्द्र अधिकारीले जानकारी दिए ।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















