Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सिद्धार्थ मावि मतदान केन्द्रमा महिला कर्मचारी

IMG-20260222-WA0000-1771729119.jpg

१० फागन, हेटौंडा । फागुन २१ हुने प्रतिनिधिसभाको निर्वाचनका लागि यति बेला मतदान अधिकृत तथा सहायक मतदान अधिकृत खटाउने काम भइरहेको छ । 
२ ओटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा पनि निर्वाचन सम्पन्न गराउन कर्माचारी खटाउने क्रम जारी रहेको छ । मकवानपुरमा निर्वाचनका लागि २ हजार २४४ कर्मचारी खटिने भएका छन् । मकवानपुरका दुई निर्वाचन क्षेत्रमध्ये मकवानपुर क्षेत्र नम्बर १ मा १ हजार ६८ कर्मचारी खटाइने भएको छ । जहाँ ६२ मतदानस्थलअन्तर्गत १७८ मतदान केन्द्र रहका छन् । यस्तै मकवानपुर क्षेत्र नम्बर २ मा १०५ मतदानस्थलअन्तर्गत १९६ मतदान केन्द्रमा १ हजार १७६ कर्मचारी खटिने जनाइएको छ । 
यसै क्रममा हेटौंडा उपमहानगरपालिका- वडा नम्बर २ सिद्धार्थ माध्यमिक विद्यालयमा रहेको मतदानस्थलमा मतदान अधिकृतदेखि सबै कर्मचारी र सुरक्षाकर्मी महिला मात्र खटाइने मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिइन् । 
सिद्धार्थ माविमा रहेको मतदानस्थलमा ६ वटा मतदान केन्द्र छन् । ती सबै केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य कर्मचारी र स्वयसेवकहरु पनि महिला नै राखिएका छन् । यी मतदानस्थलमा खटिने सबै सुरक्षाकर्मी पनि महिला छन् । ती ६ मतदान केन्द्रमा ३६ महिला कर्मचारी र २० महिला सुरक्षाकर्मी परिचालन हुने छन् । उक्त मतदानस्थलमा ५ हजार ४ सय ९३ मतदाता रहेका छन् । वडा नम्बर २ को सो विद्यालय मात्र मतदानस्थल हो । यस अघि २०७९ को निर्वाचनमा पनि सो मतदानस्थलमा महिला कर्मचारीले मतदान सम्पन्न गराएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

थप समाचार