Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

आर्मी राष्ट्रिय बक्सिङको च्याम्पियन

Screenshot_20260629_07141-1782696561.jpg

१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता आइतबार सम्पन्न भएको छ । प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले पुरुष र महिला दुवैतर्फ उत्कृष्ट प्रदर्शन गर्दै समग्र टोलीतर्फ पनि शीर्ष स्थान हासिल गरेको छ ।
प्रतियोगितामा आर्मीले पुरुषतर्फ ६ स्वर्ण, ६ रजत र पाँच कांस्य तथा महिलातर्फ पाँच स्वर्ण, पाँच रजत र एक कांस्य गरी कुल ११ स्वर्ण, ११ रजत र ६ कांस्य पदक जित्दै समग्र च्याम्पियन बन्न सफल भयो । वाग्मती प्रदेश दुई स्वर्ण, आठ रजत र १२ कांस्यसहित दोस्रो तथा नेपाल पुलिस क्लब दुई स्वर्ण, दुई रजत र दुई कांस्यसहित तेस्रो स्थानमा रह्यो ।
महिलातर्फ ५१ केजीमा आरती भोम्जन, ५४ केजीमा वर्षा श्रेष्ठ, ६० केजीमा पुनम रावल, ६५ केजीमा चन्द्रकला थापा र ७५ केजीमा निरु गुरुङले स्वर्ण पदक जिते ।
पुरुषतर्फ ५५ केजीमा प्रेम चौधरी, ६० केजीमा नितेश नेपाली, ७० केजीमा गेश कुमार श्रेष्ठ, ८० केजीमा दीपक श्रेष्ठ, ९० केजीमा मदन कार्की तथा ९० प्लस केजीमा गणेश प्रधान स्वर्ण पदक विजेता बने ।
फाइनलका अधिकांश खेलमा आर्मीका खेलाडीले एकतर्फी प्रदर्शन गरे । महिलातर्फका चार तथा पुरुषतर्फका चार फाइनल खेल ५-० अंकले जितिएका थिए भने ९० केजी र ९० प्लस केजीका प्रतिस्पर्धा ३-२ को प्रतिस्पर्धात्मक नतिजामा टुंगिएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार