Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

नगर स्तरीय शैक्षिक समन्वय हेटौंडाको महिला भलिबल माघ १६ र १७ गते हुने

621167594_884823304154758-1769607517.jpg

१४ माघ, हेटौंडा । नगर स्तरीय शैक्षिक समन्वय समिति हेटौंडाले हेटौंडा नगर स्तरीय महिला शिक्षक तथा कर्मचारी मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। गत वर्ष झै यस वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिएको हो । फागुन १६ गते र १७ गते दुई दिन चल्ने प्रतियोगितामा हेटौंडा नगरका २० वटा विद्यालयको टिम सहभागी हुने प्रतियोगिता संयोजक बालकुमार श्रेष्ठले जानकारी दिएका छन्। बुधबार सिमितले पत्रकार सम्मेलनमा आयोजना गर्दै प्रतियोगिता बारे जानकारी गराएको हो।
प्रतियोगिता हेटौंडा १८ स्थित ज्योति मा विको  खेलमैदानमा आयोजना हुने र प्रतियोगिताको प्रथम, द्वितीय ,तृतीय र सान्त्वना स्थान हासिल गर्ने टिमल् नगद क्रमश २० हजार, १५ हजार,१० हजार र ५ हजार मेडल प्रमाणपत्र प्राप्त गर्ने सम्मेलनमा कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिएका छन्।
हेटौंडा १८ का वडाध्यक्ष अनिल बानियांले  उद्घाटन गर्ने प्रतियोगिताको उद्घाटन् खेल सिद्धार्थ मा वि र ज्योति मा वि बिच हुने जनाइएको छ।शिक्षणका साथै अतिरिक्त क्रियाकलापमा महिला सहभागिता वृद्धि गरी सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्न सहयोग पुगोस भन्ने हेतुले प्रतियोगिता आयोजना गरिएको नगरस्तरीय शैक्षिक समन्वय समितिका अध्यक्ष भोगेन्द्र लुइँटेलले बताएका छन्। बुधबार नै पत्रकार सम्मेलनमा खेलको टाइसिट सार्वजनिक गरिएको छ। प्रतियोगितामा हेटौँडा नगर भित्रका सिद्धार्थ मा वि,प्रगती मा वि,भृकुटी मा वि,आधुनिक मा वि, भुटनदेवी मावि, त्रिभुवन मा वि,ज्योती मावि, अरनिको मावि,गोरखनाथ मावि,श्रमिक मावि,बाल ज्योती मावि,बालबोध मावि,चन्द्रोदय मा वि,जनप्रिय मावि,राजदेवी मावि,दिपज्योती आधारभूत विद्यालय,कृष्ण आधारभूत विद्यालय,बुद्ध मावि, नवज्योती मावि र निर्मल माविको सहभागिता हुने जनाइएको छ । प्रतियोगिता हेटौँडा १८ को वडा कार्यालयको समन्वय र लगानीमा हुने हेटौँडा १८ का वडा सचिव महेश पुडासैनीले बताएका छन् । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार