२२ असार, हेटौंडा । महिला टी-२० विश्वकप २०२६ को उपाधि अष्ट्रेलियाले जितेको छ। फाइनलमा अष्ट्रेलियाले घरेलु टोली इङ्ग्ल्यान्डलाई ७ विकेटले पराजित गर्दै सातौँ महिला टी-२० विश्वकप उपाधि जित्यो ।
१५१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १७.१ ओभरमै ३ विकेट गुमाएर १५३ रन बनाउँदै महिला टी-२० विश्वकप फाइनलमा सबैभन्दा ठूलो सफल रन चेजको नयाँ कीर्तिमान पनि बनायो।
अष्ट्रेलियाको जितमा बेथ मुनी फेरि एकपटक चम्किइन्। उनले ४९ बलमा १० चौकासहित ६४ रनको उत्कृष्ट इनिङ्स खेल्दै टोलीलाई सहज जित दिलाइन्। उनले यसअघि २०२० र २०२३ को फाइनलमा पनि अर्धशतक प्रहार गरेकी थिइन्।
टस जितेर पहिले फिल्डिङ रोजेको अष्ट्रेलियाले सुरुदेखि नै कसिलो बलिङ गर्दै इङ्ग्ल्यान्डको बलियो ब्याटिङ लाइनअपलाई दबाबमा राख्यो।
लुसी ह्यामिल्टनले दोस्रो ओभरमै एमी जोन्सलाई आउट गर्दै टी–२० विश्वकपमा आफ्नो पहिलो विकेट लिइन्। प्रतियोगिताकी सर्वाधिक रन बनाउने ब्याटर ड्यानी वायट–हज पनि ठूलो इनिङ्स खेल्न असफल भइन्। उनलाई एनाबेल सदरल्याण्डले आउट गरिन् भने बेथ मुनीले उत्कृष्ट क्याच समातिन्।
इङ्ग्ल्यान्डका लागि कप्तान न्याट साइभर–ब्रन्टले ५३ बलमा ५८ रनको संघर्षपूर्ण इनिङ्स खेल्दै टोलीलाई सम्हाल्ने प्रयास गरिन् ।
एलिस क्याप्सीले २३ रन बनाइन् भने फ्रेया केम्पले २८ बलमा ४४ रनको अविजित इनिङ्स खेल्दै साइभर–ब्रन्टसँग पाँचौँ विकेटका लागि ५५ बलमा अविजित ८० रनको साझेदारी गरिन्। त्यसकै मद्दतमा इङ्ग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५० रन बनायो।
अष्ट्रेलियाका लागि किम गर्थ, लुसी ह्यामिल्टन, एनाबेल सदरल्याण्ड र सोफी मोलिनक्सले समान १–१ विकेट लिए।
जवाफी ब्याटिङमा अष्ट्रेलियाले आक्रामक सुरुआत गर्यो। जर्जिया भोलले पहिलो बलमै चौका प्रहार गर्दै लय बनाइन्। उनी चाँडै आउट भए पनि बेथ मुनी र फिबी लिचफिल्डले दोस्रो विकेटका लागि ६७ बलमा १०० रनको उत्कृष्ट साझेदारी गर्दै खेल अष्ट्रेलियाको पक्षमा मोडे।
लिचफिल्डले ३५ बलमा ६ चौका र २ छक्कासहित ४८ रन बनाइन् भने मुनीले ६४ रनको इनिङ्स खेलिन्। त्यसपछि चार्ली डिनले लिचफिल्डलाई बोल्ड गरिन् भने सोफी एक्लेस्टोनले मुनीलाई एलबीडब्लु आउट गरिन्। तर त्यसबेलासम्म अष्ट्रेलिया जितको निकै नजिक पुगिसकेको थियो।
अनुभवी एलिस पेरी र एश्ली गार्डनरले बाँकी काम पूरा गर्दै १७.१ ओभरमै टोलीलाई विजयी बनाए।
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...










-1788140988.jpg)







