Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

खर्च कटौती र सुशासनका लागि मन्त्रालयको संख्या घटाइयो: बानियाँ

IMG-20260718-WA0004-1784362365.jpg

२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र सुशासनका लागि मन्त्रालयको संख्या घटाएर ८ कायम गरेको बताएका छन् । हेटौंडा-६ मा रहेको बिपी गणेशमान स्मृति शान्ति पार्क (पिसपार्क) को प्रदेशद्वार उद्घाटन तथा विपि, गणेशमान, मनमोहन र पुष्पलालको शालिक अनावरण गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफू मुख्यमन्त्री भएदेखि आर्थिक मितव्ययिता र सुशासनको पक्षमा काम गरिरहेको बताउँदै यसकै परिणाम स्वरूप अहिले प्रदेशमा मन्त्रालयको संख्या घटाएको बताए । विगतमा १७ जनासम्म मन्त्री रहेको बागमती प्रदेशमा मन्त्रालय घटाएर ८ मा झारेको बताए  । उनले प्रदेशमा 'संगठन तथा व्यवस्थापन संरचना' छिटै टुंगो लगाएर मन्त्रालय अनुसार नै मन्त्रीको संख्या कायम हुने बताए । हाल केही मन्त्रीहरूलाई विषयगत क्षेत्रको जिम्मेवारी दिएको भए पनि छिट्टै कार्यविभाजन टुंगिने उनको भनाई छ ।
मुख्यमन्त्री बानियाँले पछिल्लो समय सामाजिक सञ्जालमा नकारात्मकता र गालीगलौजको संस्कृति बढेको र मोबाइल हेरेर ठिक/बेठिक नछुट्याई नकारात्मक टिप्पणी गर्ने प्रवृतिले देश विकासमा बाधा पुर्‍याउने बताए । उनले प्रदेश सरकार रहेकै कारण स्थानीय तहसम्म विकास पुगेको बताउँदै यसबारे सकारात्मक सन्देश प्रवाह गर्न प्रदेशबासीसंग आग्रह गरे । उनले प्रदेश सरकारले विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, गरिव परिवारलाई एक हजार घर बनाउने जस्ता काम गरिरहेको बताए ।
रानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केशव धितालको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडाका उपप्रमुख राजेश बानियाँ, कार्यवाहक वडा अध्यक्ष विजय पौडेल, डिभिजनल वन अधिकृत राकेश चन्द्रबंशी, पर्यटन विकास आयोजना हेटौंडाका प्रमुख रोशन श्रीवास्तव, वन समूहका कोषाध्यक्ष गोमा लामिछाने, कार्यसमिति सदस्य पूर्णभद्र चौलागाईं, समाजसेवी भरत सापकोटा, समूहका कार्यालय सचिव भीमसेन पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

IMG-20260718-WA0000-1784362371.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

थप समाचार